Connect with us

Headline

बार्सामा अस्थिरता कायम रहे मेस्सीमाथिको जित खोक्रो साबित हुन सक्छ

wesportz

Published

on

२०१५ का अप्रत्याशित बिजेता र अहिले २०२० का खलपात्र बार्सिलोनाका अध्यक्ष योसेप बार्तोमेउ लियोनेल मेस्सीमाथि जित हात पार्दा सन्तुष्टिको सास फेरिरहेका होलान् ।

२०१९–२० सिजन बार्सिलोनाका लागि पूर्ण खलबलिन पुग्यो । अझ बढी त अध्यक्षका लागि नै । बयार्न म्युनिखको हातबाट लजास्पद हार भोग्नुअघि पनि ला लिगाका दुई एल क्लासिकोमा रियल म्याड्रिडसँग जित बिहिन हुनु बार्सिलोनाका लागि निकै गार्हो समय थियो ।

जनवरी देखी हेर्ने हो भने बार्तोमेउ आलोचनाको शिकार बन्दै आएका छन् । ११ बर्षको उमेरदेखि बार्साको शेर धनी रहदै आएका क्याटलन व्यवसायी उनी बिवादबाट कहिल्यै टाढा रहन सकेनन् ।

बार्सिलोनामा रहदा उनको कार्यकाल बिवादमै घेरिएको छ । जनवरीमा अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरिसकेपछि समर्थकहरु क्लब लेजेण्ड जाभी हर्नान्डेजले त्यो पद सम्हाल्ने अपेक्षा गरिरहेका थिए । तर किके सेटियन नियक्त हुँदा निकै आलोचना हुन पुग्यो ।

फेब्रुवरीमा प्रमुख खेलाडीहरुसहित क्लबको कामलाई शंक लिएर गर्नेहरुको आलोचनाबिरुद्ध भएको सोसियल मिडिया अभियानामा आफ्नो हात नरहेको दाबी गर्नु परेको थियो । बार्साले त्यो अभियान बार्तोमेउको छवि सुधार्नका लागि गरेको थियो । प्राइभेट लेखापढी कम्पनी प्राइसवाटरहाउस कूपर्सको अडिट रिपोर्टले कुनै भ्रष्ट व्यवहार भएको छैन भन्ने बताए पनि बार्सिलोना विरुद्ध न्यायिक अनुसन्धान जारी छ । खेलाडी किन्दा बजार मुल्य भन्दा ६ गुणा बढी पैसा तिरेको क्लबलाई आरोप लागेको छ ।

र मार्चमा कोरोनाभाइरस महामारीको शुरुवातसँगै गम्भीर आर्थिक संकट उत्पन्न हुदा क्लब सञ्चालन भइरहेको तरिकाको बिरोधमा बोर्डका ६ सदस्यहरूले राजीनामा गरेका थिए । रजिनामा दिनेहरुमध्ये दुई उपाध्यक्ष एन्रिके टोम्बास र एमिली रुसौद पनि थिए । रुसौदलाई बार्तोमेउ आफैले भावी अध्यक्ष रुपमा हेरेका थिए ।

बोर्डमा ठुलै होहल्ला मच्चिएपछि अर्को जुनका लागि तय गरिएको भएपनि बार्तोमेउको राजीनामा माग गर्दै चुनाव गर्न समेत भनिएको थियो । तर बार्तोमेउ अडिग रहे ।

बार्तेमेउको शासन गल्तिले भरिपूर्ण छ भने कुटनीतिमा पनि निकै कमजोर देखिएको छ । क्लब लेजेण्ड मेस्सीले पनि आफूलाई क्लब छोड्न दिनका लागि भएको सम्झौता बार्तोमेउले पुरा नगरेको आरोप लगाएका छन् । मार्चमा तलब कटौतीको भार सबै खेलाडीको टाउकोमा राखिदिदा खेलाडीहरूलाई त्यो अनौठो नलागेको पनि उनी बताउछन् ।

बन्दरगाह र बिमानस्थलको इन्जिनियरिंगमा विशेषज्ञता रहेको बहुराष्ट्रिय कम्पनी एडिइएलटिइका प्रबन्ध निर्देशक बार्तोमेउले बार्सिलोनामा फुटबल भन्दा पहिले बास्केटबल र ह्यान्डबलको बोर्ड सम्हालेका थिए ।

बार्सिलोनाको प्रतिद्वन्दी इस्पान्योलबाट खेल्नु अघि बार्साको युवा टोलीमा बास्केटबल खेलेका बार्तोमेउलाई त्यही कनेक्सनले गर्दा २००३ मा क्यम्प नोउ फर्कन मद्दत गरेको थियो ।

ट्रासफरमा अरबौंको खर्च

अर्को कारण सान्द्रा रोजेलसँगको गहिरो मित्रता पनि थियो । रोजेल र बार्तोमेउले जोआन लापोर्टाको अध्यक्ष पदका लागि सफल दावेदारीमा प्रमुख भुमिका निभाएका थिए । तर २००५ मा क्लबले लिने दिशाको बिषयमा दुई धार हुदा लापोर्टा हटाइएका थिए ।

२०१० मा रोजेलले आफैंले उच्च अध्यक्षको लागि दाबेदारी दिदा बार्तोमेउलाई आफ्नो उपाध्यक्षको रुपमा उभ्याए र ६१ प्रतिशत मत ल्याउदै अध्यक्ष चुनिए । उनीहरु दुवै मिलेर लापोर्टा, योहान क्रुएफ र पेप ग्वार्डियोलाको दर्शन पछ्याउदै आएका सबैलाई हटाउदै जान थाले । क्रुएफलाई १९९६ मा बर्खास्त गरेका पारम्परिक दृष्टिकोण राख्ने पुर्व अध्यक्ष जोसेप लुइ नुनेजको पथमा क्लब चल्न थाल्यो ।

तर जनवरी २०१४ मा रोजेलले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा गर्नु प¥यो । उनले नेमारलाई सान्तोसबाट बार्सिलोना भित्र्याउने क्रममा अनियमितता गरेको आरोप लागेको थियो । रोजेललाई जेल सजाय पनि भयो भने बार्तोमेउले कार्यवाहाक अध्यक्षको रुपमा जिम्मेवरी लिए ।

२०१५ मा बार्तोमेउ कार्यबाहक रहदा नै मेस्सी, सुवारेज र नेमारको त्रिमूर्तिले क्लबलाई ट्रेबल जिताउदा उनी त्यही गुडविललाई लिएर ५४ दशमलव ५ प्रतिशत मतका साथ नयाँ अध्यक्ष चुनिए ।

तर यस्तो सफलता भने अब बार्सिलोनाले इतिहासमा मात्र हेर्न पाउने अवस्था आएको छ । २०१५ पछि बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा चार पटक र सेमीफाइनलमा एक पटक हारेको छ ।

बार्सिलोनाले ट्रान्सफर बजारमा खर्च गरेको लगभग एक अरब यूरोले आफ्नो भाग्यलाई फर्काउन सकेको छैन । बरु झन–झन क्लबको पुनर्निर्माण निकै महँगो हुदै जान थालेको छ । अहिले पनि बार्तोमेउले सेटियनको स्थानमा रोनाल्ड कोमनलाई क्लबमा भित्र्याएका छन् । कोमनको प्रशिक्षकको रुपमा बायो डाटा त्यतिी बलियो छैन ।

बायर्नसँगको ८–२ को पराजय पछि बार्तोमेउले आउने बर्षको चुनावलाई जुनको साटो मार्चमा नै गराउन बाध्य भएका छन् । क्लबका सदस्यहरूले उनी विरूद्ध अविश्वासको प्रस्ताव राख्दा उनी त्यो समयसम्म पनि नटिक्न सक्छन् । त्यसैले मेस्सीबिरूद्ध उनको जित खोक्रो साबित हुन सक्छ ।

Headline

सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडीको सुचीमा मेस्सी दोश्रो र रोनाल्डो तेश्रो । पहिलो को ?

wesportz

Published

on

सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडी को हो भनेर कसैले तपाईलाई सोध्यो भने तपाई भन्नु हुनेछ पहिलो नम्बरमा लियोनेल मेस्सी र दोश्रोमा क्रिष्चियानो रोनाल्डो । मेस्सीले ६ पटक र रोनाल्डोले पाँच पटक बिश्वकै सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार उचाली सकेका छन् ।

तर फ्रेन्च फुटबलले हालै गरेको बालोन डि’ओरको पुर्नमुल्यांकन अनुसार मेस्सी दोश्रो नम्बरमा र रोनाल्डो तेश्रो नम्बरमा परेका छन् ।

त्यसो भए सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडीको सुचीको पहिलो नम्बरमा को छन् त ?

तपाईलाई पत्यार न लाग्न सक्छ तर फ्रेन्च फुटबलको पुनमुल्यांकन ब्राजिलका महान फुटबल खेलाडी पेलेले सर्वाधिक सात पटक बालन डि’ओर जितेका छन् ।

कसरी ?

तीन पटक विश्वकप जितेका पेलेले एक पटक पनि बालन डी’ओर जितेका छैनन् । सन् १९९० को दशक सम्म बालोन डि’ओर जित्नका लागि युरोपेली खेलाडी मात्र योग्य हुने नियम थियो । जसले गर्दा पेले आफ्नो खेल जीवनमा यो उपाधि जित्नबाट बन्चित रहे । सन् १९९५ मा आएर फ्रेन्च फुटबलले आफ्नो नियम परिवर्तन गर्दै बालोन डि’ओर सबै खेलाडीका लागि खुल्ला गरेको हो ।

युरोप बाहेक अन्य खेलाडीलाई के कस्तो अन्याय भयो भनेर फ्रेन्च फुटबलले पुर्नमुल्यांकन गर्दै यदि सबै खेलाडीलाई बालोन डि’ओरमा सहभागिता गराएको भए कसले कति पटक यो उपाधि जित्ने थिए भनेर अध्ययन गर्यो ।

उक्त पुर्नमुल्यांकन अनुसार पेले सात पटक बालोन डि’ओरको हकदार रहेका थिए । यदि पेलेले पनि बालोन डि’ओरमा सहभागि हुने मौका पाएका भए उनले सन् १९५८ देखि सन् १९६१ सम्म लगातार चार पटक, सन् १९६३ र सन् १९६४ मा दुई पटक र सन् १९७० मा एक पटक गरेर कुल सात पटक उक्त उपाधि चुम्ने थिए ।

उक्त पुर्नमुल्यांकन पछि फ्रान्स फुटबलले आफ्नो म्यागजिनको मुख्य पृष्ठमा पेलेले सात ओटा स्वर्ण बल लिएको फोटो सहित छापेको थियो ।

Continue Reading

१३औं दक्षिण एसियाली खेलकुद

सेरेना विलियम्सले लिइन फ्रेन्च ओपनको चौथो दिनमा नाम फिर्ता

wesportz

Published

on

तीन पटक कि च्यामपियन सेरेना विलियम्सले एकिलिसको चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

३९ वर्षिय सेरेनाले आज राती बुल्गेरियाकी त्वेताना पिरोनकोभासँग आफ्नो दोस्रो चरणको खेल खेल्ने कार्यक्रम  रहेको थियो ।

२३ ग्राण्ड स्ल्यामको उपाधी जितेकी सेरेनाले यस् पटकको फ्रेन्च ओपेन जित्दै मार्गरेट कोर्टको कृतिमानी २४ ग्राण्ड स्ल्यामलाई पछि पार्ने दाउमा रहेकी थिइन् ।

“मलाई लाग्छ म चार देखी छ हप्ता मैदान बहिर रहने छु,” सेरेनाले एउटा पत्रकार सम्मेलनमा भनिन् ।

“मलाई हिन्न पनि गार्हो भैरहेको छ । एकिलिस यस्तो चोट हो जुन तपाइँले अहिले चाहानुहुन्न तर यस्तो भन्दैमा म मैदान नफर्किने हैन, म अझ फिट  भएर कोर्टमा फर्कन चाहन्छु।”

यस महिनाको सुरुमा युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अझारेन्कासँग पराजित भए पछि सेरेनाले आफुलाइ एकिलिसमा समस्या आएको बताएकी थिइन् ।

सोमबार मात्र उनले अमेरिकी खेलाडी कृष्टि अहनलाई ७-६,७-२ र ६-० को सेटमा हराएकी थिइन् । उनले खेल जिते पनि उनलाई चोटले सताएको बताएकी थिइन् ।

सेरेनाले २००२,२०१३ र २०१५ मा फ्रेन्च ओपनको उपाधी जितेकी थिइन् ।

Continue Reading

Headline

“प्रकृतिक रुपले आयो र गए” खेलको बिचमै शौचालय गएका एरिक डायर भन्छन्

wesportz

Published

on

होजे मोउरिन्हो आफ्नो व्यवस्थापकीय क्यारियरमा धेरै खेलाडीको पिछा गरे होलान् तर वुधबार भने उनले एरिक डायरको पछाडि उनी अन्य कुनै कारणले दौडिएका थिए ।

कराबाओ लिग कप अन्तर्गत टोटनह्याम चेस्लीसँग खेल्दै थियो । ७७ औँ मिनेटमा टोटनह्याम १-० ले पछि  परेकोको अवस्थामा मुख्य डिफेन्डर मनिएका डायर अचानक मैदानबाट निस्किदै चेन्जिङ रुम तिर डौडिए ।

त्यस पछि डायरका प्रशिक्षक मोउरिन्होले  उनलाई लखट्दै टनल भित्र रहेको चेन्जिङ रुम तिर पुगेका थिए ।

तर डायर खेलको त्यस्तो महत्वपूर्ण घडीमा कहाँ कुदेका थिए होलन त ? सबैलाई अचम्मित पार्दै भित्र कुदेका डायरले खेल सकिए पछि सबै कुरा खुलाए ।

“यो परिस्थिती सबैले अनुभाव गरेको हुनु पर्छ,” खेल पछि डायरले भने ।

“यो मलाई पहिलो पटक भएको हो । म अहिले त ठीक छु तर त्यो समयमा म केही गर्न सक्दिन थिए । जब तपाईंलाई आँउछ तब तपाईं जानु नै पर्छ, यो रोकेर रोकिने कुरा हैन,” उनले हाँस्दै भने।

“मलाई थाहा थिएन मोउरिन्हो म पछाडि कुदिरहेका थिए तर उनलाई अहिले थाहा भयो होला । मैले मेरा डिफेन्डर साथीहरु टोबी एन्डेलविर्ल्ड र पिएरे -एम्ली होजबर्गलाई मलाई जानु छ भनेको थिए,”

“मलाई धेरै पेट दुखिरहेको थियो, मलाई जसरी हुन्छ जानु नै थियो र गए।” डायरले भने ।

डायर केही मिनेट पछि मैदान फर्किएका थिए । प्रशिक्षाक मोउरिन्हो उनीसँग रिसाउदै सँगै टनलमा पसेका थिए ।

“मोउरिन्हो खुशी थिएनन् तर पनि प्रकृतिक रुपले आयो र गए” डायरले थपे ।

भाग्यवश डायरका लागि टीमका साथी एरिक लामेला सात मिनेट बाँकी रहदा खेल बराबरी गर्दै टोटनह्यामलाई पेनाल्टीमा पुर्याएका थिए ।

पेनाल्टीमा पुगेको खेलमा डायरले टोटनह्यामका लागि पहिलो पेनाल्टी प्रहार गर्दै गोल पनि गरेका थिए ।

 

 

 

Continue Reading
IPL 202057 mins ago

राजस्थान विरुद्ध कोलकाता पहिले ब्याटिङ गर्ने 

Headline1 hour ago

सर्वाधिक बालोन डि’ओर जित्ने खेलाडीको सुचीमा मेस्सी दोश्रो र रोनाल्डो तेश्रो । पहिलो को ?

IPL 20202 hours ago

लगातार तेश्रो जितको आशामा राजस्थान कोलकातासँग खेल्दै 

१३औं दक्षिण एसियाली खेलकुद3 hours ago

सेरेना विलियम्सले लिइन फ्रेन्च ओपनको चौथो दिनमा नाम फिर्ता

Headline9 hours ago

“प्रकृतिक रुपले आयो र गए” खेलको बिचमै शौचालय गएका एरिक डायर भन्छन्

Headline10 hours ago

म्यानचेस्टर सिटीले बेनफिकाबाट भित्र्यायो नयाँ डिफेन्डर

Headline18 hours ago

माउन्ट पेनाल्टीमा चुक्दा चेल्सी टोटनह्यामसँग पराजित

IPL 202021 hours ago

हैदराबादले पहिलो जित निकाल्दा दिल्लीको पहिलो हार

IPL 202023 hours ago

राम्रो सुरुवातका बाबजुद हैदराबादको मध्यम योगफल 

IPL 20201 day ago

आज पनि सन्दिप बेन्चमा नै, दिल्लीले पहिले बलिङ गर्ने  

Headline2 weeks ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline5 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 week ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline4 weeks ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline4 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline2 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline4 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Headline10 months ago

लाम्पार्डको आगमनसँगै बदलिएको चेल्सी

Trending