Connect with us

Headline

‘इब्राहिमोभिच रोनाल्डो जस्तै अमर छन्’

wesportz

Published

on

“ज्लाटन इब्राहिमोभिच क्रिष्चियानो रोनाल्डो जस्तै अमर छन्,” यि दुई खेलाडीका पुर्व प्रशिक्षक कार्लो एन्जोलोटीले भने ।

३९ वर्षिय इब्राहिमोभिच अहिले सेरी आ को शिर्ष गोलकर्ताको पहिलो स्थानमा रहेका छन् भने ३५ वर्षिय रोनाल्डो शिर्ष गोलकर्ताको दोस्रो स्थानमा रहेका छन् ।

यि दुई खेलाडीको उमेर जोड्ने हो भने ७४ बर्षका हुन्छ त्यही पनि यो दुई खेलाडीहरु सेरी आ मा राज गर्दै छन् ।

धेरै समर्थकहरुले जस्तै एन्जोलोटीले पनि २०१८ मा इब्राहिमोभिच एमएलएस खेल्न एलए ग्यालेक्सी गए पछि उनको कारीअर सकिएको जस्तो लागेको बताए । अमेरिकाको उच्च लिगमा ५८ खेलमा ५३ गोल गरेका उनले इटाली आए पछि पनि २९ खेलमा २० गोल गरिसकेका छन् ।

“जब इब्राहिमोभिच अमेरिका लागे मलाई लागेको थियो उनले फुटबललाई बिदा मग्दैछन्,” एन्जोलोटीले भने ।

“तर अमेरिकामा उनले खुब गोल गरे र इटालीमा पनि हरेक खेलमा गोल हन्दै छन् । ज्लाटन इब्राहिमोभिच क्रिष्चियानो रोनाल्डो जस्तै अमर छन् । यस्तो उमेर म खेल्न त सजिलो छ तर गोल गर्न भने गार्हो हुन्छ,” एन्जोलोटीले थपे ।

“रोनाल्डोलाई मैले पहिले देखी नै खेलेको देखेको छु र उनी अरु भन्दा निकै उत्कृष्ट छन् तर सेरी आ मा रोनाल्डोलाई इब्राहिमोभिचले टक्कर दिन सक्ने छन्,”

एन्जोलोटीले रोनाल्डोलाई रियल म्याड्रिड र इब्राहिमोभिचलाई पिएसजीमा प्रशिक्षण दिएका थिए ।

Headline

‘रकेट बोइज’ को शिर्ष श्रेणीको उडान

Avatar

Published

on

सातदोबाटोदेखि लगनखेल जाने बाटोमा दिपावली पुस्तकालय पहिले आकारमा ठूलो देखिने गरेको पुस्तकालय अहिले सडक बिस्तारका कारण खुम्चिदै गएको धेरैलाई ठ्याक्कै पत्ता लगाउन गुगल म्यापको आवश्यकता पर्न सक्छ  

त्यही पुस्तकालय पछाडि सानो टहरा बनाई २०५४ सालमा स्थापना भएको थियो सातदोबाटो युथ क्लब, एकप्रपरफुटबल क्लब बन्ने लक्ष्य सहित

२१ गते शनिबार क्लब परिसर भित्र ललितपुरमा बेला बखत देखिने गरेका जात्रा जस्तो माहौल थियो क्लब भवनको वातावरण अविरको रङ्गले रातो थियो त्यो वातावरणमा मिश्रित हुनेहरुको जमात सानो थियो तर खुशीयालीले अन्तरिक्षको शयर गर्दै थियो

यसको कारण थियो १५ सय मिटर पर एन्फा कम्प्लेक्समा भएको एक खेलको परिणाम चीर प्रतिद्वन्दी खुमलटार युथ क्लब श्री भगवती क्लबसँग पराजित हुँदा सातदोबाटो आफ्नो क्लब इतिहासमै पहिलो पटक डिभिजन लिगमा बढुवा भयो  

शनिबार आफ्नो खेल नरहेका कारण सातदोबाटोका पदाधिकारी, खेलाडी स्थानीय समर्थकहरुले क्लब परिसरमै खुशीयाली मनाए  

त्यो सातदोबाटोको खुशी थियो भने घरेलु फुटबलमा जिवित रहेको प्यासनको स्पष्ट उदाहरण  

क्लबको रुपमा सातदोबाटोलाई फुटबल प्रति आफ्नो समर्पण साबित गर्न नै दुई दशकभन्दा बढी लाग्यो  

संस्थापक अध्यक्ष महेन्द्र मानन्धरले शुरु गरेको यात्रा २३ बर्षमा कपिल रानामगरसम्म आइपुग्दा सयौं सारथी रहेका छन्  

२०५४ सालमा स्थापना भएदेखि नै डि डिभिजन क्वालिफायरबाट घरेलु फुटबलमा पाइला टेकेको सातदोबाटो २०५६ सालमा सि डिभिजनमा बढुवा भयो एक दशकपछि बि डिभिजनमा उक्लिएको सातदोबाटो बल्लबल्ल शिर्ष श्रेणीमा आएको  

एउटा सपना साकार भएको यो लामो समयदेखिको प्रयास थियो हामी पछिल्लो दुई सिजन चुक्यौं तर अब भने डिभिजन टोली बनेका छौं,” चैतसम्म कार्यकाल रहेका अध्यक्ष रानामगरले निकै गर्वका साथ भने  

फुटबल समाजसेवामा युवालाई अग्रसर बनाउन युथ क्लबका रुपमा स्थापित सातदोबाटोले नेपाली फुटबलमा योगदान दिने प्रमुख लक्ष्य लिएर हिंडेको थियो गर्यो पनि  

हामी धेरै वर्ष दोस्रो डिभिजनमा रह्यौ यो अवधिमा निकै खेलाडी हुर्कायौं जस्तो लाग्छ धेरै खेलाडी डिभिजनमा पनि पठायौं कोही उमेर समुहको राष्ट्रिय टोलीमा पनि खेल्दै छन्,“ कपिल भन्छन्   

कतिपय क्लबहरु लामो समय दोस्रो तेस्रो डिभिजनमै रहि रहदाको थकानले बिलिन भएका उदाहरणहरु छन् तर सातदोबाटोले फुटबलमा देखाएको लगाव उसको खेलाडीहरुले क्लबको लागि देखाएको प्यासन तारिफ योग्य

सातदोबाटोका खेलाडीहरुले आफै क्लबको उपनाम दिएका छन् –– ‘रकेट गाइजहुन हाम्रो केटाहरु आफैले राखेको नाम हो तर बिस्तारै यो क्लबको चिनारी बन्दै गएको खेलाडीहरुको पेस तिब्र गतिको खेलका कारण हामी रकेट गाइज हौ,“ म्यानेजर रविन खड्का भन्छन्  

यही रकेट गाइजका पुराना दुई सदस्य हुन स्थानीय कप्तान बसन्त तमाङ भेटेरान खेलाडी बिमल केसी

सातदोबाटोमै हुर्किएको कर्मथलो भएको कारण आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्ने थियो क्लबलाई शिर्ष श्रेणीसम्म पुर्याउन सफल भएका छौं तर अझै धेरै गर्नुछ,” चार वर्ष देखि सातदोबाटोका लागि खेलिरहेका कप्तान बसन्तले भने

क्लब शिर्ष श्रेणीमा उक्लिएसँगै भेटेरान बिमलको यात्रा पनि टुङ्गिएको क्लबले मलाई के दियो भन्दा पनि मैले क्लबलाई के दिए भनेर जहिल्यै सोच्थे पहिले नै यो सिजन अन्तिम हुने भनेको थिए डिभिजनमा उक्लदै बिदाइ लिन पाउनु मेरो लागि निकै खुशीको क्षण हुने ,” ट्रान्सफर विन्डो व्यवसायिकता बिहिन घरेलु फटबलमा एकै क्लबमा बर्ष बिताएका बिमलले भावुक हुदै भने

क्लब स्थापनाको २३ बर्ष भइसके पनि सातदोबाटोको यात्रा अब शुरु भएको जहाँ अवसर कम छन् चुनौति धेरै शिर्ष श्रेणीका लागि एसियाका सदस्य राष्ट्रहरुले पुरा गर्नु पर्ने न्युनतम आवश्यकता नै उसको लागि पहिलो चुनौति हो सातदोबाटोसँग अहिले घरेलु मैदान , खेलाडी उत्पादन गर्ने एकेडमी नै  

डिभिजनमा पुगेपछि अब हामी लाइसेन्सका लागि पनि अगाडि बढ्छौ हाम्रो मुख्य लक्ष्य एकेडेमी ट्रेनिङ ग्राउण्डको स्थापना गर्ने नै हो यसका लागि हामीले गोदावरीमा उपयुक्त स्थानहरु पनि हेर्दै आइरहेका छौं,” रानामगरले भने  

सातदोबाटो बि डिभिजन क्लबहरु मध्ये तुलनात्मक रुपमा राम्रो आर्थिक अवस्था भएको क्लब हो आफ्नो भवनबाट उठ्ने बहालसँगै हिमालय डिस्टिलरी प्रिमियर स्कुलको प्रायोजनमा चल्दै आएको क्लबले डिभिजन लिगमा उक्लिएपछि लगानीको माग अनुरुप अघि बढ्नै पर्नेछ  

हामी अझै फुटबलमा लागानी गर्ने सोचिरहेको छौं धेरै बि डिभिजन क्लबहरु बढुवा हुँदै मा गए पनि रेलिगेसनका लागि संघर्ष गर्ने गर्छन् तर हामी एउटा योजना अनुसार अघि बढ्नेछौं क्लबमा लगानी बढाउदै एकेडेमी घरेलु मैदान बनाउन हामीलाई मुख्य चुनौति हुनेछ,” रानामगरले भने

Continue Reading

Headline

बि डिभिजन: रेलिगेसनमा रहेको पुलचोकको पहिलो जित

wesportz

Published

on

शहिद स्मारक बि डिभिजन लिगमा रेलिगेसनमा रहेको पुलचोक स्पोर्टस क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २-१ ले हराएको छ ।

पुलचोकको जितमा अर्जुन कुमार राना र किस्मत लिम्बुले गोल गर्दा आरसिटीका लागि अमर डङ्गोलले एक गोल गरे ।

खेलको पाँचौँ मिनेटमा पुलचोकले अग्रता लिएको थियो । अर्जुन कुमार रानाले अरामदायी ट्याप इन गोल गर्दै पुलचोकलाई अग्रता दिएका थिए तर खेलको ४३ औँ मिनेटमा आरसिटीले बराबरी गोल गर्‍यो । क्रसमा आएको बललाई अमर डङ्गोलले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा आरसिटीले निकै मुभ बनाए पनि पुलचोकका डिफेन्डर तगारो बन्न पुगे ।

तर दोस्रो हाफमा भने पुलचोकले निर्णायक गोल गर्‍यो । ७७ औँ मिनेटमा पुलचोकका लागि किस्मत लिम्बुले गोल गर्दै पुलचोकलाई जित दिलाएका थिए । दोस्रो हाफमा भने पुलचोकले केही राम्रो मुभ र आक्रमण बुनेको थियो ।

जितसँगै पुलचोक ५ अंक सहित पुछारमा रहेको छ भने ११ औं स्थानमा ६ अंकका साथ झम्शिखेल युथ क्लब रहेको छ । १३ अंक सहित आरसिटी पाँचौँ स्थानमा रहेको छ ।

Continue Reading

Headline

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

wesportz

Published

on

सोमपाल कामीले आकर्षक ब्याटिङ्ग गर्दै ५१ बलमै ८० रन प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले मेयर कपमा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शाहब आलमले टप अर्डर ध्वस्त पारेपछि आर्मीले आइतबार मुलपानी क्रिकेट मैदानमा बागमतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको काठमाडौं मेयर ११ लाई ४२ दशमलव १ ओभरमा १ सय ५५ रनमै अल आउट गर्यो ।

सोमपालको आक्रमक ब्याटिङ्गपछि आर्मीले २३ दशमलव ५ ओभरमै लक्ष्य भेट्टायो । आर्मीको कुल स्कोरको ५० प्रतिशतभन्दा बढी रन बटुलेका सोमपालले इनिङ्गसको पहिलो ओभरमै सन्दिप लामिछानेलाई छक्का प्रहार गर्दै आफ्नो आशय स्पष्ट पारेका थिए ।

सन्दिपबिरुद्ध बिशेषगरि आक्रमक रहेका सोमपालले स्टार लेग स्पिनरलाई चार छक्का प्रहार गरेका थिए । उनको इनिङ्गसमा ९ चौका र ६ छक्का सामेल थियो । उनको सबै छक्कामा सटिक टाइमिङ्ग रहेको थियो । सन्दिपलाई पाचौं छक्का प्रहार गर्ने धुनमा सोमपाल क्याच आउट भएका थिए ।

सोमपालले चौथो विकेटका लागि कुशल मल्लसँग चौथो विकेटका लागि ७० रन जोडेका थिए । कुशलले दुई चौका र एक छक्का प्रहार गर्दै २३ बलमा २३ रन बनाए । मेयर ११ का लागि सन्दिप र बिपिन खत्रीले दुई–दुई विकेट लिएका थिए ।

यसअघि शाहबले टप अर्डरलाई ध्वस्त पारेपछि मेयर ११ को इनिङ्गस धर्मराएको थियो । पहिलो विकेटका लागि खडग बोहोरा (१९) र हरिशंकर साह (१८) ले ४८ रनको साझेदारी गर्दै ठोस शुरुवात दिलाएपछि शाहबले चार विकेट लिदै मेयर ११ लाई ब्याकफुटमा धकेलेका थिए ।

सन्दिप रजाली र सौरभ खनालले ६६ रनको साझेदारी गर्दै इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि मेयर ११ धराशायी हुन पुगेको थियो । उसले अन्तिम ६ विकेट मात्रै २४ रनमा गुमाउन पुगेको थियो । कुशल मल्लको बलमा सौरभ आउट भएपछि मेयर ११ को पतन शुरु भएको थियो ।

सौरभले ७४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ४२ रन बनाए भने सन्दिप रजालीले ६३ बलमा ३७ रन जोडे । उनको इनिङ्गसमा तीन चौका सामेल थियो । प्रतियोगितामा पहिलो खेल खेलेका जितेन्द्र मुखियाले पनि तीन विकेट लिएका थिए ।

Continue Reading
Headline1 min ago

‘रकेट बोइज’ को शिर्ष श्रेणीको उडान

Headline4 hours ago

बि डिभिजन: रेलिगेसनमा रहेको पुलचोकको पहिलो जित

Headline6 hours ago

सोमपालको उत्कृष्ट ब्याटिङ्गमा आर्मीको सहज जित

Headline7 hours ago

अपराजित हुँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यमा मध्यपुर तगारो

Headline8 hours ago

आर्मीलाई १५६ रनको सामान्य लक्ष्य

Headline10 hours ago

एलेको कसिलो बलिङ्ग सशक्त ब्याटिङ्गमा वेष्ट इण्डिजलाई श्रृंखला

Headline14 hours ago

बार्साको बोर्डमा फर्किए लापोर्टा, दिए मेस्सीलाई बिशेष सन्देश

Headline14 hours ago

२१ खेलपछि सिटीको म्यानचेस्टर डर्बीमा हार

Headline22 hours ago

बेन्जेमाको गोलले मड्रिड डर्बीमा पराजित हुनबाट बच्यो रियल

Headline1 day ago

जेराडको रेन्जर्स स्कटिश लिग च्याम्पियन

Headline3 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline6 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline9 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending