अस्ट्रेलियन क्रिकेट टोलीले इंग्ल्यान्डको भ्रमण गर्ने भएको छ । अस्ट्रेलियाको सरकारले इंग्ल्यान्ड भ्रमणका लागि स्विकृति दिए पछि भ्रमण हुने पक्का भएको हो ।
यस अघि जुलाईमा हुने भनिएको अस्ट्रेलिया भ्रमण कोरोनाका कारण रद्द भएको थियो । अस्ट्रेलियाले इंग्ल्यान्ड भ्रमणका क्रममा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने छ । अस्ट्रेलिया र इंग्ल्यान्ड बीचको ट्वान्टी ट्वान्टी खेल सेप्टेम्बर चार, छ र आठ तारिखमा तथा एकदिवसीय खेल ११, १३ र १६ तारिखमा हुनेछ ।
अस्ट्रेलियाको टोली अगस्ट २३ तारिखमा पर्थबाट इंग्ल्यान्डको डर्बीका लागि उड्ने छ । त्यहाँ उसले तीन ट्वान्टी ट्वान्टी र एक एकदिवसीय गरेर कुल चार अभ्यास खेल खेल्ने छ ।
अस्ट्रेलियाले इंग्ल्यान्ड भ्रमण सक्काएर आफ्नो देश फर्किए पछि क्वारेन्टाइनमा बिताउन पर्ने अस्ट्रेलियाको सरकारले सर्त अघि सारेको छ ।
त्यस्तै अस्ट्रेलियाले इंग्ल्यान्ड भ्रमणका लागि २१ सदस्यिय टोलीको नाम पनि सार्वजनिक गरेको छ । अस्ट्रेलियन टोलीमा ग्लेन म्याक्सवेल, न्याथन लायन र मार्कस स्टिनिसले टोलीमा स्थान बनाएका छन् भने उस्मान खवाजा र ट्राभिस हेड पनि टोलीमा पर्न सकेनन् ।
अस्ट्रेलियाको टोली : आरोन फ़िञ्च (कप्तान), सिन एबोट, एस्टन अगर, एलेक्स क्यारी, प्याट कमिन्स, जस ह्याजलउड, मार्नस लाबुसंग, न्याथन लायोन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, रिले मेरेडिथ, जोस फिलिप्पे, ड्यानियल स्याम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टिनिस, एन्ड्रयु टाइ, म्याथ्यु वेड, डेभिड वार्नर, एडम जाम्पा