Connect with us

Headline

‘म जादुको छडी लिएर आएको होइन, काम हुँदै छन् केही समयमा देखिनेछ’

Published

on

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपाली घरेलु फुटबल ठप्प बनाएको एक बर्ष पुग्नै लाग्दा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बङ्गलादेशसँग दुई मैत्रिपूर्ण खेल्यो

फुटबल केही रुपमा चलायमन भएको जस्तो देखिए पनि नेपाली फुटबल राष्ट्रिय टोलीमा मात्र सिमित हुने होइन । घरेलु फुटबलमा के हुने ? पिरामिड सिस्टममा लिग सुचारु गर्दै राष्ट्रिय टोलीमा खेलाडीको पुल बढाउने र सँगै मोफसलका प्रतियोगिताहरुलाई पनि नियमन गर्नुपर्ने चुनौति उस्तै छन् ।

यी सबै कार्यसँगै ग्रासरुटका कार्यक्रमलाई पनि नयाँ ढँगले सञ्चालन गरे मात्र नेपालमा फुटबलले गति पाउनेछ । यसै सेरोफेरोमा विस्पोर्ट्जले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा सँग नेपाली फुटबल अब कसरी चल्ने अथवा चलिरहेको बिषयमा अन्तर्वार्ता लिएको छ । पढौं उक्त अन्तर्वार्ताको सम्पादित अंशः

कोरोनाका कारण ठप्प भएको फुटबल सुचारु त  भयो तर करीब १ बर्ष पछि बल्ल दुई खेल खेलेको हाम्रो राष्ट्रिय टोलीले आउने जुन महिना सम्ममा घरमा तीन खेल खेल्नु पर्ने छ । तीन ठुला राष्ट्रसँगको प्रतिस्पर्धाको लागिअब एन्फाको योजना के हो ?

हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामाबङ्गलादेशसँग खेलेर शुरुवात गरिसकेका छौ । अब आउने खेलहरुका लागि टेक्निकल कमिटी र हाम्रो टेक्निकल डिपार्ट्मेन्ट बसेर नयाँ योजनाहरु बनाउदै छन् । सबै योजना तयार भइसके पछि हामी कार्य समितिको बैठक बसेर विश्वकप छनोट सम्मका लागि नयाँ योजनाहरु चाँडै ल्याउने छौ ।

विश्वकप छनोटका लागि मार्चमा हामीले तीन खेल खेल्नुपर्ने छ त्यसका लागि पनि हामीले व्यापक तयारी गर्नुपर्ने छ । विश्वकप छनोटका लागि हुने खेल दशरथ रङ्गशालामै हुने भएकाले हामी त्यसको तयारीमा लागिसकेका छौ ।

तयारीमा लागिरहेको भन्दै गर्दा खेलाडीहरुले एकवर्षमा दुई प्रतियोगिता मात्रै खेलेका छन् । मार्च आउन समय लागे पनि अहिलेको प्रशिक्षण मात्रैले खेलाडीलाई पुग्ला ?

हामीले टेक्निकल बिभागलाई तयारी गर्न भनेका छौ र त्यो कार्य समितिमा अनुमोदन हुने बित्तिकै ५–६ महिना बाँकी भए पनि निकै द्रुत गतिमा काम गर्दैछौ । अहिले धेरै खेलाडीहरु फुर्सदमा रहने भएकाले अन्य खेलाडीहरुलाई पनि बोलाएर नियमित प्रशिक्षण गराउनेदेखि बीचको समयमा मैत्रिपूर्ण खेल खेल्ने सम्मका लागि कामहरु गर्नेछौ ।

फुटबलमा हार जित त हुन्छ नै तर पनि तयारी भने बलियो गर्नु पर्छ भनेर हामी लागि परेका छौ । विश्वकप छनोटको एक खेलमा चाइनिज ताइपेलाई पराजित गरिसकेका छौ र अझै केही जित निकाल्ने हो भने हामी एसियन क्वालिफार्यसको दोस्रो चरणमा पनी पुग्न सक्छौं, त्यही कारण पनि अब त्यही अनुसारको तयारी गर्नेछौ ।

फिफाको अन्तर्राष्ट्रिय खेलका लागि मिती मार्चमा रहेको छ र हाम्रो छनोटका तीन खेलहरु पनि मार्चमा हुने भन्नु भयो । यो अवस्थामा एकै पटक मार्चमा खेल हुँदा त्यो बीचमा राष्ट्रिय टोलीले के गर्ने छन् ?

५–६ महिनाको समयमा हामी प्रशिक्षण पनि गर्छौर केही मैत्रिपूर्ण खेलहरु पनि खेल्ने छौ । फिफाकै मितिमा हामी मैत्रिपूर्ण खेलहरु आयोजना गर्छौ तर त्यो बीचमा फिफाको मिती नभए पनि हामी आवश्यकता अनुसार केही खेलहरु राख्ने छौ । मैत्रिपूर्ण खेलले प्रतियोगिताका लागि खेलाडीहरुलाई आत्मबल बढ्ने भएकाले हामी विश्व स्वास्थ्य संगठनले कायम गरेको प्रोटोकोल अनुसार प्रशिक्षण गराउने छौ ।

प्रशिक्षण मात्रैले खेलाडीहरुलाई नपुग्ने भएकाले फिफाको अन्तर्राष्ट्रिय खेलका लागि मिति नभए पनि विश्वकप छनोट सम्ममा मैत्रिपूर्ण खेलहरु खेल्न सकिन्छ ?

खेल्छ । फिफाको मिति अनुसार मिलेसम्म गराउछौं अन्यथा टेक्निकल बिभागको सल्लाह बमोजिम हामी खेलहरु गराउने छौ ।

घरेलु फुटबल ठप्प भएको अवस्थामा बि डिभिजन लिग रोकिएको छ । ए डिभिजन लिग कुन वर्षमा हुने हो पत्तो छैन । राष्ट्रिय टोलीको मात्रै सोच्ने हो भने अब दुई वर्ष लिग नै भएन भने अहिले प्रशिक्षणमा रहेका ३० खेलाडीले मात्र नेपाली फुटबल धान्ला त ?

राष्ट्रिय टोलीका लागि अहिले हामीसँग आवश्यक संख्यामा खेलाडीहरु त छन् । तपाईंले भर्खरै बङ्गलादेशमा पनि देख्नु भयो होला नयाँ खेलाडीहरुले कम समयको प्रशिक्षणमा पनि राम्रो प्रदर्शन गरेको छन् । यसले हामीलाई आशावादी बनाएको छ ।

बि डिभिजन सुचारु गर्ने निर्णय एन्फाले मात्रै गर्नुभन्दा अगाडि पहिले हामी क्लब र खेलाडीहरुसँग बसेर बैठक बस्नु आवश्यक छ । यही वर्ष भित्र लिगको छिनोफानो गर्नु पर्नेछ । बि डिभिजन मात्रै होइन यहाँ धेरै प्रतियोगिताहरु रोकिएका छन् । प्रदेश लिग देखि महिला र युथ लिगहरु पनि बाँकी भएकाले हामीलाई धेरै प्रतियोगिता सुचारु गराउनु पर्नेछ ।

प्रतियोगिता मात्रै भने हाम्रो लक्ष्य होइन । हामीले यी प्रतियोगिताहरु गर्नका लागि प्रशिक्षक, रेफ्री र व्यवस्थापक सबैका लागिकोर्षहरु खुलाएका छौँ । फुटबलको वातावरणलाई एकै चोटि हतारमा भन्दा पनि सबै क्लबहरुसँग कुरा गर्दै नयाँ प्रतियोगिताहरु गर्नका लागि अघि सरेका छौं ।

दक्षिण एसियामा घरेलु फुटबलको एउटा पनि प्रतियोगिता शुरु गर्न नसकेको राष्ट्र नेपाल मात्रै भयो होला । कुनै देशले गरेरै छोडेका छन् भने कसैले गर्नलाई मिति भए पनि तयार पारेका छन् अथवा प्रतियोगिताको ढाँचा भए पनि बनाए । हामी किन सधैं पछि ?

फुटबल भनेको ठूलो खेल हो । हालको परिस्थितिमा फुटबल संघ एक्लैले यो निर्णय गर्न सक्दैन । नेपालको सम्बन्धमा खेलकुद परिषदसँगै युवा तथा खेलकुद मन्त्रालय र सरकार सबै हुने गर्छन् । त्यही कारण पनिउनीहरुको स्वीकृति बिना हामीले फुटबल खेल्न पाउदैनौ यो कुरा सबैले बुझ्नु पर्छ ।

महामारीको अवस्थामा सरकारकै विरुद्धमा गएर हामीले फुटबल खेलाउछौ भन्नु पनि अनुचित हुनेछ । सबैले यो देशमा शुरु भयो, त्यो देशमा शुरु भयो भन्छन् तर त्यहा सबै सरकारकै स्वीकृति पछि मात्रै सञ्चालन भएका छन् । कतै पनि संघहरुले आफ्नो हिसाबमा फुटबल सञ्चालन गरेका होइनन् ।

बङ्गलादेश भ्रमण मार्फत भएपनि फुटबल सुचारु गराउन मद्दत गरेकोमा नेपाल सरकार प्रति पनि हामी आभारी छौ । विषेश गरी राष्ट्रिय खेलकुद परिषद र सरकारले पनि तिहार पछि खेल गतिविधीहरु सन्चालन गर्नका लागि अनुमती दिएको अवस्थामा अब एन्फाले कामहरु गर्नु पर्छ । आजको भोली नै गराउन सम्भव नभए पनि हामी गर्नेछौँ । कुनै पनि संघ योजना बिना अघि बढ्दैन र हामी पनि योजना अनुसार अघि बढ्ने छौ ।

अहिले सरकारले स्वीकृति दिइसकेको अवस्थामा स्वास्थ्य प्रोटोकल नै लागु गर्ने हो भने यो बर्ष लिग हुने सम्भावना कतिको देख्नुहुन्छ ?

सरकारको पछिल्लो निर्णयपछि चैत्र महिना सम्ममा सबै अवस्था सामान्य रह्यो भने बाँकी खेलहरु गर्न पनि सकिन्छ । यो गर्नका लागि हामीले सबै क्लब र खेलाडीहरुसँग बसेर उपयुक्त वातावरण बनाउने छौं ।

स्वास्थ्य प्रोटोकोल लागु गर्ने हो भने वातावरण बनाएर लिग हुन सक्ला भन्नुभयो तर बी डिभिजनका क्लबहरुले यो महँगो प्रोटोकलमा लिग खेल्न सक्लान ?

मेडिकल प्रोटोकोल अगाडि राखेर पहिले छलफल गर्नुपर्यो ।

सक्छन त नेपाली बि डिभिजनका क्लबहरुले ?

वर्तमान स्थिति हेर्दै हामीले क्लबहरुलाई प्रोत्साहित गर्नु पर्छ । पुरानो अवस्थालाई हेर्दा जसरी हामीले लिग फर्कायौ त्यही अनुरुप अहिले हेर्ने हो भने क्लबहरुले पनि अहिले नखेल्ने भनेका छैनन् तर अहिलेको महामरीको स्थितीमा हामीले क्लबहरुलाई बुझाउदै अघि बढ्नु पर्छ । धेरै कुरा मैले बोल्नु भन्दा पनि अब हामी काम गर्दैछौं । तपाईंहरुले देख्नु हुनेछ । हामी आजैबाट काम शुरु गर्दैछौ, केही समयमा देखिन्छ ।

तपाईको चार बर्षे कार्यकलमा तीन वर्ष लगभग सक्किनै लाग्दा दुई लिगहरु भए । पहिलो लिगमा न रेलिगेसन थियो वा भनौ त्यो प्रपर लिग नै थिएन । अघिल्लो वर्षको लिग बिजेताले न एएफसीको कुनै प्रतियोगिता खेल्न पायो न त राम्रो बिजयी रकम नै । अबको वर्षमा लिग नै गर्ने हो भने नेपाली फुटबल समर्थकहरुले घरेलु फुटबलबाट के आशा गर्ने ?

फुटबल संघको अध्यक्ष वा पदाधिकारीहरुले हातमा जादुको छडी लिएर आएको हुदैनन् । जुन कामको लागि जति समय लाग्नु पर्ने हो त्यतिसमय लाग्छ । त्यसमाथि कोरोनाका कारण हामीलाई ९–१० महिना घाटा भएको छ । लिगलाई नयाँ तरिकामा लिएर जानका लागि हामी योजनाहरु बनाउदै छौ र योजना बनिसकेपछि लागु गर्न पनि उत्तिकै समय लाग्ने छ ।

एक लिग गर्नका लागि २४ करोड खर्च लाग्छ । लिगकालागि फिफा वा एएफसीले सहयोग पनि गर्दैनन् । त्यही कारण हामीले आन्तरिक स्रोतबाट रकम जुटाउनु पर्ने हुन्छ । हामीले व्यापक रुपमा काम गरेका छौ । ग्रासरुटबाट कामहरु गर्दैछौ अहिले ती कामहरु बहिर देखिन समय लाग्ने छ ।

जति भन्न सजिलो छ त्यही गर्न पनि गार्हो छ । हामी युरोपियन फुटबलको कल्पना गर्छौ तर के सोच्न आवश्यक छ भने नेपालमा फुटबल एन्फाले मात्रै गरेर बिकास हुने होइन । क्लबहरुले दिर्घकालीन रुपमा सोच्नु पर्छ कि पर्दैन ? उनीहरुको मार्केटिङ्ग चुस्त–दुरुस्त हुनु पर्छ कि पर्दैन ? क्लबहरु आफ्नो बिकासको लागि अघि बढ्नु पर्छ कि पर्दैन ?

बिकसित देशहरुमा क्लबहरुपुर्ण रुपमा व्यवसायिक हुन्छन् तर नेपालमा त्यस्तो हुँदैन र त्यही भएर पनि अहिलेसम्म क्लबहरुलाई हामी प्रोत्साहित नै गर्नु पर्ने अवस्थामा छौँ । लिग च्याम्पियनले एएफसी प्रतियोगितामा हाम्रोकारणले खेल्न नपाएको होइन । उनीहरुको क्लब लाइसेन्सिङ्ग मापदण्ड पुरा भएकै छैन भने कसरी पाईन्छ ?

पुरस्कारको कुरा गर्दा हरेक क्लबले १ करोड पाउनु राम्रो कि प्रत्येकले ३० लाख पाएको ? हामीले एउटा क्लबलाई २० लाख आर्थिक सहयोग दिएका छौ ।  हरेक खेल जिते वापत ५० हजार पाएका छन् । राम्रो खेल्ने क्लबले ३० लाख सम्म पाएका छन् । मिड टेबल क्लबहरुले २५ लाखसम्म पाएका छन् र रेलिगेसन हुने क्लबले पनि २२–२३ लाख सम्म पाएका छन् ।

फुटबललाई दिगो बनाउनका लागि सबै क्लबले राम्रो अर्थिक सहयोग पाएको राम्रो हो । फुटबललाई दिगो बिकासका लागि हामीलेयो कार्यक्रमहरु गरेका छौ तर यो पनि अपुग छ । हामीले अझै पनि पुरस्कारसँगै अन्य रकमबढाउदै जाने कार्यक्रमहरु अगाडि ल्याउने छौ ।

तपाईले नेपालमा होम–अवेको नयाँ लिग सिस्टम ल्याउछु भन्नु भएको थियो तर यो त हालसम्म योजना मै सिमिति छ नी ? 

यो विषयमा मलाई अझै केही समय दिनुस् । लिगको मात्रै बिषयमा कुनै दिन अन्तर्वार्ता लिनुभयो भने त्यो समय सम्ममा म तपाईंलाई ठोस कार्यक्रम सहित बताउने छु । नेपाली फुटबलमा केही हुदै छ भन्ने कुराहरु पनि चाडै आउदै छ । त्यसको लागि समय चाहिन्छ र मैले अघि पनि भने मैले जादुको छडी लिएर आएको छैन । म भगवानको रुप पनि हैन, मानवकै रुप हुँ ।

 

पुरा भिडियो हेर्नुहोस्:

गौरव फुयाल नेपाली खेल्कुद पत्रकारितामा नयाँ नाम हो । उनी फुटबल विश्लेषक हुन् । उनले बिशेष गरि फुटबलबारे लेख्ने गर्दछन।

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

 

Continue Reading
Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Headline1 year ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय1 year ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख2 years ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख2 years ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख2 years ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख2 years ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख2 years ago

नेपालले हरायो केन्यालाई 

लेख2 years ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख2 years ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख2 years ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख2 years ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 years ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 years ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 years ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 years ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 years ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 years ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 years ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline2 years ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline2 years ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!