म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्सायरलाई क्लबमा आएको पहिलो दिन देखी नै जागिर जाने दवाब भएको पुर्व युनाइटेडका साहायक प्रशिक्षक स्टिभ म्याकक्लेरनले बताएका छन् । युनाइटेडको निकै ठुलो मागहरुका कारण सोल्सायर निराश हुने गरेका पनि म्याकक्लेरनले खुलाए ।
होजे मोउरिन्होलाई २०१८ को डिसेम्बरमा बर्खास्त गरे पछि आपतकालिन अवस्थामा ब्याक अपका रुपमा युनाइटेडले सोल्सायरलाई भित्र्याएको थियो ।
तर क्लबले उनलाई दिएको सानो समयमा भाग्यले पनि साथ दिए पछि युनाइटेडले उनलाई तीन बर्षको सम्झौता दिने निर्णय लिएको थियो ।
तर अहिले भने सोल्सायरलाई जागिर गुम्ने धेरै चिन्ता रहेको छ । संचार माध्यमहरुले पनि सोल्सायरको स्थानमा युनाइटेडले मोउरीसियो पोच्चिटिनोलाई भित्र्याउने हल्ला फैलाउदा उनको जागिर जाने दिन चाडैँ आएको जस्तो देखिन्छ ।
गएको साता च्याम्पियन्स लिगमा इस्तानाबुल बसिक्शेहरसँग पराजित भएसँगै बर्खास्तीको चर्को हल्ला चलेको युनाइटेडमा फेरी प्रिमियर लिगमा एवर्टनलाई ३-१ ले हराए पछि हल्ला केही शान्त भएको थियो ।
युनाइटेडका पुर्व प्रशिक्षक एलेक्स फर्गुसनका साहायक प्रशिक्षकका रुपमा काम गरेका स्टिभ म्याकक्लेरनले भने सोल्सायरलाई क्लबमा आएको पहिलो दिन देखीनै जागिर जाने दवाब रहेको बताएका छन् ।
“सोल्सायरले युनाइटेडमा जागिर पाए देखीको पहिलो दिन देखी नै उनलाई जागिर जाने दवाब थियो,” म्याकक्लेरनले भने ।
“अघिल्लो सिजनमा उनलाई क्लबले थोरै समय दिएको थियो र उनले एक दुई खेल बाहेक धेरैमा राम्रो पनि गरेर देखाए,”
“यो सिजन भने ओलेले आरमले काम गर्न पाउने छैनन् । युनाइटेडको बोर्डले प्रशिक्षकहरुबाट निकै ठुलो माग राख्छ र त्यो माग ओलेले पुरा गर्न नसक्ने हो भने उनी बर्खास्तीमा पर्दा म अच्चमित हुने छैन,” म्याकक्लेरनले थपे ।
युनाइटेडले प्रिमियर लिगमा अन्तराष्ट्रिय बिश्राम पछि नोभेम्बर २१ मा वेष्ट ब्रोमसँग खेल्दै छ। त्यो खेल सोल्सायरका लागि निकै महत्वपूर्ण हुने छ । यदी वेष्ट ब्रोमविरुद्धको खेलमा युनाइटेड पराजित हुन्छ भने ओलेको भविष्य के हुने हो भन्न सकिदैन ।