अन्तर्राष्ट्रिय
साम बिलिङ्सको शतकको बाबजुत विश्व विजेता अस्ट्रेलियासँग पराजित

Published
4 years agoon
By
wesportz
साम बिलिङ्सको शतकको बाबजुत घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियासँगको पहिलो एकदिवसीय खेलमा १९ रनको हारको सामना गरेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।
२९५ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र २७५ रन बनाउन सक्यो ।
इंग्ल्यान्डको तर्फबाट बिलिङ्सले सर्वाधिक ११८ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । इंग्ल्यान्डको पारीको अन्तिम बलमा प्याट कमिन्सको बलमा आउट भएका उनले ११० बलको सामना गर्दै १४ चौका र दुई छक्का प्रहार गरे । बिलिङ्सको एकदिवसीय खेलमा यो पहिलो शतक हो ।
खराब सुरुवात गरेको इंग्ल्यान्डले १६ दशमलब एक ओभरमा ५७ रनको अवस्थामा चार विकेट गुमायो । ओपनर जोनी बेरस्टोव र छैठौं नम्बरमा ब्याटिङ गर्न आएका साम बिलिङ्स पाँचौं विकेटका लागि ११३ रन जोड्दै इंग्ल्यान्डलाई जित तर्फ उन्मुख गराए पनि १०७ बलमा ८४ रन बनाएका बेरस्टोव ३५ दशमलब दुई ओभरमा जाम्पाको शिकार भए पछि अस्ट्रेलिया खेलमा फर्कन सक्यो ।
बेरस्टोव आउट भए पनि बिलिङ्सले इंग्ल्यान्डको पारी सम्हाल्दै जित दिलाउने प्रयास गरे पनि त्यस पछि आएका ब्याट्सम्यानहरु मोइन अली र क्रिस वक्स सस्तैमा आउट हुँदा इंग्ल्यान्डले हार टार्न सकेन ।
अस्ट्रेलियाको जितमा एडम जाम्पाले सर्वाधिक चार विकेट लिए भने किफायती बलिङ गरेका जस ह्याजलउडले तीन विकेट आफ्नो नाममा दर्ता गराए । जाम्पाले १० ओभरमा ५५ रन खर्चिए भने ह्याजलउडले १० ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित मात्र २६ रन खर्चिए ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मिचेल मार्श र ग्लेन म्याक्सवेलको अर्धशतकको मद्धत पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानी २९४ रनको विशाल योगफल बनाउन सक्यो ।
२३ दशमलब चार ओभरमा १२३ रन हुँदा महत्वपुर्ण पाँच विकेट गुमाएर सानो योगफलमा खुम्चिने अवस्थामा रहेको अस्ट्रेलियाको लागि मार्श र म्याक्सवेलले छैठौं विकेटका लागि १२६ रन जोड्दै विशाल योगफल तर्फ लगे । आक्रमक पारी खेलेका म्याक्सवेलले ५९ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ७७ रन बनाए भने सम्हालिएर ब्याटिङ गरेका मार्शले १०० बलमा ७३ रनको योगदान दिए । त्यस्तै मार्कस स्टोनिसले पनि ३४ बलमा ४३ रनको पारी खेले ।
इंग्ल्यान्डका मार्क उड र जोफ्रा अर्चरले समान ३-३ विकेट लिए भने आदिल रशिदले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल रहे ।
दुई टोली बीचको दोश्रो एकदिवसीय खेल आइतबार हुनेछ ।
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

Published
2 years agoon
October 23, 2022By
wesportz
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
अन्तर्राष्ट्रिय
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

Published
2 years agoon
October 23, 2022By
wesportz
अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।
राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।
भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।
यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।
भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

Published
3 years agoon
August 1, 2022By
wesportz
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
