कप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४४औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नाई सुपर किंग्सलाई १४६ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४५ रनको सामान्य योगफल बनायो ।
बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ५० रन बनाए भने एबी डि भिलियर्सले पनि ३९ रनको पारी खेले । ४३ बलमा समान एक चौका र एक छक्का प्रहार गरेका कोहली र ३६ बलमा चार चौका प्रहार गरेका डि भिलियर्सले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गरे ।
कोहली र डि भिलियर्स बाहेक ओपनरद्वय देवदत्त पडिकल र आरोन फ़िञ्चले क्रमश २२ र १५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बेंगलोरलाई सस्तैमा रोक्ने क्रममा साम कुर्रानले सर्वाधिक तीन विकेट लिए भने दिपक चाहारले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । कुर्रानले तीन ओभरमा १९ रन मात्र खर्चिए ।
आजको खेलमा बेंगलोरले एक तथा चेन्नाईले दुई परिवर्तन गरेका छन् । बेंगलोरले इसरु उडानाको स्थानमा मोइन अलीलाई तथा चेन्नाईले शार्दुल ठाकुर र जश ह्याजलउडको स्थानमा मोनु कुमार र मिचेल स्यन्टनरलाई सुरुवाती ११ मा खेलाउने भएको छ ।
आजको खेलमा पराजित भएको खण्डमा चेन्नाई प्रतियोगिताबाट बाहिरिने छ भने जित निकालेमा प्लेअफको आशा कायम राख्नका लागि ठुलो अन्तरको जित अवश्य पर्नेछ । बेंगलोरले भने आजको खेलमा जित हात पार्न सक्यो भने लगभग प्लेअफमा पुग्नेछ ।
यस अघि भएको पहिलो लेगमा बेंगलोरले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६९ रन बनायो भने १७० रनको लक्ष्य सहित ब्याटिङमा आएको चेन्नाईले २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
मिचेलमार्शको अर्धशतक तथा शार्दुल ठाकुरको घातक बलिङमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्स माथि १७ रनको रोमान्चक जित हात पारेको छ । जितसँगै दिल्ली १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ नजिक पुगेको छ ।
१३ खेलमा सात जित निकाल्न सकेको दिल्ली १४ अंक सहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान १४ अंक रहेको बेंगलोर नेट रन रेटका आधारमा दिल्ली भन्दा पछि रहेको छ । आजको खेलमा पराजित हुँदा पन्जाबको प्लेअफ पुग्ने आशा झिनो भनेको छ । १३ खेल नै खेलेको पन्जाब १२ अंक सहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै सात विकेट गुमाएर १५९ रनको सामान्य योगफल बनाए पनि पन्जाबलाई २० ओभरमा नौ विकेटको नोक्सानीमा १४२ रनको अवस्थामा रोक्न सफल भएको हो ।
दिल्लीको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्दै मिचेलमार्शले ४८ बल खेल्दै चार चौका र तीन छक्का सहित ६३ रनको पारी खेले भने खेलको प्लेयर अफ द म्याच घोषित शार्दुल ठाकुरले चार ओभरमा ३६ रन दिएर सर्वाधिक चार विकेट हात पारे ।
यस सिजन निकै उत्कृष्ट फर्ममा रहेका ओपनर डेविड वार्नर गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरे पनि दिल्लीका लागि मार्शले १६ बलमा ३२ रन बनाएका सरफराज खान र २१ बलमा २४ रनको पारी खेलेका ललित यादवसँग साझेदारी गर्दै आफ्नो टोलीको पारी सम्हालेका थिए ।
तल्लोक्रमका ब्याटरहरु सस्तोमा आउट हुँदा राम्रो सुरुवात गरे पनि दिल्ली ठुलो योगफल बनाउनबाट भने चुक्यो ।
सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको पन्जाबको तर्फबाट छैटौँ नम्बरमा ब्याटिङ गर्दै विकेट किपर जितेश शर्माले सर्वाधिक २४, ओपनर जोनीबेयरस्टोले २८, राहुल चाहरले अविजित २५ तथा अर्का ओपनर शिखर धवनले १९ रन जोडे पनि जितका लागि पर्याप्त रहेन । १२ रनको अन्तरालमा पन्जाबले मध्यक्रमका आफ्ना पाँचजना ब्याटरलाई गुमाउँदा सानो लक्ष्य पछ्याउँदा पनि जित भने निकाल्न असमर्थ रह्यो ।
पन्जाबलाई रोक्ने क्रममा ठाकुर बाहेक अक्सर पटेलले चार ओभरमा तथा कुलदिप यादवले तीन ओभरमा समान १४-१४ रन दिएर समान २-२ विकेट हात पारे ।
यस अघि दिल्लीलाई मध्यम योगफलमा रोक्ने क्रममा लियामलिविंगस्टोन र अर्शदिप सिंहले समान ३-३ विकेट आफ्नो नाममा दर्ता गराए ।
लखनउ सुपर जायन्ट्स माथि २४ रनको फराकिलो जित निकाल्दै राजस्थान रोयल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।
समान १३-१३ खेल खेलेका राजस्थान र लखनउको समान १६-१६अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान अंक तालिकाको दोश्रो स्थानमा तथा लखनउ तेश्रो स्थानमा छन् । लगातार दुई खेलमा पराजित हुँदा लखनउले प्लेअफमा पुग्नका लागि अन्तिम खेल सम्म कुर्न पर्ने भएको छ भने आजको जितले राजस्थानले पनि प्लेअफको सम्भावना कायमै राखेको छ ।
यस सिजन गुजरात पहिलो स्थानमा रहँदै प्लेअफमा पुग्ने पक्का भएको छ भने अझै पनि चेन्नाई र मुम्बई बाहेक बाँकी सात टोलीको प्लेअफको आशा जीवितै छ ।
प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १७९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर ब्याटिङमा आएको लखनउले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १५४ रन भन्दा जोड्न सकेन ।
लखनउका दिपकहूडाले ३९ बलमा ५९, मार्कस स्टोइनिसले १७ बलमा २७, कुर्नालपान्ड्याले २५ तथा कप्तान केएल राहुलले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा लखनउले खेलमा हारको मात्र सामना गरेन प्लेअफको लागि अर्को खेल सम्म कुर्न पर्ने भयो ।
लखनउलाई रोक्ने क्रममा ट्रेन्ट बोल्ट, प्रसिध कृष्णा र ओबेडम्याककोएले समान २-२ विकेट लिए भने युज्बेन्द्रचाहल र रविचन्द्रन अश्विनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित ट्रेन्ट बोल्टले चार ओभरमा मात्र १८ रन दिए ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७८ रनको चुनौतिपूर्ण योगफल बनायो ।
राजस्थानको तर्फबाट ओपनर जस बटलरले बाहेक सबै ब्याटरले दोहोरो अंकमा रन जोडे । राजस्थानका ओपनर यशस्वी जैसवालले २९ बलमा सर्वाधिक ४१ रन बनाए भने देवदत्त पड्डीकलले १८ बलमा आक्रामक ३९ तथा कप्तान सन्जु सामसनले ३२ रनको पारी खेले ।
ओपनर रिद्दिमन साहले अर्धशतक प्रहार गर्दा शीर्ष स्थानमा रहेको गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको आफ्नो १३ औँ खेलमा यस अघि नै समुह चरणबाट नै बाहिरी सकेको चेन्नाई सुपर किंग्स माथि सात विकेटको सहज जित हात पारेको छ । आजको खेलमा जित निकाल्दै गुजरातले पहिलो स्थानमा आफ्नो पकड बनाएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १३३ रन भन्दा जोड्न सकेन भने गुजरातले तीन विकेटको क्षेतीमा पाँच बल अगावै लक्ष्य पार गर्यो ।
गुजरातको जितमा खेलको प्लेयर अफ द म्याच घोषित विकेट किपर तथा ओपनर रिद्दिमन साहले ५७ बल खेल्दै आठ चौका र एक छक्का सहित अविजित ६७ रन बनाए । त्यस बाहेक म्याथ्यु वेडले २०, ओपनर शुमबनगिलले १८ तथा डेविड मिलरले अविजित १५ रनको योगदान दिए ।
यस अघि रुतुराजगायकवाडले सर्वाधिक ५३, नारायण जगदिसनले अविजित ३९ तथा मोईन अलीले २१ रन बनाए पनि अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सक्दा चेन्नाई सानो योगफलमा नै रोकिन पुग्यो ।
चेन्नाईलाई सानो स्कोरमा रोक्ने क्रममा मोहम्मद शामीले चार ओभरमा १९ रन दिएर सर्वाधिक दुई विकेट लिए ।