Connect with us

अन्तर्राष्ट्रिय

पप चार महिना मैदान बाहिर रहने 

wesportz

Published

on

इंग्ल्यान्डका मध्यक्रमका ब्याट्सम्यान ओली पप चार महिना मैदान बाहिर रहने भएका छन् । पाकिस्तान विरुद्धको तेश्रो टेस्टको चौथों दिनको खेलका क्रममा काँधमा चोट बोकेका पपको काँध डिस्लोकेट भएको छ ।

चौथों दिनको पहिलो बलमा नै चौका बचाउन डाइभ गर्दा २२ बर्षिय पपलाई चोट लागेको थियो । त्यस लगत्तै उनले मैदान छाडेका थिए ।

गत बुधबार पप एमआरआई स्क्यान गरेका थिए । उनले आफ्नो डिस्लोकेट भएको काँधको शल्यक्रिया नै गर्न पर्ने भएको छ । शाल्यक्रिया पछि चार महिना आराम गर्न पर्ने भएको हो ।

पपको यो चोट एक बर्षमा दोश्रो पटक भएको हो । यस अघि गत सिजन सरेको लागि खेल्दा यस्तै चोट बोके पछि तीन महिना मैदान बाहिर रहेका थिए । उनले चोट बोकेका कारण अस्ट्रेलियासँगको एसेज पनि गुमाउन परेको थियो ।

यो चार महिनाको अवधिमा इंग्ल्यान्डले कुनै पनि टेस्ट नखेल्ने भएका कारण उनले टेस्ट भने गुमाउन पर्ने छैन । तर इंग्ल्यान्डले सन् २०२१ को सुरुवातमा श्रीलंका र भारत विरुद्धको टेस्ट शृंखला सम्ममा पूर्ण फिट भएर मैदानमा फर्कन सक्ने आशा राखिएको छ ।

पाकिस्तान विरुद्धको टेस्ट शृंखलामा पपको प्रदर्शन भने राम्रो रहेन । चार पारीमा उनले मात्र ८१ रन बनाउन सके । पहिलो टेस्टको पहिलो पारीमा ६२ रन बनाएका पपले बाँकी तीन पारीमा दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्तर्राष्ट्रिय

पडिक्कलको पहिलो आईपीएल शतकमा बेंगलोरको लगातार चौथों जित

wesportz

Published

on

देवदत्त पडिक्कलले शतकीय तथा कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले पछि १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार चौथों जित दर्ता गराएको छ । चार खेलमा चार जित दर्ता गराउने क्रममा बेंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो ।

१७८ रनको चुनौतिपूर्ण लक्ष्य पक्ष्याएको बेंगलोरले बिना विकेटको नोक्सानीमा २१ बल अगावै लक्ष्य पार गर्यो ।

बेंगलोरको जितमा पडिक्कलले अविजित रहँदै सर्वाधिक १०१ रन बनाए भने कप्तान कोहलीले पनि अविजित ७२ रनको पारी खेले । ५२ बलको सामना गरेका पडिक्कलले ११ चौका र छ छक्का प्रहार गरे भने ४७ बल खेलेका कोहली छ चौका र तीन छक्का प्रहार गरे ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले नौं विकेटको नोक्सानीमा १७७ रन बनायो ।

ओपनरद्वय जस बटलर आठ तथा मनन बोहरा सात र डेभिड मिल्लर शुन्य रनमा आउट भए पनि शिवम दुबेले ४६ तथा राहुल टेवाटियाले २३ बलमा ४० रन बनाए पछि राजस्थानले राम्रो योगफल बनाउन सकेको हो । राजस्थानका लागि रियान परागले २५, कप्तान सन्जु सामसनले २१ तथा क्रिस मोरिसले १० रनको योगदान दिए ।

बेंगलोरका हर्षल पटेल र मोहम्मद सिराजले समान ३-३ विकेट आफ्नो नाममा दर्ता गराए ।

 

Continue Reading

Headline

रोनाल्डो फर्कदा युभेन्टसको जित, इन्टर बराबरीले पनि मजबुत

wesportz

Published

on

निकटतम प्रतिद्वन्दी एसि मिलान सासुलोसँग घरमै २–१ ले पराजित भएपछि इटालियन सिरी आ लिडर इन्टर मिलानले स्पेजियासँग १–१ गोलको बराबरीका बावजुद शिर्ष स्थानमा १० अंकको अग्रता कायम गरेको छ ।

युरोपियन सुपर लिगले बिश्व फुटबलमा खैलाबैला मच्चाएको दिन युभेन्टस भने पार्मालाई ३–१ ले पराजित गर्दै मिलानसँग एक अंकको दुरीमा रहदै तेश्रो स्थानमा उक्लन सफल भएको छ । शिर्ष तीन स्थानमा रहेका इटालियन क्लबहरु युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिन बाध्य गरिएका थिए ।

“खेलाडीको रुपमा हाम्रो दिमागमा खेल मात्र थियो । इमान्दारीपुर्वक भन्ने हो भने हाम्रो लागि केही परिवर्तन भएको छैन । हाम्रो लागि आज पाएको तीन अंक महत्वपूर्ण छ,” पार्माबिरुद्ध दुई गोल गरेका युभेन्टस डिफेण्डर एलेक्स सान्द्रोले भने ।

एन्टोनियो कोन्टेको इन्टरका लागि भने यो लगातार दोश्रो बराबरी हो । उसले नापोलीसँग पनि गत साता बराबरी खेलेको थिए । दुई खेलमा चार अंक गुमाएको इन्टरलाई एसि मिलानको अप्रत्यासित हारले भने फाइदा पुगेको हो, र युभेन्टसलाई पनि ।

यसअघिको खेलमा पोर्चुगिज सुपरस्टार रोनाल्डो नहुँदा युभेन्टस पराजित भएको थियो । तर बुधबार उनको आगमनसँगै आन्द्रे पिर्लोले महत्वपूर्ण जित हात पारेको हो । युभेन्टसले यो सिजन व्यहोरेको पाँच मध्ये तीन हारमा रोनाल्डो अनुपस्थित रहेका थिए ।

सान सिरोमा १२ औं मिनेटमै डिएगो फारियासले गोल गर्दै स्पेजियाले इन्टरलाई स्तब्ध पारेको थियो । इभान पेरिसिचले ३९ औं मिनेटमा असरफ हकिमीको पासमा गोल गर्दै इन्टरको हार टारेका थिए । पेरिसिच इन्टरका लागि २ सयौं खेल खेलिरहेका थिए ।

यो सिजन उपाधि हातबाट लगभग फुस्किसकेको अवस्थामा युभेन्टसका लागि अब च्याम्पियन्स लिगमा छनोट हुने अवसर फर्किएको छ । शिर्ष तीन टोलीको ६ खेलमात्रै बाकी रहेको स्थितिमा इन्टर ७६ अंकका साथ १० बर्षमा पहिलो उपाधि नजिक रहेको छ ।

एसि मिलानको ६६ र युभेन्टसको ६५ अंक छ । बिहिबारको खेलमा एटलान्टाले एएस रोमालाई पराजित गर्न सकेको खण्डमा उ दोश्रो स्थानमा उक्लनेछ भने युभेन्टस पुन चौथोमा धकेलिने छ ।

Continue Reading

Headline

जर्मन बुन्डेसलिगाः रेलिगेसन सहन नसकेपछि साल्के खेलाडीहरुमाथि आक्रमण, अण्डा प्रहार

wesportz

Published

on

आफ्नो टिम बुन्डेसलिगबाट दोश्रो श्रेणीमा रेलिगेट भएपछि साल्के समर्थकहरुले रिस थाम्न सकिरहेका छैनन् । मङ्गलवार आर्मिनिया बिलेफिल्डसँग १–० ले पराजित भएपछि साल्के ३० बर्षमा पहिलो पटक रेलिगेसनमा परेको थियो ।

२०११ को च्याम्पियन्स लिग सेमिफाइनल र २०१९ मा प्रि–क्वार्टरफाइनल समेत खेलेको साल्के जर्मनीको माथिल्लो श्रेणीबाट चौथो पटक झरेको हो । साल्केको रेलिगेसन समर्थकहरुलाई पनि पचेन । आर्मिनीयाबाट घरेलु मैदान भेल्ट्निस अरिना फर्कदा साल्केका खेलाडीहरुमाथि रिसले आक्रमण नै गरेका छन् ।

५ सय देखि ६ सय जना साल्के समर्थकहरु आफ्नो क्लबका खेलाडीहरुको आगमन पर्खिरहेका थिए । उनीहरु बसबाट ओर्लिने बित्तिकै समर्थकहरुले अपशब्द प्रयोग गर्दै खेलाडीहरुमाथि अण्ड बर्षाएका थिए, प्रहरीले भनेको छ ।

केही समयपछि स्थानीय अधिकारीहरुले स्थिति नियन्त्रणमा लिदै थप दुर्घट्ना हुनबाट जोगाएका थिए । साल्केले पनि छोटो समयका लागि समर्थकहरुले टिममाथि आक्रमण गरेको पुष्टि गरेको छ । बुधबार अर्को एउटा भिडियोमा समर्थकहरुले खेलाडीलाई लखेटेको सार्वजनिक भएपनि त्यसको आधिकारिकता पुष्टि हुन सकेको छैन ।

२०१०–११ को सिजनमा साल्केले जर्मन कप पनि जितेको थियो । तर एक दशकपछि साल्केले बुन्डेसलिगामा ३० मध्ये मात्र दुई खेल जितेको छ । यो सिजन मात्रै उसले पाँच प्रशिक्षक परिवर्तन गरेको थियो ।

साल्के दोश्रो डिभिजनमा झर्दा उसको थाप्लोमा २ सय ६१ मिलियन डलरको ऋण रहनेछ । उसले गत सिजन कोरोना भाइरसका कारण आफूलाई ५२ मिलियन युरोको घाटा भएको सार्वजनिक गरेको थियो ।

Continue Reading
अन्तर्राष्ट्रिय8 hours ago

पडिक्कलको पहिलो आईपीएल शतकमा बेंगलोरको लगातार चौथों जित

Headline15 hours ago

नेपालद्वारा मलेसिया ६९ रनको बिशाल अन्तरले पराजित

Headline17 hours ago

करण केसीले १३ बलमै ४५ रन ठोकेपछि नेपालको मलेसियाबिरुद्ध बिशाल योगफल

Headline18 hours ago

दिपेन्द्र, कुशल र आसिफलाई माइ सेकेण्ड टिचरको साथ

Headline19 hours ago

कमल सिँह ऐरिले पाए नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युको मौका

Headline20 hours ago

रोनाल्डो फर्कदा युभेन्टसको जित, इन्टर बराबरीले पनि मजबुत

Headline22 hours ago

नेपाल मलेसिया भिड्दै गर्दा सन्दिपको १ सयौं टि ट्वान्टी, कुशल अर्को किर्तिमान नजिक

Headline23 hours ago

जर्मन बुन्डेसलिगाः रेलिगेसन सहन नसकेपछि साल्के खेलाडीहरुमाथि आक्रमण, अण्डा प्रहार

Headline23 hours ago

अर्को जितपछि ग्वार्डियोलाले भने सुपर लिग एउटा समाप्त अध्याय

Headline1 day ago

रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा

Headline4 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline7 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline12 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline7 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline8 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline11 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline6 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline6 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline10 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline8 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending

error: Content is protected !!