Connect with us

Headline

ब्राजिलमा महिला र पुरुष दुवै राष्ट्रिय फुटबलरहरुलाई बराबर तलब

wesportz

Published

on

ब्राजिलको फुटबल महासंघले बुधबार पुरुष र महिला राष्ट्रिय टोलीका फुटबलरहरुलाई समान तलब दिने घोषणा गरेको छ ।

“महासंघले महिला र पुरुष खेलाडीहरुलाई समान तलब सुविधा र भत्ता दिने छ । जसको अर्थ पुरुष खेलाडीलाई जति तलब दिइएको छ महिला खेलाडीले पनि उति नै पाउने छन्,” महासंघका अध्यक्ष रोजेरियो काबोक्लोले बताएका छन् ।

यसको मतलब ब्राजिलका थोरै परिचित महिला खेलाडीहरू जस्तै मार्था, फर्मिगा र लेटिसिया सान्तोसले नेमार, ग्याब्रियल जिसस र रोबर्टो फर्मिनो जस्ता विश्वव्यापी सुपरस्टारहरूको रूपमा समान शुल्क र भत्ताहरू प्राप्त गर्नेछन् ।

यसरी महिला र पुरुष राष्ट्रिय फुटबल टोलीको तलबमा समानता ल्याउने ब्राजिल पहिलो राष्ट्र भने हैन । यो भन्दा अघि नर्वे, अष्ट्रेलिया र न्युजिल्यान्डले महिला र पुरुष खेलाडीको तलाब सुविधा बराबर गरेको थियो ।

२०१९ मार्चमा पहिलो पटक अमेरिकी महिला राष्ट्रिय टोलीले पुरुष खेलाडी सरह तलब र भत्ता नदिएको भन्दै आफ्नो देशको फुटबल महासंघबिरुद्ध मुद्दा दायार गरेका थिए । न्यायाधीशले यस वर्षको मे मा मात्रै खेलाडीहरूको मुद्दा खारेज गरेका थिए । तर टोलीले भने फेरि अपिल गरेको छ ।

ब्राजिलको फुटबल संघले यो निर्णय महिला टोली र टिमका स्विडिस प्रशिक्षक पिया सुन्धागेलाई मार्चमा नै जानकारी गराइसकेको थियो । “यो ऐतिहासिक क्षण हो । यो इतिहासको हिस्सा बन्न पाउदा म अत्यन्तै खुशी छु,” सुन्धागेले भनिन् । उनी बाजीलियन महिला टोलीकी पहिलो महिला प्रशिक्षक पनि हुन् ।

अर्को वर्ष टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा भाग लिने राष्ट्रिय टोलीका साथ–साथै पुरुष र महिला विश्वकपमा पनि यो व्यवस्था लागू हुनेछ । “यो सुविधा फिफाले महिलाको लागि प्रस्ताव गरेको जस्तै हो । यहाँ पुरुष र महिलाबीचको पारिश्रमिकमा लैंगिक असमानता हुने छैन, अध्यक्ष काबोक्लोले भने ।

ब्राजिलमा पुरुष टिमलाई फुटबलमा सबैभन्दा सफल मानिन्छ । ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको छ भने एक कन्फेडेरेसन कप र ९ कोपा अमेरिका पनि जितिसकेको छ । महिला टोली पनि फुटबलमा सफल मानिन्छ । २००७ को विश्वकप फाइनलसँगै २००४ र २००८ मा भएको ओलम्पिकमा फाइनल पुगेको यो टोली महिला फुटबलको बलियो टोली हो ।

गत बर्ष मात्रै ब्राजिलियन लिगले महिला र पुरुषको पुरस्कार राशी बराबर बनाएको थियो । ब्राजिलमा मात्र नभएर फुटबलमा विश्वभर महिला र पुरुषबीचको तलबमा ठूलो अन्तर रहेको पाईन्छ ।

महिला खेलमा सबै भन्दा बढी भुक्तानी गर्ने खेलाडीहरूले लाखमा तलब कमाउँछन् । जबकी बार्सिलोनाका स्टार लियोनेल मेस्सी र युभेन्टसका क्रिष्चियानो रोनाल्डोले मासिक रुपमै त्यो भन्दा १० गुणा बढी तबल लिने गरेका छन् ।

Headline

अष्ट्रेलियाले दशरथ रँगशालामा नेपालबिरुद्ध बिश्वकप छनौट नखेल्ने

wesportz

Published

on

नेपाली दर्शकले राष्ट्रिय टोलीले दशरथ रँगशालामा अन्तर्राष्ट्रिय फुटबल खेलेको हेर्न अझै कुर्नु पर्ने भएको छ । विश्वकप छनौट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच दशरथ रङ्गशालामा हुने भनिएको खेल फेरि स्थगित भएको छ ।

कोरोना भाइरसका कारण एकपछि अर्को मिति तय हुँदा पछिल्लो पटक चैत १७ गते यो खेल हुने निर्णय गरिएको थियो ।

अष्ट्रेलियन फुटबलले कोरोनाकै कारण ट्राभल रेष्ट्रिक्सन र क्वारन्टिनको समस्या रहेको भन्दै एएफसीमा निवेदन दिएपछि खेल स्थगित भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

नेपालले चैत १२ गते चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको थियो तर त्यो पनि यसअघि नै स्थगित भइसकेको थियो । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले एशियन फुटबल कन्फेडेरेशनलाई अब सेन्ट्रल भेन्युमै जुन १५ भित्र प्रत्येक समुहमा बाकी रहेका सबै छनौट खेलहरु खेल्ने गरि कार्यक्रम तय गर्न डेडलाइन दिएको पनि शेर्पाले जानकारी दिएका छन् ।

सेन्ट्रल भेन्युको लागि प्रत्येक समुहमा सहभागि सबै राष्ट्रले दाबेदारी प्रस्तुत गर्न पाउनेछन् । एन्फाले पनि सेन्ट्रल भेन्युकोलागि दाबेदारी प्रस्तुत गर्ने र सक्दो प्रयास गर्ने अध्यक्ष शेर्पाले बताए । तर अन्य देशको तुलनामा सिमिति श्रोत रहेको अवस्थामा नेपालमा खेल हुने संभावना न्युन रहेको छ ।

Continue Reading

Headline

पिवाईसी बिबिए क्रिकेट फागुन २० देखि मुलपानीमा

wesportz

Published

on

पब्लिक युथ क्याम्पसको आयोजनामा पिवाईसी इन्टर कलेज बिबिए क्रिकेट प्रतियोगिता फागुन २० देखि शुरु हुने भएको छ ।

त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत व्यवस्थापन संकायको बिबिए कार्यक्रम पढाउने कलेजहरुको पहलमा बर्षेनी हुने प्रतियोगिता डिफेन्डिङ्ग च्याम्पियनले आयोजना गर्नु पर्ने प्रावधान रहेको छ । यस अघि शंकर देव क्याम्पसले आयोजना गरेको संस्करणमा पब्लिक युथ बिजयी भएको कारण उसले यो बर्ष प्रतियोगित आयोजना गर्न गइरहेको हो ।

पब्लिक युथले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मा चन्द ब्रदर्श प्राइभेट लिमिटेडलाई दिएको छ । मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपाल भरबाट १७ बिबिए क्याम्पसहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता ट्वान्टी ट्वान्टी फरम्याटमा खेलाइने जानकारी व्यवस्थापक चन्द ब्रदर्शले दिएको छ ।

उपाधि जित्ने टोलीले ८५ हजार नगद पुरस्कार पाउने छन् भने उपबिजेता टोलीले ३५ हजार प्राप्त गर्ने छन् । यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्स्म्यान र बेस्ट बलरले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा एडुक्वेस्ट नेपाल र एक्सेल्सिया कलेज रहेका छन् । यसअघि राष्ट्रिय तथा प्रदेश स्तरीय खेलकुद आयोजनाको प्रशस्त अनुभव बटुलिसकेको चन्द ब्रदर्शका प्रबन्ध निर्देशक रविन्द्र चन्दले प्रतियोगिताको लागि उत्साहित रहेको बताए ।

“हामीले बिभिन्न समिति निर्माण गर्दै प्रतियोगितालाई सहज रुपले आयोजना गर्नका लागि सम्पूर्ण तयारीहरु पुरा गरिसकेका छौं । मुलपानीमा हुने प्रतियोगिता प्रतिस्पर्धात्मक र गुणात्मक हुने हाम्रो अपेक्षा छ,” रविन्द्रले बुधबार आयोजित एक पत्रकार सम्मेलनमा भने ।

Continue Reading

Headline

मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्ने

wesportz

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी शनिबारबाट सुरु हुन लागेको मेयर कपको खेल तालिका सार्वजनिक गरेको छ ।

पहिलो दिनको खेलमा प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता एपीएफ क्लब भिड्ने भएका छन् । उनीहरु टियु क्रिकेट मैदानमा खेल्ने छन् भने पहिलो दिनमा नै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्ने छन् ।

समुह चरणमा कुल १० खेल खेलिने छ । जस मध्य टियुमा छ खेल हुने छन् भने मुलपानीमा बाँकी चार खेल खेलिने छ ।

समुह चरणमा सबै टोलीले एक अर्कासँग प्रतिष्पर्धा गर्ने छ र शिर्ष दुई टोलीले अर्को शनिबार हुने फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

मेयर कपमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका टोलीहरु – त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेश तथा काठमाडौँ मेयर ११ गरेर कुल पाँच टोलीको सहभागिता रहने छ । हिजो मात्र क्यानले प्रधानमन्त्री कपको समुह चरणमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी समेट्दै काठमाडौँ मेयर ११ को टोलीको नाम सार्वजनिक गरेको थियो ।

प्रतियोगिता काठमाडौँ महानगरपालिकाको ५० लाख नगद सहयोगमा संचालन हुन लागेको हो । मेयर कप यहि फागुन २२ गतेबाट फागुन २९ गते सम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ ।

प्रधानमन्त्री कपको उपाधि आर्मीले उचालेको थियो । आर्मीले उपाधि चुम्ने क्रममा फाइनलमा एपीएफलाई ३३ रनले पराजित गरेको थियो ।

Continue Reading
Headline2 hours ago

अष्ट्रेलियाले दशरथ रँगशालामा नेपालबिरुद्ध बिश्वकप छनौट नखेल्ने

Headline2 hours ago

पिवाईसी बिबिए क्रिकेट फागुन २० देखि मुलपानीमा

Headline4 hours ago

मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्ने

Headline6 hours ago

बि डिभिजन: श्री कुमारीलाई हराउँदै मध्यपुर रेलिगेसन जोनबाट बहिर

Headline8 hours ago

बुम्राले इंग्ल्यान्ड विरुद्धको बाँकी सबै खेलहरु गुमाउने

Headline12 hours ago

‘एक पटक शिर्ष चारको अनुभव त गरौं’

Headline13 hours ago

भिनिसियसले अन्तिम समयमा गरेको गोलमा रियलको उद्दार

अन्तर्राष्ट्रिय19 hours ago

टेस्टमा पहिलो पटक भिड्दै अफगानिस्तान र जिम्बाब्वे

Headline21 hours ago

चम्किदै किरण , पन्जाबका लागि छैँठौ क्लिनशीट

Headline23 hours ago

मेयर कपका लागि काठमाडौँ मेयर ११ को टोली सार्वजनिक

Headline2 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline5 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline8 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending