नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने ११ तारिखमा वेस्ट इन्डिजबाट युएईका लागि उड्ने भएका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग (सिपीएल) का लागि वेस्ट इन्डिजमा रहेका सन्दिप सिपीएलको फाइनल पछि मात्र इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईका लागि उड्ने भएका हुन् । आईपीएलमा सिपीएल खेलेका खेलाडीहरु एकै पटक उड्ने भएकाले आफु पनि ११ तारिख सम्म बस्न पर्ने भएको सन्दिपले जमैकाबाट विस्पोर्टजसँगको कुराकानीमा जानकारी दिए ।
‘आईपीएलले नै आईपीएलमा खेल्ने र हाल वेस्ट इन्डिजमा सिपीएलमा रहेका खेलाडीलाई युएईका लागि प्लेन चार्टर गर्दैछ,’ सन्दिपले भने । ‘सिपीएलको फाइनल सेप्टेम्बरको १० तारिखमा भएका कारण ११ तारिखको लागि उड्ने ब्यबस्था गरिएको हो ।’
सन्दिप लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्सको तर्फबाट आईपीएल खेल्दै छन् । उनले गएको दुई सिजनमा मात्र नौं खेल खेल्ने मौका पाए भने नौं खेलमा १३ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।
सिपीएलमा सन्दिपको टोली जमैका तल्वाज सेमीफाइनलबाट नै बाहिरियो । हिजो सम्पन्न सेमीफाइनल खेलमा ट्रिन्बागो नाइट राईडर्ससँग नौं विकेटको हार व्यहोर्दै जमैकाको फाइनल पुग्ने सपना चकनाचुर भएको थियो ।
ट्रिन्बागो विरुद्धको सेमीफाइनल खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए भने कुनै पनि विकेट हात पार्न सकेनन् । जारी सिजन उनी पहिलो पटक विकेट बिहिन रहे । समूह चरणको सन्दिपले १० खेल खेल्दै नौं पारीमा १२ विकेट हात पारेका थिए ।
सिपीएलमा सन्दिपको प्रदर्शन
समुह चरण
सेन्ट लुसिया जुक्स विरुद्ध – १/२३
ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/३०
गायना एमेजन वारियर्स विरुद्ध – २/८
गायना एमेजन वारियर्स विरुद्ध – १/१२
बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/१६
सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – २/२७
ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – १/२०
सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध – वर्षाका कारण रद्द
बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध – १/२६
सेन्ट लुसिया जुक्स विरुद्ध – १/२०
सेमीफाइनल
ट्रिन्बागो नाइट राईडर्स विरुद्ध – ०/२९
जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रह्यो । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।
कप्तान हार्दिक पान्ड्या बल र ब्याट दुवैबाट चम्किए पछि पहिलो सिजनको विजेता राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।
अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौ विकेटको नोक्सानीमा १३० रन मात्र जोड्न सक्यो भने गुजरातले तीन विकेट गुमाएर ११ बल अगावै जित दर्ता गर्यो ।
पहिलो पटकमा नै गुजरातलाई उपाधि दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ३० बलमा तीन चौका र एक छक्का सहित ३४ रनको योगदान दिए ।
गुजरातको जितमा ओपनर शुबमनगिलले ४३ बलमा अविजित ४५ तथा डेविड मिलरले आक्रामक पारी खेल्दै १९ बलमा तीन चौका र एक छक्का सहित अविजित ३२ रनको पारी खेले । ओपनर रिद्दिमन साह पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेड आठ रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्या र गिलले ५३ बलमा ६३ तथा मिलर र गिलले २९ बलमा अविजित ४७ रन जोड्दै उपाधि दिलाए ।
यस अघि पान्ड्या बाहेक रविश्रीनिवासनसाई किशोरले दुई तथा रशिद खान, यश दयाल र मोहम्मद शामीले समान १-१ विकेट निकाल्दा राजस्थान सस्तोमै समेटिन पुग्यो ।
राजस्थानको लागि जस बटलरले सर्वाधिक ३९, यशस्वी जैसवालले २२, रियान परागले १५, कप्तान सन्जु सामसनले १४ तथा शिम्रोनहेटमायर र ट्रेन्ट बोल्टले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलमा ठुलो योगफल जोड्न सकेन ।
ओपनर जस बटलरले अविजित रहँदै शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले पाखा लगाउँदै राजस्थान रोयल्स दोश्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा नै उपाधि चुमेको राजस्थान पहिलो सिजन पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । १५ औँ संस्करणको उपाधिका लागि राजस्थानले अब नव प्रवेशी टोली गुजरात टाइटान्सको सामना गर्नेछ । राजस्थानसँग पराजित हुँदा बेंगलोरको फाइनल खेल्ने सपना चकनाचुर भएको छ ।
रजत पाटिदारले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको राजस्थानले बटलरको शतकीय पारीमा तीन विकेट गुमाएर ११ बल अगावै जित आत्मसाथ गर्यो ।
राजस्थानलाई दोश्रो पटक फाइनलमा पुर्याउने क्रममा ओपनर बटलरले अविजित रहँदै रनको पारी खेले । जारी सिजनको चौथो शतक प्रहार गर्ने क्रममा बटलरले ६० बल खेल्दै १० चौका र चार छक्का प्रहार गरे । बटलर बाहेक राजस्थानको जितमा कप्तान सन्जु सामसनले २३ तथा ओपनर यशस्वी जैसवालले २१ रन बनाए ।
एलिमिनेटर खेलमा शतक प्रहार गर्दै बेंगलोरलाईक्वालिफायर्स सम्मको यात्रा तय गराएका रजत पाटिदारले ४२ बलमा सर्वाधिक ५८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले १५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । पुर्व कप्तान विराट कोहली सात, महिपाल लोमरोर आठ, दिनेश कार्तिक ६ तथा वानिन्दुहसरंगा गोल्डेन डकआउट भए भने शहबाज अहमदले अविजित १२ रनको पारी खेले ।
बेंगलोरकाओबेडम्याककोय र प्रसिध कृष्णाले समान ३-३ विकेट हात पारे ।
रजत पाटिदारले शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोर लखनउ सुपर जायन्ट्स माथि १४ रनको शानदार जित निकाल्दै १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायर्समा प्रवेश गरेको छ । बेंगलोरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित राजस्थान रोयल्सको सामना गर्नेछ ।
तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाटिदारको अविजित शतकमाबेंगलोरले चार विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १९३ रन मात्र जोड्न सक्यो ।
कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै लखनउलाई जित तर्फ उन्मुख गराए पनि १९ औँ ओभरमा जश हेजलउडको शिकार बन्दा एलिमिनेटरबाट नै बाहिरिन पुग्यो । ५८ बलको सामना गरेका राहुलले हेजलउडको बलमा शहबाज अहमदको हातबाट क्याच आउट हुनु अघि तीन चौका र पाँच छक्का सहित सर्वाधिक ७९ रन बनाए ।
ओपनर क्विन्टन डि कक ६ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनन वोहरा १९ रनमा आउट भए पन्नी राहुलले दिपकहूडासँग तेश्रो विकेटका लागि ६१ बलमा ९६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । २६ बलमा एक चौका र चार छक्का सहित ४५ रन बनाएका हूडाको विकेटको पतन पछि आएका मार्कस स्टोइनिस नौ र कुर्नालपान्ड्या गोल्डेन डकआउट हुँदा लखनउको क्वालिफायर्सको सपना चकनाचुर भयो ।
लखनउलाई रोक्ने क्रममा जश हेजलउडले सर्वाधिक तीन विकेट लिए भने मोहम्म्मदसिराज,हर्षल पटेल र वानिन्दुहसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
बेंगलोरको जितमा अविजित रहेका पाटिदारले ५४ बल खेल्दै १२ चौका र सात छक्काको मद्दतमा सर्वाधिक ११२ रनको पारी खेले । २८ बलमा अर्धशतक प्रहार गरेका उनले दोश्रो अर्धशतक २१ बलमा पुरा गर्दा ४९ बलमा शतक पुरा गरेका थिए । त्यस्तै उनले पछिल्लो ४९ रन मात्र १८ बलमा पुरा गरेका थिए ।
ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान फाफ डु प्लेसिस गोल्डेन डकआउट भए पनि पाटिदारलेपुर्व कप्तान विराट कोहलीसँग मिलेर ६६ रनको साझेदारी गर्दै बेंगलोरको पारी सम्हाले । कोहली २५, ग्लेन म्याक्सवेल नौ तथा महिपाल लौमरोर १४ रनमा आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा चार विकेटको नोक्सानीमा ११५ रनको अवस्थामा खुम्चिन पुग्यो ।
तर दबाबमा परेको बेंगलोरको लागि पाटिदारले विकेट किपर दिनेश कार्तिकसँग चौथो विकेटका लागि ४१ बलमा अविजित ९२ रनको साझेदारी गर्दै २०० को स्कोर पार गराए । उनीहरुले अन्तिम पाँच ओभरमा ८४ रन जोड्दै बेंगलोरलाई विशाल योगफल सम्म डोर्याए । अविजित रहेका कार्तिकले २३ बलमा पाँच चौका र एक छक्का सहित अविजित ३७ रनको योगदान दिए ।
लखनउका मोहसिन खान, कुर्नालपान्ड्या, आवेश खान र रवि बिश्नोईले समान १-१ विकेट हात पारे ।