Connect with us

राष्ट्रिय

मिर्गौला खराब भएका क्रिकेटर कुन्दनलाई कोरोना संक्रमण

wesportz

Published

on

जनकपुर क्षेत्रीय अस्पतालमा उपचाररत कुन्दन अहिले धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सिफ्ट गरिएको छ । सिँह अहिले आइसोलेसनमा रहेको उनको उपचारका लागि कोष खडा गरिरहेका अभियानकर्ता बिज्ञान कार्कीले बताए ।

कुन्दनलाई मिर्गौला प्रत्यारोपणको आवश्यकता रहेको छ । ओपनिङ्ग ब्याट्स्म्यान रहेका कुन्दन २०१८ को प्रधानमन्त्री कपमा जनकपुरको टोलीबाट सहभागिता जनाएका थिए ।

उनको मिर्गौला प्रत्यारोपणको लागि बिभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । कार्कीका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

wesportz

Published

on

स्टार फरवार्ड बिमल घर्ती मगर बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली बाहिर रहने भएका छन् ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । तर आज मात्र उक्त दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्ति पाएका बालगोपाल महर्जनले बिमललाई समावेश नगर्ने जनाएका छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

विस्पोर्ट्जसँगको टेलिफोन कुराकानीमा बालगोपालले बिहिबारबाट सुरु हुने प्रशिक्षणमा यस अघि विश्वकप र एसिया कप छनोटका लागि बोलाइएको खेलाडीलाई नै निरन्तरता दिने जनाए । उनले आफुले पछिल्लो समय खेलाडीहरुको खेल राम्रोसँग नियाल्न नपाएका कारण पनि नयाँ खेलाडीलाई टोलीमा स्थान दिन आफुलाई गार्हो पर्ने जनाए ।

बिमलको खेल बारेमा आफुलाई राम्रो ज्ञान भएपनि उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा स्थान नदिने स्पस्ट पारे । “बिमल एन्फा एकेडेमीमा हुँदा मैले नै प्रशिक्षण दिएको हो । बिमल के कस्ता खेलाडी हुन् मलाई राम्रोसँग थाहा छ । तर यस पटकको मैत्रीपूर्ण खेलमा उनले स्थान पाउने छैनन्,” उनले भने ।

बिमल विश्वकप छनोट अन्तर्गत कुवेतबिरुद्ध भुटानमा आयोजना भएको खेलका लागि जाने अघिल्लो दिन काठमाडौँको नाइट क्लबमा अबेरसम्म बसेका कारण उनी सहित अन्य दुई खेलाडीलाई एन्फाको अनुशासन समितीले भारी प्रतिबन्ध लगाएका थिए ।

बिमल सहित अन्य दुई खेलाडी अन्जन बिष्ट र दिनेश राजबशीं पनि त्यो समय राष्ट्रिय टोलीबाट निकालिएका थिए तर अन्जनले भने ए डिभिजन लिग र आहा रारा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरे पछि राष्ट्रिय टोलीको क्याम्पमा पुन: स्थान बनाएका थिए ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि मुख्य खेलाडी मनिएका यी तीन खेलाडीहरुलाई निलम्बित गरे पछी त्यस बेलाका प्रशिक्षक नै रहेका बाल गोपाल महर्जनले तीन नयाँ अनुहार राष्ट्रिय टिममा भित्र्याएका थिए । बिमलको स्थानमा प्रशिक्षक महर्जनले फ्रेन्ड्स क्लबका प्रिजेन तमाङलाई मौका दिएका थिए ।

बिमलले निलम्बन फुकुवा पछि ए डिभिजनमा मच्छिन्द्र क्लबबाट एक खेलमात्र खेलेका थिए भने त्यसपछि फ्याटफुट्ट मोफसलका प्रतियोगितामा देखिएका थिए । कुनै समय नेपाली फुटबलमा ‘हट पिक’ मा रहने बिमल अहिले अचानक यसरी हराउन पुग्दा उनले राष्ट्रिय टोलीमा कमब्याक गर्न नसक्नु निकै दुखद कुरा हो ।

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक तोकिएका बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

Continue Reading

राष्ट्रिय

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल प्रशिक्षक नियुक्त 

wesportz

Published

on

नेपालले बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ ।

बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

Continue Reading

Headline

बास्केटबल संघ र क्लबबाट आर्थिक मात्र हैन मानसिक सहयोग पनि पाइन : सबिता खड्का (भिडियो सहित)

wesportz

Published

on

बास्केटबल खेलाडी सबिता खड्काले आफु घाइते हुँदा नेपाल बास्केटबल संघ तथा उनको क्लब प्राइम कलेजबाट आर्थिक सहयोगको साथ साथै मानसिक सहयोग पनि पाउन नसकेको जनाएकी छिन् । सबिताले पहिलो पटक आफ्नो समस्या मिडियामा बाहिर ल्याउदा नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष होम डोँगले उनलाई सक्दो सहयोग गर्ने आश्वासन दिएको बताएकी थिइन् । तर उनले अझै पनि कुनै किसिमको सहयोग भने पाएकी छैनन् ।

२०१७ अगष्टमा नेपाल बास्केटबल संघले आयोजना गरेको थ्रि बाई थ्रि प्रेसिडेन्ट कप राष्ट्रिय बास्केटबल प्रतियोगिताका क्रममा घाइते भएकी सबिता अहिले ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरमा नियमित फिजियोथेरापी गराउँदै आएकी छिन् ।

के भएको थियो ?

त्रिपुरेश्वरको कभर्ड हलमा थ्रि बाई थ्रि राष्ट्रियमा साइपालबिरुद्ध खेल चलिरहदा सबितालाई घुडामा नराम्रो चोट लाग्न पुग्यो । प्राइम टोलीले एक्स रे गरिदिएपछि डक्टरले उनलाई दुई–तीन दिनको आरामपछि ठिक हुन्छ भनेर घर पठाइदिए । तर एक महिना बितिसक्दा पनि दुखाई कम नभएपछि उनले प्राइमका व्यवस्थापक सन्तोष ताम्राकारको माध्यमबाट ब्लु क्रस हस्पिटलका अर्थोपेडिक सर्जन निरज श्रेष्ठलाई एमआरआई गरेर देखाइन् ।

एमआरआई गर्दा उनको एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यात्तिएको देखिएको थियो । डक्टर श्रेष्ठले उनको सर्जरी नगरेर फिजियोथेरपीले नै ठिक हुन्छ भनेपछि उनी त्यही अनुसार काम गर्दै गइन् । घुँडाको मुख्य लिगामेन्ट, एन्टेरियर क्रुसिएट, च्यात्तिने समस्या खेलाडीहरुमा सबैभन्दा बढी हुने गर्छ । यो ‘स्पोर्टस इन्जुरी’ नै हो । यसको चोटबाट फर्किन निकै लामो समय लाग्छ भने कतिपय खेलाडीहरुको करिअर पनि सक्किने गरेको छ ।

“म त्यो समय जम्मा १७ बर्षको थिए र मलाई यो चोटको बारेमा केही जानकारी नै थिएन । मैले डक्टरले जस्तो भने त्यही गर्दै गए,” सबिता सम्झन्छिन् । “एक बर्ष फिजियोथेरपीका लागि घर–डक्टर गर्दै बित्यो । ठीक नभएपछि डक्टर निरजले ओम हस्पिटलमा सर्जरी गर्नुभयो तर उहाले एसिएलको नभएर मेनिस्कस (घुडा र तिघ्राको हड्डीलाई सन्तुलन गर्ने भाग) सर्जरी गरिदिनु भएछ जुन मैले धेरै पछि मात्र थाहा पाए । डक्टरले एसिएल पूर्ण रुपमा च्यात्तिएको छैन, अहिले मेनिस्कस गरेर ६ महिनापछि एसिएलको सर्जरी गर्ने भन्नुभएको थियो।”

झड्का त तब लाग्यो जब उनले आफ्नो घुँडाको साचो स्थितिबारे थाहा पाइन् । “ग्वार्कोको अर्थोप्लास्ट रिह्याबिलिटेसनमा फिजियोथेरपी गर्दा मैले अर्का अर्थोपेडिक डक्टर राजिब राज मानन्धरलाई भेटे । डक्टर राजिवले मेरो पुरानो र अहिलेको घुँडाको एमएरआई तुलना गर्दा एसिएल नै नरहेको र घुँडापनि स्थिर नरहेको बताउनुभयो । यो सुनेर मलाई एकदम डर लागेको थियोे,” सबिताले खुलाइन् ।

यसै त डक्टरको लापरवाहीका कारण भोग्दै आएको पिडा, त्यसमाथि टिमले वास्ता नगरिदिदा सबितालाई घाउमा नुन छरे जस्तो हुन थाल्यो ।

बास्केटबलमा चोट बोकेपछि कसैले वास्ता नगरिदिदा करिअर नै छोड्नु परेको सबिता एक मात्र खेलाडी होइनन् । यसअघि महिला राष्ट्रिय टोलीबाट खेलिसकेकी समिक्षा न्यौपाने पनि २०१४ मा बोकेको एसिएल चोटकै कारण खेल छोड्न बाध्य भइन् । समिक्षालाई न उनको क्लबले हेर्यो न संघले नै । सरकारी स्तरमा पहुच पुर्याएर आफ्नो समस्या राख्नु खेलाडीको लागि धेरै टाढाको कुरा हो ।

पुरष बास्केटबल टिमकै खेलाडी सञ्जय ब्यञ्जनकार (जुनियर) ले पनि यहि चोटका कारण हतोत्साहित भएपछि क्षण भरमै आफूले सन्यास लिएको घोषणा नै गरिदिए । सञ्जय अहिले अमेरिकामा बस्ने गर्छन् । अर्का बास्केटबल खेलाडी केतन खड्काको यही चोटमा त्रिभुवन आर्मी क्लबले शल्यकृया गरिदिएको थियो।

यो स्थिति बास्केटबलमा मात्र सिमित भने छैन । नेपालमै सन् २०१७ मा भएको एएफसी अण्डर–१६ च्याम्पियनसिप खेलिसकेका ब्रिजेश चौधरी हल्चोकमा प्यालेस्टाइनबिरुद्ध खेल्दा घाइते भए । एसिएल इन्जुरी नै बोेकेका ब्रिजेशलाई एन्फाले त्यो समय २५ हजार रुपैया थमाइदियो । राष्ट्रिय खेलकुद परिषदबाट एक लाख पाएका ब्रिजेशलाई ठीक भएर खेलमा फर्किनका लागि चार लाख रुपैया भन्दा बढी खर्च गर्नुपरेको थियो ।

Continue Reading
Headline3 hours ago

च्याम्पियन्स लिग: रियल म्याड्रिडको संघर्षपूर्ण बराबरी,बायर्नको बिजयी यात्रा कायमै

Headline5 hours ago

एसी मिलान बराबरीमा रोकिदा इब्राहिमोभिचको दुई गोल

IPL 20207 hours ago

दिल्लीको लज्जास्पद हार

IPL 20209 hours ago

रिद्दीमन शाह र डेभिड वार्नरको तुफानी पारीमा दिल्लीलाई २२० रनको विशाल लक्ष्य  

IPL 202011 hours ago

हैदराबाद पहिले ब्याटिङमा, सन्दिप लगातार १२ औं खेलमा पनि बेञ्चमा नै

Headline12 hours ago

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

IPL 202013 hours ago

प्लेअफको लक्ष्य सहित दिल्ली हैदराबादसँग भिड्दै 

Headline14 hours ago

च्याम्पियन्स लिगमा आजः रियलको दोस्रो खेल, सिटी र मार्से भिड्दै

राष्ट्रिय16 hours ago

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि बालगोपाल प्रशिक्षक नियुक्त 

Headline19 hours ago

‘यो सिजन हामी केही खास गर्न सक्छौँ’

Headline1 month ago

धेरै ऋणको भारी बोकेका पाँच युरोपेली क्लबहरु

Headline6 months ago

ब्राजिलले पाएको अहिलेसम्मकै उत्कृष्ट १० फुटबलर

Headline1 month ago

सात महादेशका सात उत्कृष्ट खेलाडीहरु

Headline2 months ago

सिटीको यस्तो आकर्षक प्रस्ताव जसलाई मेस्सीले नाई भन्नै सक्दैनन्

Headline5 months ago

ट्रान्सफर मार्फत सर्वाधिक कमाउने ५ खेलाडी

Headline2 weeks ago

कुनै समयका महँगा ब्राजिलियन स्टारको तलब अहिले महिनाको २ सय ५० डलर

Headline4 months ago

हाम्रो सम्पर्कमा आउनुअघि नै नेपाली फुटबल भ्रष्ट भइसकेको थियोः कुख्यात म्याच फिक्सर

Headline2 months ago

एक युगको अन्त्य हुँदा बार्सामा क्रान्ति एक मात्र बिकल्प

Headline3 months ago

आर्सनलको दुर्गतिः न च्याम्पियन्स लिग, न युरोपा लिग

Headline5 months ago

बिपरित ध्रुवका बार्सिलोना र रियल म्याड्रिड अहिले एकै सिक्काका दुई पाटा

Trending