Connect with us

Headline

मात्र ७ मिलियनमा ज्लाटन एसि मिलान मै रहदै

wesportz

Published

on

स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच अर्को एक सिजनका लागि एसि मिलानमा पुन अनुबन्ध भएका छन् । ज्लाटनले गरेको नयाँ सम्झौता ७ मिलियन युरोको रहेको र उनले बोनस पनि नलिने इटालिका सञ्चार माध्यमहरुले जनाएका छन् ।

अक्टोबरमा ३९ बर्ष पुग्ने ज्लाटनले समाजिक सञ्चालमा एसि मिलानको जर्सीमा आफ्नो तस्विर राख्दै लेखेका छन्ः मैले भन्दै थिए, म वार्म अप मात्र गर्दैछू भने । निकै आरामका साथ बसिरहेको अर्को फोटो राख्दै उनले लेखेका छन्ः आधि अघिको शान्ति ।

२०१० अगष्ट २९ मा पहिलो पटक एसि मिलान आएका इब्राहिमोभिच एलए ग्यालेक्सीमा दुई सिजन बिताउदै पुन ६ महिने सम्झौतामा मिलान फर्किएका थिए । ३ दशमलव ५ युरो लिएका इब्राहिमोभिचले अर्को एक सिजनका लागि त्यसको दोब्बर रकममा क्लबमै बस्न सहमत भएका हुन् ।

पुर्व म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्माइन र बार्सिलोना फर्वार्डले आफ्नो पुरानो क्लबको लागि उल्लेखनीय प्रदर्शन गर्दै २० खेलमा ११ गोल गरेका थिए । इब्राले कम खेल खेलेपछि यो सिजन क्लबको लागि निकै राम्रो गरेका थिए । उनले यसलाई निरन्तरता दिउन भन्नको लागि हामीले सके जति गरेका छौं, मिलानका सिइओ इभान गाजिडिसले यो साता भनेका थिए ।

ज्लाटनको आगमनपछि सात पटकको च्याम्पियन्स लिग बिजेता मिलान ११ औं स्थानबाट छैटौं स्थानमा उक्लिएको थियो । एसि मिलानले २०११ मा इटालियन सिरी आको अन्तिम उपाधि जित्दा उनी टिममै रहेका थिए । इटालिमा निकै उत्कृष्ट प्रदर्शन देखाएका इब्राहिमोभिचले इन्टर मिलानका लागि तीन र युभेन्टसका लागि दुई घरेलु उपाधि जितेका थिए ।

म्याच फिक्सिङ्ग मुद्दामा मुछिएछि युभेन्टसको दुवै उपाधि भने खोसिएको थियो । इटालियन घरेलु फुटबलको नयाँ सिजन सेप्टेम्बर १९ देखि शुरु हुनेछ ।

Headline

पिएसजी विरुद्धको दोस्रो लेग गुमाउदै पिके

wesportz

Published

on

दाँया घुँडामा गम्भिर चोट देखिए पछि बार्सिलोनाका मुख्य डिफेन्डर जेराड पिकेले च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्माइन विरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।

उनले पिएसजी विरुद्धको खेल सँगै ला लिगा अन्तर्गतको ओसुवना र हुएस्का विरुद्धको खेल समेत गुमाउने छन् । पिके नोभेम्बर देखी त्यही घुँडामा चोट लागेको थियो । त्यही कारण लामो समय मैदान बहिर बसेका उनी यही महिना मात्रै मैदान फर्किएका थिए ।

मङ्लबारमत्रै सेभिया माथी कोपा डेल रेमा बार्सिलोनाले पुनरागमन जित निकाल्दा नायक बनएका पिकेको त्यही खेलमा चोट बल्झिएको थियो ।

चोट बल्झिएसँगै उनी करिब तीन हप्ता मैदान बहिर रहने पनि बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले आउँदै गरेको मार्च ११ मा पिएसजीसँग च्याम्पियन्स लिगको दोस्रो लेग खेल्दै छ । पहिलो लेगमा किलियन एम्बापेको ह्याट्रिक र मोएस किएनले एक गोल खाँदै ४-१ ले पराजित भएको बार्सिलोनालाई यो खेल निकै महत्वपूर्ण छ ।

Continue Reading

Headline

सान्चेजको दुई गोलमा इन्टरलाई ६ अंकको स्पष्ट अग्रता

wesportz

Published

on

एलेक्सिस सान्चेजले दुवै गोल गरेपछि इन्टर मिलानले इटालियन सिरी आ मा ६ अंकको स्पष्ट अग्रता लिएको छ । इन्तरले बिहिबार भएको खेलमा पार्मालाई २–१ ले पराजित गर्यो ।

जितपछि इन्टरले शहरी प्रतिद्वन्दी एसि मिलानबिरुद्ध ६ अंकको अग्रता लिएको छ भने डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसभन्दा १० अंकले अघि रहेको छ । तेश्रो स्थानमा रहेको युभेन्टसले एक खेल कम खेलेको छ ।

पहिलो हाफका कुनै गोल हुन नसकेपछि ५४ औं मिनेटमा सान्चेजले लुज बललाई गोलमा परिणत गरेका थिए । ८ मिनेटपछि नै रोमेलु लुकाकुको असिस्टमा साञ्चेजले आफ्नो दोश्रो गोल गरे ।

एजेभेदो जुनियर हर्नानीले ७१ औं मिनेटमा पार्माको लागि गोल फर्काए तर इन्टरले अन्तिम मिनेटसम्म आफ्नो अग्रतालाई कायमै राख्यो । इन्टर ११ बर्षपछि पहिलो पटक सिरी आ को उपाधि जित्ने दाउमा रहेको छ ।

नोभम्बर यता एक खेल पनि जित्न नसकेको पार्मा भने रेलिगेसन जोनभन्दा ६ अंकले पछाडी रहेको छ ।

Continue Reading

Headline

लिभरपुलको क्लब इतिहासमै घरेलु मैदानमा खराब प्रदर्शन

wesportz

Published

on

क्लब इतिहासमै पहिलो पटक लगातार पाच खेलमा पराजय व्यहोरेपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपले ठूलो झड्का लागेको स्विकार गरेका छन् ।

मेसन माउन्टले पहिलो हाफको इन्जुरी समयमा शान्दार गोल गरेपछि लिभरपुल बिहिबार राति चेल्सीसँग १–० ले पराजित भयो । गत बर्ष निकै सशक्त रुपमा ३० बर्षयता पहिलो उपाधि जितेको लिभरपुल प्रमुख खेलाडीहरु चोटग्रस्त बन्दा यो सिजन भने शिर्ष चार स्थानमै प्रवेश गर्नका लागि पनि अब ठूलै कसरत गर्नु पर्ने स्थितिमा पुगेको छ ।

११ खेल बाकी रहेको अवस्थामा सातौं स्थानको लिभरपुल चौथो स्थानको चेल्सीसँग चार अंकको दुरीमा रहेको छ । तर यो सिजन निकै खराब गएको क्लोपको टोलीका लागि त्यो चार अंक कमाउन पनि कसरत गर्नु पर्ने देखिन्छ । पछिल्लो ६ खेलमा पाँच पराजयपछि क्लोपले च्याम्पियन्स लिगको छनोटको प्रतिस्पर्धामा रहेको प्रतिद्वन्दीसँग पराजित हुँदा नराम्रो झड्का लागेको स्विकारेका छन् ।

“यो एन्फिल्ड अथवा अरु केही कुरा होइन । सामान्य रुपमै निरन्तर हार्दा नराम्रो अनुभव भएको छ । निर्णायक क्षणहरुमा हामीले सुधारिनु आवश्यक रहेको छ,” क्लोपले भने ।

बिहिबार नै वेष्टब्रोमलाई १–० ले पराजित गरेपछि एभर्टन पाचौं स्थानमा उक्लियो । उसका लागि एक पटक फेरि रिचार्लिसनले गोल गरेका थिए ।

शिर्ष चार टोलीभन्दा एक खेल कम खेलेको अवस्थामा एमर्टनले अब एक खेल जिते चेल्सीलाई पछि पार्दै चौथोमा उक्लनेछ भने दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग दुई र तेश्रो स्थानको लेस्टर सिटीसँग एक अंकले दुरी छोट्याउनेछ ।

अर्को खेलमा टोटेन्ह्याम हट्स्परले फुलह्यामलाई १–० ले पराजित गर्यो । स्पर्स ४२ अंकका साथ आठौं स्थानमा रहेको छ । छैटौं स्थानको वेष्टह्यामको ४५ र लिभरपुलको ४३ अंक छ ।

Continue Reading
Headline44 mins ago

पिएसजी विरुद्धको दोस्रो लेग गुमाउदै पिके

Headline3 hours ago

सान्चेजको दुई गोलमा इन्टरलाई ६ अंकको स्पष्ट अग्रता

Headline6 hours ago

लिभरपुलको क्लब इतिहासमै घरेलु मैदानमा खराब प्रदर्शन

Headline15 hours ago

डि कक दक्षिण अफ्रिकाको कप्तानबाट निलम्बित, बवुमा र एल्गर नयाँ कप्तान

लेख17 hours ago

आरबीबी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिता चैत १९ गतेदेखि

Headline17 hours ago

ह्वाइट हाउस, सिसिआरसी थ्रि बाइ थ्रि बास्केटबलको क्वार्टर–फाइनलमा

Headline19 hours ago

सबैले बिर्सिएको युरोपियन सिजनमा म्याराडोनाले चलाएको पोस कार लिलामीमा

Headline20 hours ago

भारतीय बलर हाबी हुँदा इंग्ल्यान्डको खराब ब्याटिङ

Headline20 hours ago

बि डिभिजन: श्री कुमारी र आरसिटीको बराबरी

Headline23 hours ago

बि डिभिजन: झम्शीखेललाई पराजित गर्दा श्री भगवतीलाई राहत

Headline3 months ago

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Headline6 months ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline10 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline6 months ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline6 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline9 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline5 months ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Headline8 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline7 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Trending