Connect with us

अन्तर्राष्ट्रिय

सन्दिपको टोली जमैका सिपीएलको सेमीफाइनलमा  

wesportz

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेमी फाइनलमा प्रवेस पाएको छ ।

गत राती सम्पन्न खेलमा बार्बाडोस ट्राइडेण्ट्स गायना एमेजन वारियर्ससँग छ विकेटले पराजित भए पछि जमैकाले दुई खेल अगावै सेमीमा स्थान पक्का गरेको हो ।

आठ खेलमा तीन जित र चार हार तथा एक खेल रद्द भए पछि जमैका सात अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ । पाँचौं स्थानमा रहेको बार्बाडोसले नौं खेलमा दुईमा मात्र जित निकाल्न सकेको छ भने अंक तालिकामा चार अंक बटुलेको छ ।

हिजो राती नै सम्पन्न जमैका र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स बीचको खेल रद्द भएको थियो । लगातारको वर्षाका कारण मैदानमा पानी जमेका कारण खेल रद्द भएको हो । खेल रद्द भए पछि दुबै टोलीले १-१ अंक बाढेका छन् ।

सिपीएलको जारी सिजनमा सन्दिपले सात खेलमा १० विकेट हात पार्न सफल भएका छन् । सन्दिपले विकेट मात्र हैन निकै किफायती बलिङ पनि प्रदर्शन गरेका छन् । २८ ओभर बलिङ गरेका उनले चार दशमलब आठ पाँच प्रति ओभरमा १३६ रन खर्चिएका छन् ।

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

लिभरपुललाई अर्को बज्रपात, यसपटक कप्तान हेन्डरसन बाहिरिए

wesportz

Published

on

एकपछि अर्को प्रमुख खेलाडी गुमाउदै आएको इङ्गलिस प्रिमियर लिग डिफेन्डिङ्ग च्याम्पियन लिभरपुललाई फेरि अर्को बज्रपात परेको छ । लिभरपुलले तिघ्राको चोटका कारण यसपटक कप्तान जोडर्न हेन्डरसनलाई गुमाएको छ ।

एभर्टनबिरुद्धको मर्सिसाइड डर्बी दौराना ग्रोइन इन्जुरी बोकेका हेन्डरसन कम्तिमा पनि १० हप्ता मैदान बाहिर रहने भएका छन् । भर्जिल भान डाइक, जोल माटिप, जो गोमेज र फाबिन्होलाई गुमाइसकेपछि लिभरपुलले प्लेयिङ्ग ११ बाट अर्को खेलाडी गुमाएको हो ।

प्रमुख खेलाडीहरु मैदान बाहिर रहदा लिभरपुल यो सिजन खस्कदै छैटौं स्थानमा पुगिसकेको छ । शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग १९ अंकको दुरीमा रहेपछि लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यसअघि नै आफू यो सिजन उपाधि रक्षा गर्नबाट चुकिसकेको स्विकारेका थिए ।

क्लोपले तीन प्रमुख सेन्टर ब्याक नभएपछि मिडफिल्डर हेन्डरसनलाई रक्षापंक्तिमा प्रयोग गर्दै आइरहेका थिए । उनले प्रिमियर लिगमा चेल्सीबिरुद्धको खेल सहित लिभरपुलका लागि पाँच खेल गुमाउने भएका छन् । यस्तै च्याम्पियन्स लिग अन्तिम १६ को आरबी लाइपजिगबिरुद्धको दोश्रो खेलमा पनि हेन्डरसन हुने छैनन् ।

यस्तै उनले बिश्वकप क्वालिफायर अन्तर्गत इङ्गल्याण्डले मार्चमा खेल्ने सान मारिनो, अल्बानिया र पोल्याण्डबिरुद्धको खेलहरु पनि गुमाउने छन् । मार्च २४ देखि ३१ सम्म फुटबलमा अन्तर्राष्ट्रिय बे्रक हुनेछ ।

Continue Reading

Headline

रोनाल्डो विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्ः ज्लाटन इब्राहिमोभिच

wesportz

Published

on

फुटबलको उत्कृष्ट खेलाडी को हुन् भन्ने बहस निरन्तर चल्दै आएको छ । कुनै समय ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्यारोडोना र अहिले पोर्चुगलका क्रिष्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सी, यो बहसमा धेरैको आफ्नो समय खर्चिएका छन् ।

तर स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिच भने आफ्नो धारणमा स्पष्ट छन् । उनको लागि न पेले उत्कृष्ट हुन न त म्यारोडोना नै । मेस्सी र क्रिष्चियानो रोनाल्डो पनि उनको लागि उत्कृष्ट होइनन् ।

ज्लाटनका ब्राजिलका पुर्व फरवार्ड रोनाल्डोलाई विश्वका उत्कृष्ट फुटबल खेलाडी मान्छन् । ३९ वर्षिय इभ्राहिमोभिचका अनुसार ब्राजिललाई सन् २००२ को विश्वकप जिताउन प्रमुख भूमिका खेलेका रोंनाल्डो अद्वितीय प्रतिभा भएका खेलाडी हुन् । उनको खेलको शैली आजको दिन सम्म पनि अन्य खेलाडीसँग तुलना हुन सक्दैन ।

आफ्नो कुरा राख्न धेरै नसोच्ने इभ्राहिमोभिच भन्छन्ः “शायद मैलें रोनाल्डोको बारेमा धेरै बखान अथवा ब्याख्या गरिरहन पर्दैन । उनी नै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी हुन् ।”

“’मैलें सधैं दुईवटा कुरा भन्ने गर्दछु, एउटा फुटबल खेल्ने खेलाडी र अर्को त्यस्ता खेलाडी जो आफै फुटबल हुन् । रोनाल्डो आफैंमा फुटबल हुन् । यदि तपाई उनको खेल हेर्नु हुन्छ भने, सबै उनको जस्तो खेल्न र उनी जस्तो हुन लालायित हुन्छन् । उनले जसरि बल लिएर जान्छन्, सर्प जसरि बल अगाडी बढाउँछन् र गोल गर्दछन्, यसमा उनी नै उत्कृष्ट र राम्रा फुटबल खेलाडी रहेकोमा कुनै दुई मत छैन ।”

ब्राजिलियन क्लब क्रुजेरियोबाट आफ्नो खेल जीवन सुरु गरेका रोनाल्डोले पिएसभी आइन्डहोभन, बार्सिलोना, रियल म्याड्रिड, इन्टर मिलान, एसी मिलान जस्ता क्लबबाट खेलेका थिए ।

आफ्नो खेल जीवनमा ४५२ खेलमा २९६ गोल गरेका रोनाल्डोले तीन पटक फिफा वल्र्ड प्लेयर अफ द इयर र दुई पटक बालन डी’ओर जितेका थिए । त्यस्तै उनी बालन डि’ओर जित्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

सन् १९९४ मा ब्राजिलले विश्वकप चुम्दा बेञ्चमा नै बिताएका रोनाल्डोले ब्राजिललाई सन् १९९८ को विश्वकपमा फाइनल सम्मको यात्रा गराएका थिए भने सन् २००२ मा उपाधी हात पार्दा फाइनलमा दुई गोल सहित कुल आठ गोल गरेका थिए ।

Continue Reading

अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड माथि भारत १० विकेटले विजयी, दुई दिनमा नै सकियो टेस्ट

wesportz

Published

on

घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्टमा १० विकेटको फराकिलो जित दर्ता गराएको छ । दुई दिनमा नै टेस्ट आफ्नो पक्ष्यमा पार्न सफल भारतले चार खेलको शृंखलामा २-१ को अग्रता कायम गरेको छ ।

यस जितसँगै भारत वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ भने इंग्ल्यान्ड बाहिरिएको छ । भारतले फाइनल प्रवेसका लागि शृंखला ३-१ अथवा २-१ ले आफ्नो पक्ष्यमा पार्न पर्ने भएकोमा भारतले अन्तिम टेस्टमा बराबरी खेले मात्र वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि न्युजिल्याण्डको सामना गर्नेछ ।

यस अघि न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेका कारण भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एकले मात्र फाइनलमा स्थान सुरक्षित समिकरण रहेको थियो । भारत फाइनलको नजिक पुग्दा अष्ट्रेलियाले भने भारत र इंग्ल्यान्ड बीचको अन्तिम टेस्टको नतिजा कुर्न पर्ने हुन्छ । चौथों टेस्टमा इंग्ल्यान्डले जित हात पारेको खण्डमा मात्र अष्ट्रेलियाले फाइनलमा स्थान जमाउने छ ।

इंग्ल्यान्डलाई पहिलो पारीमा ११२ रनमा रोकेको भारतले आफ्नो पहिलो पारीमा १४५ रन मात्र बनाउन सक्यो । पहिलो पारीको आधारमा ३३ रनको अग्रता लिन सफल भएको भारतले इंग्ल्यान्डलाई दोश्रो पारीमा ८१ रनमा रोके पछि ४९ रनको लक्ष्य पाएकोमा कुनै पनि विकेट नगुमाई लक्ष्य पार गर्यो ।

भारतको जितमा नायक रहे बायाँ हाते स्पिनर अक्सर पटेल र रविचन्द्रन अश्विन । पहिलो पारीमा छ विकेट हात पारेका पटेलले दोश्रो पारीमा पनि पाँच विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए । दोश्रो टेस्ट खेलेका पटेलको चार पारीमा यो तेश्रो फाइब-विकेट हल हो । चेन्नाईमा भएको दोश्रो टेस्टमा डेब्यु गरेका पटेलले दोश्रो पारीमा पनि पाँच विकेट हात पारेका थिए । त्यस्तै पहिलो पारीमा तीन विकेट लिएका अश्विनले दोश्रो पारीमा चार विकेट लिन सफल भए ।

इंग्ल्यान्डका कप्तान जो रुटले घातक बलिङ गर्दा भारतले तेश्रो टेस्टको पहिलो पारीमा ३३ रनको झिनो अग्रता मात्र लिन सफल भएको थियो ।

दोश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा ९९ रनको स्थितीबाट सुरु गरेको भारतले बाँकी सात विकेट गुमाउँदा ४६ रन मात्र जोड्न सक्यो ।

भारतको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका कप्तान जो रुटले छ दशमलब दुई ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे । रुटको टेस्टमा यो पहिलो पाँच विकेट हो । रुट बाहेक ज्याक लिचले पनि चार विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

Continue Reading
Headline15 hours ago

बि डिभिजन: मध्यपुरको पहिलो जित, टुसल पराजित

Headline17 hours ago

लिभरपुललाई अर्को बज्रपात, यसपटक कप्तान हेन्डरसन बाहिरिए

Headline19 hours ago

बि डिभिजन: शिर्ष स्थानको भिडन्तमा सातदोबाटोको रोमान्चक जित

Headline20 hours ago

रोनाल्डो विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्ः ज्लाटन इब्राहिमोभिच

Headline1 day ago

नेपाललाई एसिया कपसम्म डोर्याउन चाहन्छन् प्रशिक्षक ग्यारी फिलिप्स

Headline1 day ago

कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार नियुक्त

अन्तर्राष्ट्रिय2 days ago

इंग्ल्यान्ड माथि भारत १० विकेटले विजयी, दुई दिनमा नै सकियो टेस्ट

अन्तर्राष्ट्रिय2 days ago

तेश्रो टेस्ट जित्न भारतलाई ४९ रनको सामान्य लक्ष्य

Headline2 days ago

बि डिभिजन: बिनोदको ह्याट्रीकमा ब्वाइज युनियन बिजयी

Headline2 days ago

सन्दिप मेयर कप खेल्छन् कि खेल्दैनन् ?

Headline2 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline5 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline5 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline8 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending