IPL
पन्जाब विरुद्ध चेन्नाईको १० विकेटको सानदार जित
Published
4 years agoon
By
wesportzचेन्नाई सुपर किंग्सका ओपनरहरु फाफ डु प्लेसिस र शेन वाटसनले अविजित रहँदै १८१ रनको साझेदारी गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पाँचौं खेलमा किंग्स ११ पन्जाबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितका लागि १७९ रनको लक्ष्य लिएर ब्याटिङमा आएको चेन्नाईले कुनै पनि विकेट नगुमाई १७ दशमलब चार ओभर खेल्दै जित दर्ता गरायो ।
पाँचौं खेलमा चेन्नाईको दोश्रो जित हो भने पाँच खेल नै खेलेको पन्जाबको यो चौथों हार हो । आजको जित पछि चेन्नाई चार अंकका साथ दुई स्थान माथि चड्दै अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने पन्जाब एक स्थान तल झर्दै आठौं स्थानमा पुगेको छ ।
चेन्नाईको जितमा समान ५३ बलको सामना गर्दै अविजित रहेका वाटसन र डु प्लेसिसले क्रमश ८३ रन ८७ रनको पारी खेले । दुबैले ११ चौका प्रहार गरे भने वाटसनले तीन तथा डु प्लेसिसले एक छक्का प्रहार गरे । यो सिजन वाटसनको पहिलो अर्धशतक हो भने डु प्लेसिसको तेश्रो अर्धशतक हो ।
यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७८ रन बनायो ।
पन्जाबको लागि ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । १७ दशमलब दुई ओभरमा शार्दुल ठाकुरको शिकार भएका उनले ५२ बलको सामना गर्दै सात चौका र एक छक्का प्रहार गरे । जारी सिजनमा राहुलको यो दोश्रो अर्धशतक हो । उनले यस अघि राजस्थान रोयल्स विरुद्ध अर्धशतक र रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध अविजित शतक पनि प्रहार गरेका थिए ।
राहुल बाहेक पन्जाबका निकोलस पुरणले १७ बलमा ३३ रन, मन्दिप सिंहले १६ बलमा २७ रन र मायंक अगरवालले १९ बलमा २६ रन बनाएर आउट भए भने अविजित रहेका सर्फराज खान र ग्लेन म्याक्सवेलले क्रमश नौं बलमा १४ रन र सात बलमा ११ को पारी खेले ।
चेन्नाईका शार्दुल ठाकुरले सर्वाधिक दुई विकेट हात पारे भने रविन्द्र जडेजा र पियुष चावलाले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गर्न सफल भए ।
आजको खेलमा पन्जाबले तीन परिवर्तन गरेको छ भने चेन्नाईले कुनै पनि परिवर्तन गरेको छैन । मन्दिप सिंह, हरप्रित ब्रार र क्रिस जोर्डनले आजको खेलमा सुरुवाती ११ मा स्थान बनाएका छन् भने करुण नायर, के गौथम र जिमी नीशम टोली बाहिर रहेका छन् ।
पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाबले दोश्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि ९७ रनको फराकिलो जित हात पार्यो । तर त्यस पछिका दुई खेलमा राजस्थान रोयल्ससँग चार विकेटले र मुम्बई इन्डियन्ससँग ४८ रनले पराजित हुन पुग्यो ।
गत बर्षको उपविजेता टोली चेन्नाईले यस सिजनको उद्घाटन खेलमा नै साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्यो ।तर त्यस पछिका तीन खेलमा चेन्नाई राजस्थान रोयल्ससँग १६ रनले, दिल्ली क्यापिटल्ससँग ४४ रनले र सनराईजर्स हैदराबादसँग सात रनले पराजित हुन पुग्यो ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
नव प्रवेशी गुजरातले चुम्यो आईपीएलको उपाधि
Published
3 years agoon
May 30, 2022By
wesportzकप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमन गिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासन साई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोन हेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
Headline
बेंगलोरलाई पाखा लगाउँदै राजस्थान दोश्रो पटक आईपीएलको फाइनल
Published
3 years agoon
May 28, 2022By
wesportzओपनर जस बटलरले अविजित रहँदै शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले पाखा लगाउँदै राजस्थान रोयल्स दोश्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा नै उपाधि चुमेको राजस्थान पहिलो सिजन पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । १५ औँ संस्करणको उपाधिका लागि राजस्थानले अब नव प्रवेशी टोली गुजरात टाइटान्सको सामना गर्नेछ । राजस्थानसँग पराजित हुँदा बेंगलोरको फाइनल खेल्ने सपना चकनाचुर भएको छ ।
रजत पाटिदारले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको राजस्थानले बटलरको शतकीय पारीमा तीन विकेट गुमाएर ११ बल अगावै जित आत्मसाथ गर्यो ।
राजस्थानलाई दोश्रो पटक फाइनलमा पुर्याउने क्रममा ओपनर बटलरले अविजित रहँदै रनको पारी खेले । जारी सिजनको चौथो शतक प्रहार गर्ने क्रममा बटलरले ६० बल खेल्दै १० चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक राजस्थानको जितमा कप्तान सन्जु सामसनले २३ तथा ओपनर यशस्वी जैसवालले २१ रन बनाए ।
एलिमिनेटर खेलमा शतक प्रहार गर्दै बेंगलोरलाई क्वालिफायर्स सम्मको यात्रा तय गराएका रजत पाटिदारले ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले १५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । पुर्व कप्तान विराट कोहली सात, महिपाल लोमरोर आठ, दिनेश कार्तिक ६ तथा वानिन्दु हसरंगा गोल्डेन डकआउट भए भने शहबाज अहमदले अविजित १२ रनको पारी खेले ।
बेंगलोरका ओबेड म्याककोय र प्रसिध कृष्णाले समान ३-३ विकेट हात पारे ।
Headline
पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा
Published
3 years agoon
May 26, 2022By
wesportzरजत पाटिदारले शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोर लखनउ सुपर जायन्ट्स माथि १४ रनको शानदार जित निकाल्दै १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायर्समा प्रवेश गरेको छ । बेंगलोरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित राजस्थान रोयल्सको सामना गर्नेछ ।
तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाटिदारको अविजित शतकमा बेंगलोरले चार विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १९३ रन मात्र जोड्न सक्यो ।
कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै लखनउलाई जित तर्फ उन्मुख गराए पनि १९ औँ ओभरमा जश हेजलउडको शिकार बन्दा एलिमिनेटरबाट नै बाहिरिन पुग्यो । ५८ बलको सामना गरेका राहुलले हेजलउडको बलमा शहबाज अहमदको हातबाट क्याच आउट हुनु अघि तीन चौका र पाँच छक्का सहित सर्वाधिक ७९ रन बनाए ।
ओपनर क्विन्टन डि कक ६ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनन वोहरा १९ रनमा आउट भए पन्नी राहुलले दिपक हूडासँग तेश्रो विकेटका लागि ६१ बलमा ९६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । २६ बलमा एक चौका र चार छक्का सहित ४५ रन बनाएका हूडाको विकेटको पतन पछि आएका मार्कस स्टोइनिस नौ र कुर्नाल पान्ड्या गोल्डेन डकआउट हुँदा लखनउको क्वालिफायर्सको सपना चकनाचुर भयो ।
लखनउलाई रोक्ने क्रममा जश हेजलउडले सर्वाधिक तीन विकेट लिए भने मोहम्म्मद सिराज, हर्षल पटेल र वानिन्दु हसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
बेंगलोरको जितमा अविजित रहेका पाटिदारले ५४ बल खेल्दै १२ चौका र सात छक्काको मद्दतमा सर्वाधिक ११२ रनको पारी खेले । २८ बलमा अर्धशतक प्रहार गरेका उनले दोश्रो अर्धशतक २१ बलमा पुरा गर्दा ४९ बलमा शतक पुरा गरेका थिए । त्यस्तै उनले पछिल्लो ४९ रन मात्र १८ बलमा पुरा गरेका थिए ।
ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान फाफ डु प्लेसिस गोल्डेन डकआउट भए पनि पाटिदारले पुर्व कप्तान विराट कोहलीसँग मिलेर ६६ रनको साझेदारी गर्दै बेंगलोरको पारी सम्हाले । कोहली २५, ग्लेन म्याक्सवेल नौ तथा महिपाल लौमरोर १४ रनमा आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा चार विकेटको नोक्सानीमा ११५ रनको अवस्थामा खुम्चिन पुग्यो ।
तर दबाबमा परेको बेंगलोरको लागि पाटिदारले विकेट किपर दिनेश कार्तिकसँग चौथो विकेटका लागि ४१ बलमा अविजित ९२ रनको साझेदारी गर्दै २०० को स्कोर पार गराए । उनीहरुले अन्तिम पाँच ओभरमा ८४ रन जोड्दै बेंगलोरलाई विशाल योगफल सम्म डोर्याए । अविजित रहेका कार्तिकले २३ बलमा पाँच चौका र एक छक्का सहित अविजित ३७ रनको योगदान दिए ।
लखनउका मोहसिन खान, कुर्नाल पान्ड्या, आवेश खान र रवि बिश्नोईले समान १-१ विकेट हात पारे ।