Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तान माथि इंग्ल्यान्डको सहज जित 

wesportz

Published

on

कप्तान ओइन मोर्गन र दाविद मालानको शतकीय शझेदारीमा घरेलु टोली इंग्ल्यान्डले दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा पाकिस्तान माथि पाँच विकेटको सहज जित हात पारेको छ । यससँगै तीन खेलको शृंखलामा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

१९६ रनको विशाल योगफल पक्ष्याएको इंग्ल्यान्डले १९ दशमलब एक ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

इंग्ल्यान्डको लागि ओपनरद्वय टम बान्टन र जोनी बैरस्टोवले राम्रो सुरुवात दिए । उनीहरुले पहिलो विकेटका लागि छ दशमलब दुई ओभरमा ६६ रन जोडे । शदाब खानको बलमा आउट हुनु अघि बैरस्टोवले २४ बलमा ४४ तथा बान्टनले १६ बलमा २० रनको योगदान दिए । उनीहरु लगातर दुई बलमा आउट भए ।

त्यस पछि आएका कप्तान ओइन मोर्गन र दाविद मालानले तेश्रो विकेटका लागि ६२ बलमा ११२ रनको शाझेदारी गर्दै इंग्ल्यान्डलाई जित तर्फ लगे । इंग्ल्यान्डलाई जित नजिक पुर्याउन तुफानी ६६ रन बनाएका मोर्गन १७ दशमलब चार ओभरमा ह्यारिस रौफको बलमा आउट भए । ३३ बलको सामना गरेका उनले छ चौका र चार छक्का प्रहार गरे ।

मालानले ३६ बलमा छ चौका र एक छक्काको मद्धतमा अविजित ५४ रन जोड्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे ।

पाकिस्तानका शदाब खानले सर्वाधिक तीन विकेट लिए ।

यस अघि मोहम्मद हफिज र बाबर आजमको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९५ रन बनायो ।

पाकिस्तानको तर्फबाट तुफानी पारी खेलेका हफिजले सर्वाधिक ६९ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले टम कुर्रानको बलमा कप्तान इयोन मोर्गनको हातबाट क्याच आउट हुनु अघि ३६ बलको सामना गर्दै पाँच चौका र चार छक्का प्रहार गरे ।

पाकिस्तानको लागि कप्तान बाबर आजम र फकार ज़मानले पहिलो विकेटको लागि ५१ बलमा ७२ रनको शाझेदारी गर्दै राम्रो सुरुवात दिए । २२ बलमा पाँच चौका र एक छक्काको मद्धतमा ३६ रन बनाएका आदिल रशिदको शिकार भए ।

तेश्रो नम्बरमा ब्याटिङमा आएका मोहम्मद हफिजले आजमसँग मिलेर ४० रनको शाझेदारी गरे । ४४ बलमा सात चौकाको मद्धतमा ५६ रन बनाएका आजम पनि रशिदको नै शिकार भए ।

त्यस पछि हफिजले ११ बलमा १४ रन बनाएर आउट भएका शोएब मलिकसँग मिलेर तेश्रो विकेटका लागि २४ बलमा ५० रन साझेदारी गरे । हफिजले चौथों विकेटका लागि नौं बलमा अविजित आठ रन बनाएका इफ्तिकार अहमदसँग मिलेर २० बलमा ३२ रन जोड्दै पाकिस्तानलाई विशाल योगफल तर्फ लगे ।

इंग्ल्यान्डको तर्फबाट महँगो साबित भएका रशिदले सर्वाधिक दुई विकेट हात पारे । उनले चार ओभरमा ३२ रन खर्चिए । त्यस्तै क्रिस जोर्डन र टम कुर्रानले समान चार – चार ओभर बलिङ गर्दै क्रमश ४१ र ४६ रन खर्चिएर समान १-१ विकेट हात पारे ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

IPL 2020

राजस्थानको विजयी सुरुवात, चेन्नाई १६ रनले पराजित

wesportz

Published

on

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (अईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो । दोश्रो खेलमा चेन्नाईको यो पहिलो हार हो । पहिलो खेलमा चेन्नाईले साबिक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

जितका लागि २१७ रनको विशाल योगफल लिएर ब्याटिङमा आएको चेन्नाईले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा २०० रन मात्र बनाउन सक्यो ।

चेन्नाईले खेलमा राम्रो सुरुवात गरे पनि निरन्तरता भने दिन सकेन र कुनै पनि समय जित निकाल्न सक्ने अवस्थामा पनि पुगेन । ओपनर शेन वाटसन र मुरली विजयले पहिलो विकेटका लागि छ दशमलब चार ओभरमा ५६ रन जोडे । तर दुई रनको अवस्थामा २१ बलमा ३३ रन बनाएका वाटसन र २१ बलमा २१ रन बनाएका विजय पेभेलियन फर्किए ।

त्यस पछि आएका साम कुर्रान छ बलमा १७ रन बनाएर तथा रुतुराज गायकवाड पहिलो बलमा नै राहुल टेवाटियाको बलमा आउट भए पछि आठ दशमलब छ ओभरमा ७७ रनमा चार विकेटको अवस्थामा खुम्चिन पुग्यो । केदार जाधव पनि २२ रन बनाएर आउट हुन पुगे ।

चेन्नाईको पारी सम्हाल्ने क्रममा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका फाफ डु प्लेसिसले तुफानी पारी खेल्ने क्रममा ३७ बलको सामना गर्दै एक चौका र सात छक्का प्रहार गर्दै ७२ रन बनाए र आउट भए । उनी १९औं ओभरमा जोफ्रा आर्चरको बलमा आउट भए पछि चेन्नाईको हार सुनिश्चित बन्यो ।

कप्तान महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा लगातार तीन छक्का सहित १७ बलमा अविजित २९ रन बनाए पनि चेन्नाईलाई जितका लागि पर्याप्त भएन ।

महँगो साबित भएका रुतुराज गायकवाड चार ओभरमा ३७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए ।

यस अघि कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनको अर्धशतक तथा आठौं नम्बरमा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २१६ रन बनायो ।

राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । आजको खेलबाट आईपीएलमा डेब्यु गरेका यु१९ टोलीका यशस्वी जैसवाल मात्र छ रन बनाएर आउट भए । जैसवाल दिपक चाहारको बलमा कट एण्ड बोल्ड भए ।

दुई दशमलब दुई ओभरमा टोलीको स्कोर ११ रनको अवस्थाबाट कप्तान स्मिथ र स्यामसनले ११ दशमलब चार ओभरमा दुई विकेटको नोक्सानीमा १३२ रनको अवस्था सम्म पुर्याय । उनीहरुले दोश्रो विकेटका लागि एक सय २१ रन जोड्दै राजस्थानको पारी सम्हाले । ३२ बलको सामना गर्दै नौं छक्का र एक चौकाको मद्धतमा ७४ रन बनाएका स्यामसन लुंगी एनगिदीको शिकार भए ।

स्यामसन आउट भए पनि अर्को छोडबाट राजस्थानको पारी सम्हालेका स्मिथले ४७ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गर्दै ६९ रन बनाए । उनी १९ औं ओभरमा आउट भए ।

त्यस पछि ब्याटिङमा आएका डेभिड मिलरले एक बल पनि खेल्न नपाउँदै रन आउट हुन पुगे भने रबिन उथप्पा पाँच, राहुल टेवाटिया १०, रियान पराग छ रनमा आउट भए भने अविजित रहेका टम कुर्रानले १० रन तथा जोफ्रा आर्चरले आठ बलमा चार छक्काको मद्धतमा २७ रन बनाए । आर्चरले एनगिदीको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे ।

चेन्नाईका साम कुर्रानले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

आईपीएलको अंक तालिका हेर्न यो लिंक क्लिक गर्नुहोला ।

Continue Reading

IPL 2020

स्यामसन र स्मिथको अर्धशतकमा चेन्नाईलाई २१७ रनको विशाल लक्ष्य  

wesportz

Published

on

कप्तान स्टिभ स्मिथ र सन्जु स्यामसनको अर्धशतक तथा आठौं नम्बरमा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (अईपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई २१७ रनको विशाल लक्ष्य दिएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २१६ रन बनायो ।
राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । आजको खेलबाट आईपीएलमा डेब्यु गरेका यु१९ टोलीका यशस्वी जैसवाल मात्र छ रन बनाएर आउट भए । जैसवाल दिपक चाहारको बलमा कट एण्ड बोल्ड भए ।
दुई दशमलब दुई ओभरमा टोलीको स्कोर ११ रनको अवस्थाबाट कप्तान स्मिथ र स्यामसनले ११ दशमलब चार ओभरमा दुई विकेटको नोक्सानीमा १३२ रनको अवस्था सम्म पुर्याय । उनीहरुले दोश्रो विकेटका लागि एक सय २१ रन जोड्दै राजस्थानको पारी सम्हाले । ३२ बलको सामना गर्दै नौं छक्का र एक चौकाको मद्धतमा ७४ रन बनाएका स्यामसन लुंगी एनगिदीको शिकार भए ।
स्यामसन आउट भए पनि अर्को छोडबाट राजस्थानको पारी सम्हालेका स्मिथले ४७ बल खेल्दै समान ४-४ चौका र छक्का प्रहार गर्दै ६९ रन बनाए । उनी १९ औं ओभरमा आउट भए ।
त्यस पछि ब्याटिङमा आएका डेभिड मिलरले एक बल पनि खेल्न नपाउँदै रन आउट हुन पुगे भने रबिन उथप्पा पाँच, राहुल टेवाटिया १०, रियान पराग छ रनमा आउट भए भने अविजित रहेका टम कुर्रानले १० रन तथा जोफ्रा आर्चरले आठ बलमा चार छक्काको मद्धतमा २७ रन बनाए । आर्चरले एनगिदीको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे ।
चेन्नाईका साम कुर्रानले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।
 मुम्बई विरुद्धको खेलमा ७१ रन बनाएका अम्बाती रायुडूलाई चेन्नाईले आजको खेलमा समावेस गरेको छैन । उनी पुर्ण फिट नभएका कारण टोलीमा स्थान दिइएको छैन भने उन्सको स्थानमा रुतुराज गायकवाडलाई समावेस गरिएको छ । गायकवाड हालै कोरोनाबाट पुर्ण मुक्त भएका हुन् ।
चेन्नाईको यो दोश्रो खेल हो भने राजस्थान १३ औं संस्करणमा आफ्नो पहिलो खेल खेल्दै छ । पहिलो खेलमा चेन्नाईले मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
दुबै टोलीले आईपीएल २१ खेल खेलेका छन् जसमा चेन्नाईले १४ खेलमा जित हात पारेको छ । सन् २००८ को आईपीएलको पहिलो संस्करणमा राजस्थानले चेन्नाई माथि तीन विकेटको रोमान्चक जित हात पार्दै उपाधि चुमेको थियो ।

Continue Reading

IPL 2020

 चेन्नाईले टस जित्यो, राजस्थानलाई ब्याटिङको निम्तो 

wesportz

Published

on

इन्डियन प्रिमियर लिग (अईपीएल) अन्तर्गत चौथों खेलमा राजस्थान रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

मुम्बई विरुद्धको खेलमा ७१ रन बनाएका अम्बाती रायुडूलाई चेन्नाईले आजको खेलमा समावेस गरेको छैन । उनी पुर्ण फिट नभएका कारण टोलीमा स्थान दिइएको छैन भने उन्सको स्थानमा रुतुराज गायकवाडलाई समावेस गरिएको छ । गायकवाड हालै कोरोनाबाट पुर्ण मुक्त भएका हुन् ।

चेन्नाईको यो दोश्रो खेल हो भने राजस्थान १३ औं संस्करणमा आफ्नो पहिलो खेल खेल्दै छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको चेन्नाई आजको खेलमा जित निकाल्दै लगातार दुई खेल जित्ने दाउमा हुनेछ भने राजस्थान सुखद सुरुवातको आशामा खेल्नेछ ।

आजको खेलमा राजस्थानका कप्तान स्टिभ स्मिथ खेल्ने पक्का भएको छ भने बेन स्टोक्स र जस बटलरको भने कमी टोलीमा पक्कै खड्किने छ । इंग्ल्यान्ड विरुद्धको एकदिवसीय शृंखलाका क्रममा अभ्यासमा टाउकोमा बल लागे पछि स्मिथले अस्ट्रेलियाको लागि खेलेका थिएनन् । यस अघि उनले आजको खेल खेल्ने नखेल्ने भन्ने विषयमा चर्चा चल्दै आएको थियो । बटलर अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने स्टोक्स आफ्ना बिमारी बाबुलाई भेट्न न्युजिल्यान्डमा रहेका छन् ।

दुबै टोलीले आईपीएल २१ खेल खेलेका छन् जसमा चेन्नाईले १४ खेलमा जित हात पारेको छ ।सन् २००८ को आईपीएलको पहिलो संस्करणमा राजस्थानले चेन्नाई माथि तीन विकेटको रोमान्चक जित हात पार्दै उपाधि चुमेको थियो ।

Continue Reading
IPL 20207 hours ago

राजस्थानको विजयी सुरुवात, चेन्नाई १६ रनले पराजित

IPL 20208 hours ago

स्यामसन र स्मिथको अर्धशतकमा चेन्नाईलाई २१७ रनको विशाल लक्ष्य  

राष्ट्रिय11 hours ago

महिला क्रिकेटरहरुलाई समावेश गर्दै क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाक्ट तयार पार्यो

IPL 202011 hours ago

 चेन्नाईले टस जित्यो, राजस्थानलाई ब्याटिङको निम्तो 

Headline11 hours ago

अल्भारो मोराटा दोस्रो पटक युभेन्टसमा

IPL 202013 hours ago

लगातार दोश्रो जितको दाउमा चेन्नाई राजस्थानको सामना गर्दै

Headline15 hours ago

मेस्सिलाई संसारकै उत्कृष्ट भन्दै बार्तोमेउले भने ‘म उनलाई बार्सा छोडेर जान दिन सक्दिन’

Headline18 hours ago

सिटी व्यवस्थापक ग्वार्डियोलाका लागि फोडेनको प्रदर्शन अविश्वसनीय

Headline19 hours ago

प्रिमियर लिगको एकै चरणको खेलहरुमा गोलको नयाँ किर्तिमान

Headline20 hours ago

गाँगुलीले पाकिस्तानी क्रिकेटरहरुको तस्विर धमिल्याउदा अख्तरले फर्काए जवाफ

Headline1 week ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline5 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline3 weeks ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline4 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline3 days ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline3 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline1 month ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline2 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline3 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Headline10 months ago

लाम्पार्डको आगमनसँगै बदलिएको चेल्सी

Trending