चेन्नई सुपर किंग्सका महत्वपूर्ण टोली सदस्य सुरेश रैना शनिबार व्यक्तिगत कारण देखाउदै इण्डियन प्रिमियर लिगको तयारी छोडर भारत फर्किए ।
रैनाले यो सिजन नै युएईमा हुन गइरहेको आईपिएल नखेल्ने निर्णय लिदै फर्किएका थिए । चेन्नईको टोलीमा १० जना भन्दा बढी खेलाडीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको कारण रैनाले पनि कोरोनाकै कारण आईपिएल त्यागेको अड्कल काटिएको थियो ।
तर रैनाले आईपिएल छोड्नुको कारण कोरोना भाइरस नभई डरलाग्दो व्यक्तिगत कारण नै रहेको छ । जागरन डटकमले जनाए अनुसार अगष्ट १९ को दिन रैनाको फुपु (बुवाको बहिनी) को घरमा अज्ञात समुहले फिल्मि शैलिमा सांघातिक आक्रमण गरेको थियो । आक्रमणमा आशा देवीको श्रीमानको गम्भिर चोटका कारण मृत्यु भएको थियो ।
पठानकोटको थरियाल गाँउमा आफ्नै घरको छतमा सुतिरहेको स्थितिमा धारिलो हतियारहरु लिएर एक समुहले अन्धाधुन्ध आक्रमण गरेपछि रैनाकी फुपुको पनि अवस्था चिन्ताजनक रहेको छ । उक्त आक्रमणमा उनका दुई छोरा ३२ बर्षिय कौशल कुमार र २४ बर्षिय बिपिन कुमार पनि नराम्ररी घाइते भएका छन् ।
आक्रमण पछाडीको कारण के रहेको अहिले सम्म बाहिर आएको छैन । महेन्द्र सिँह धोनीको चेन्नईको टिमलाई कोरोनाको संक्रमणको त्रास त छदैछ, सँग–सँगै रैनाले छोडेर गएपछि पनि नराम्रो झड्का लागेको छ ।
टियु क्रिकेट मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो जित दर्ता गराएको छ । युगान्डा विरुद्धको शृंखला अन्तर्गत चौथो खेलमा नेपालले १५ रनको जित हात पारेको हो । पाँच खेलको शृंखलामा ३-० ले पछि पर्दै शृंखला गुमाइसकेको नेपालले चौथो खेल जित्दै शृंखला ३-१ को अवस्था पुर्याएको छ भने क्लिन स्विप हुनबाट पनि बचेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ दशमलब पाँच ओभरमा खेल्दै आफ्ना सबै विकेट गुमाएर ९७ रन जोड्न सके पनि युगान्डाले पुरै १८ ओभर खेल्दै आठ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । ढिला गरेर सुरु हुँदा खेल १८ ओभर प्रति टोलीमा घटाइएको थियो ।
युगान्डालाई रोक्ने क्रममा आजको खेलमा नेपालको लागि डेब्यु गरेकी हिरनमयी रोयले सर्वाधिक दुई विकेट हात पारिन् भने अस्मिना कर्माचार्य, रुबिना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित रोयले तीन ओभरमा ११ रन खर्चिन् । त्यस्तै अस्मिनाले दुई ओभरमा ६ रन दिँदा रुबिनाले चार ओभरमा १६ तथा कविताले तीन ओभरमा १७ रन खर्चिन पुगे ।
यस अघि नेपालको लागि विकेट किपर तथा ओपनर ज्योति पाण्डेले १३ बलमा सर्वाधिक १७, बिन्दु रावलले १६ तथा सिता राना मगरले ११ रनको पारी खेले भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।
नेपालका अन्य ब्याटरमा डली भट्ट, कविता कुँवर र अस्मिना कर्माचार्यले समान ६-६ रन जोडे भने, अप्सरी बेगमले चार, सरिता मगरले दुई, रुबिना क्षेत्री र इन्दु वर्माले१-१ रन भन्दा निकाल्न सकेनन् ।
युगान्डाकी जानेटएमबाबाजीले सर्वाधिक २१ रन जोडिन् भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् । यस अघि कोन्सीअवेकोले तीन तथा साराहअकिटेङले दुई विकेट निकाल्दा नेपाल सामान्य योगफलमा नै रोकिएको थियो ।
पूर्व कप्तान विराट कोहलीको अर्धशतक र ग्लेन म्याक्सवेलको आक्रामक पारीको मद्दतमाबेंगलोरलेशीर्ष स्थानको गुजरात टाइटान्स माथि आठ विकेटको सहज जित हात पारेको छ ।
जितसँगै बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेंगलोरले आजको खेलमा जित निकाले पनि उसले प्लेअफमा स्थान भने पक्का गर्न सकेको छैन । बेंगलोर भन्दा एक खेल कम खेलेको दिल्ली क्यापिटल्सले आफ्नो अन्तिम खेलमा हारको सामना गरेको खण्डमा मात्र बेंगलोरले प्लेअफमा स्थान बनाउन सक्ने छ । दिल्लीले आफ्नो अन्तिम खेलमा मुम्बईलाई पराजित गरेको खण्डमा प्लेअफमा पुग्ने छ भने हारको सामना गर्दा बेंगलोरको भाग्य चम्कने छ ।
आजको खेलमा बेंगलोरले जित निकाल्दा पन्जाब किंग्स र सनराइजर्स हैदराबाद एक खेल अगावै प्लेअफको दौडबाट बाहिरिन पुगेका छन् । मुम्बई, चेन्नाई र कोलकाताले यस अघि नै समुह चरण पार गर्न सकेनन् भने गुजरात र लखनउले प्लेअफको टिकट काटिसकेका छन् ।
गुजरातले दिएको १६९ रनको चुनौतिपूर्ण लक्ष्य बेंगलोरले आठ बल अगावै दुई विकेट गुमाएर जित हात पार्यो ।
बेंगलोरको जितमा खेलको प्लेयर अफ द म्याच घोषित विराट कोहलीले रशिद खानको बलमा आउट हुनु अघि ५४ बल खेल्दै आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ४४ तथा अविजित रहेका ग्लेन म्याक्सवेलले १८ बलमा ४० रनको आक्रामक पारी खेले ।
गुजरातका रशिद खानले सर्वाधिक दुई विकेट आफ्नो नाममा दर्ता गराए ।
यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ओभरमा पाँच विकेट गुमाएर १६८ रनको चुनौतिपूर्ण योगफल बनायो ।
सामान्य सुरुवात गरेको गुजरातको लागि अविजित रहेका कप्तान हार्दिक पान्ड्याले सर्वाधिक ६२ रनको पारी खेले । ४७ बलको सामना गरेका पान्ड्याले चार चौका र तीन छक्का प्रहार गरे ।
पान्ड्या बाहेक गुजरातको लागि डेविड मिलरले ३४, विकेट किपर रिद्दिमन साहले ३१ तथा अविजित रहेका रशिद खानले ६ बलमा १९ रनको योगदान दिए । त्यस बाहेक ओपनर शुबमनगिल एक, म्याथ्यु वेड १६ तथा राहुल टेवाटिया दुई रन बनाएर आउट भए ।
बेंगलोरका जश हेजलउडले सर्वाधिक दुई विकेट हात पार्दा ग्लेन म्याक्सवेल र वानिन्दुहसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
मध्यक्रमका ब्याटर रोहित कुमार पौडेल यु१९ टोलीका उपकप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई अमेरिका र स्कटल्याण्ड भ्रमणका लागि उपकप्तानको जिम्मेवारी दिएको जनाएको हो ।
क्यानले रोहितलाई विश्वकप लिग टु अन्तर्गत अमेरिका र स्कटल्याण्डमा आयोजना हुने दुई त्रिकोणात्मक शृंखलाका लागि मात्र उपकप्तानको जिम्मा दिएको हो । नेपालले जुनमा अमेरिका र जुलाईमा स्कटल्याण्डको भ्रमण गर्नेछ ।
क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई बर्खास्त गर्दै सन्दिपलाई कप्तान नियुक्त गर्दा उपकप्तान भने राखेको थिएन । सन्दिपले कप्तानी सम्हाले पछि खाली रहँदै आएको उपकप्तानमा पहिलो पटक नेपाली टोलीले उपकप्तान पाएको छ ।
रोहितले यस अघि यु१९ टोलीको कप्तानको जिम्मेवारी सम्हाली सकेका छन् ।
नेपालको लागि १७ एकदिवसीय र १६ ट्वान्टी ट्वान्टी -अन्तर्राष्ट्रिय खेल खेलेका रोहितले क्रमश ६२३ र २२० रन प्रहार गरेका छन् । रोहितले नेपालमा नै आयोजना भएको पपुवा न्यु गिनी विरुद्धको दुई खेलको शृंखला अन्तर्गत पहिलो एकदिवसीय खेलमा कीर्तिमानी १२६ रन बनाएका थिए । एकदिवसीयमा चार अर्धशतक र एक शतक तथा ट्वान्टी ट्वान्टीमा एक अर्धशतक प्रहार गरेका रोहित नेपालको तर्फबाट एकदिवसीयको एकै पारीमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।