Headline
शेन वार्नको यस्तो संघर्ष जुन धेरैलाई थाहा छैन
Published
4 years agoon
By
wesportz४ जुन, १९९३ लर्ड्समा अष्ट्रेलिया र इङ्गल्याण्डबीचको खेलमा बिश्वका लागि अपरिचित युवा लेग स्पिनर शेर्न वार्नले क्रिकेट इतिहासको शताब्दीकै उत्कृष्ट बल डेलिभर गरे ।
बर्षात्का कारण ओसिलो भएको पिचमा कतै–कतै मसिनो धाजा फाटेको थियो । वार्न इङ्गलिस भुमिमा आफ्नो पहिलो बलका लागि तयार भए । ओभर दि विकेट बलिङ्ग गर्दै लेग स्टम्पको धेरै बाहिर ड्रप गराएको उनको बलले दिशा बदल्दै ग्याटिङ्गको अफ स्टम्पको टुप्पोमा लाग्यो ।
ग्याटिङ्ग स्तब्ध भए, त्यो बललाई बुझ्नु अघि नै उनी बोल्ड भइसकेका थिए । यो बल दर्शनीय थियो, ‘बल अफ द सेन्चुरी’ नै भनिने गरि ।
सबै चकित परे । यसरी बल घुमेको कसैले देखेकै थिएनन् ।
मात्र एक बलले वार्न क्रिकेट वृत्तमा प्रत्येक घरमा स्थापित भए ।
तर दुई वर्ष अघि त्यहि बल अफ द सेन्चुरी फाल्ने युवा वार्न इङ्गल्याण्डको क्लब क्रिकेटमा संघर्ष गरिरहेका थिए । उनलाई लंकाशायर लिगको इङ्गलिस क्रिकेट क्लब एक्रिङ्गटनले अपेक्षा गरिए अनुरुप राम्रो मानेन ।
वार्न एक्रिङ्गटनमा कहिले पनि पहिलो ११ मा परेनन् । अर्का व्यवसायिक खेलाडीले अन्तिम मिनेटमा आफ्नो नाम फिर्ता लिएपछि मात्र एक्रिङ्गटनले वार्नलाई आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।
“एक व्यवसायिक खेलाडीले अन्तिममा आफ्नो नाम फिर्ता लिए र पहिलो खेल हुनु भन्दा अगाडी हामीले टोलीमा एक खेलाडी दर्ता नगराए लंकाशायर लिगले हामीलाई जरिवाना गराउन सक्थ्यो । त्यही कारण हामीले वार्नलाई अन्तिममा अनुबन्ध गरेका थियौ,” त्यो समयका एक्रिङ्गटनका कप्तान एन्डि बार्कर सम्झन्छन् ।
इन्टरनेटको खासै प्रयोग नहुने समय भएकाले वार्न लंकाशायरमा खेल्न जाने कुरा कमैलाई थाहा थियो । इङ्गल्याण्ड झर्ने बित्तिकै धेरै खेलाडीहरुले वार्न क्रिकेट पिच भन्दा सर्फिङमा रमाउने खेलाडी सोच्थे । “बियर मन पराउने वार्नलाई यहाँ राम्रो स्वागत भएको थियो । उनी सानो बच्चा जस्ता थिए,” बार्करले भने ।
तर एक्रिङ्गटनबाट खेल्नु वार्नले सोचेको जस्तो सहज भने थिएन ।
लंकाशायर पुर्वी इङ्गल्याण्डको सबै भन्दा पुरानो कपास कारखाना भएको शहर थियो । त्यहा निकै बर्षा हुन्थ्यो । वार्नले पहिलो दिनमै मौसमका कारण संघर्ष गर्नुपर्यो । विकेटहरू धेरै ओसिलो थियो र चिसो पनि, १९९१ मा एक्रिङ्गटनबाट ओपनिङ ब्याटिङ गरेका निक मार्श भन्छन् ।
उनको अष्ट्रेलियामा स्टम्प टु स्टम्प बलिङ्ग गर्ने बानी थियो । त्यहाको विकेट अत्यन्तै कडा र फ्ल्याट हुने गर्छ । तर यता हिलाम्ये पिचमा बलिङ्ग गर्दै थिए । कुनै पनि सर्ट बललाई ब्याकफुटमा प्रहार गर्न सकिन्थ्यो । लंकाशायरका खेलाडीहरु यसमा माहिर थिए । वार्नसँग नि त्यही भयो । उनले गरेका सबै सर्ट बललाई अरु टोलीका खेलाडीहरुले बाउन्ड्री कटाउन थाले र उनी ब्याटिङ्गमा पनि चलेनन् । त्यही कारण एक्रिङ्गटन पाँच मध्ये चार खेल हार्न पुग्यो ।
“पहिलो खेलमा चार नम्बरमा ब्याटिङ गर्दा म रन आउट हुन पुगे” वार्नले आफ्नो आत्मकथा नो स्पिन मा लेखेका छन् ।
“एक्रिङ्गटनको समितीले मलाई भित्र बोलायो र भन्यो, ‘सुन राम्रो खेलाडी कहिले रन आउट हुँदैन । तिमीले उनीहरुलाई गलत साबित गर्नु पर्छ र तिमी जसको स्थानमा आएका छौ उसलाई जलाउनु पर्छ ।’ “मैले आफ्नो तर्क राख्दै भने, ‘क्रिकेटमा रन आउट भनेको सामान्य हो । म कसैलाई जलाउनको लागि क्रिकेट खेलिरहेको छैन ।’
“तर उनीहरुले मेरो एक सुनेनन् र राम्रो खेलाडी कहिले रन आउट हुँदैन भन्ने बिवादमै अडिरहे । मलाई यो बिवादले छिन्न भिन्न बनायो र मैले राम्रो बलिङ्ग पनि गर्न सकिन । बिपक्षीले मलाई नराम्ररी चुटे । मेरो लागि यो राम्रो शुरुवता थिएन ।”
खराब झनै खराब भयो जब वार्न राम्सबटमबिरुद्धको दोश्रो खेलमा डक आउट हुन पुगे । “म बोल्ड हुदा स्टम्प हावामा चक्कर खादै किपरसम्म पुगेको थियो । पेभिलियन फर्कदै गर्दा मैले सुने ‘’घर जाऊ प्रो, तिमी मुर्ख हौ ।'”
“मैले त्यो खेलमा बलिङ्ग पनि राम्रो गर्न सकिन । हामी नराम्ररी चुटिएपछि मैले जाडोमा अष्ट्रेलियामा फुटबल नै खेलेर बसेको भए हुने रहेछ भनेर पनि सोचे ।” वार्नले अष्ट्रेलियन रुल्स फुटबलमा राम्रै स्तरमा खेलिरहेका थिए ।
स्थानीयको टन्न कुरा सुनेपछि वार्न पेभिलियन फर्कदा बार्कर चेन्जिङ्ग रुममै थिए । “उनलाई निकै असर गरेको थियो,” बार्करले सम्झिए । “वार्नले भने: ‘मैले शुक्रबार मात्र उनीहरुको लागि ड्रिंक किनिदिएको थिए । मैले त केही बुझिरहेको छैन ।’ उनलाई हेदै मैले भने: ‘लंकाशायर लिगमा तिमीलाई स्वागत छ । बिश्वको यो भागमा यसलाई टेस्ट क्रिकेट भन्छन् ।'”
वार्नको मुड राम्रो बनाउनु पर्ने आवश्यकता देखेपछि बार्करसहित अन्य सिनियर खेलाडीहरुले उनलाई शहर घुमाउन लगे । “उनी घरमा बसिरहदा मैले वार्नलाई बाहिर घुम्दै बियर खाने प्रस्ताव राखे । मैले वार्नलाई तिमीले रमाइलो गर्नुपर्छ, जे भयो सबै बिर्सिदेउ भने ।”
लोकल कण्डिसनमा भिज्न थालेपछि वार्नले अब अगाडी उनीबाट के आउन गइरहेको छ भनेर झल्को देखाउन थालिहाले । “राम्सबटम बिरूद्धको दोश्रो लेगमा वार्नले २९ रन खर्चदै ६ विकेट लिए । त्यस पछी सबै परिवर्तन भयो,” बार्करले भने ।
वार्नको लेग स्पिन चम्कन थालेको थियो । लंकाशायर लिगका धेरै जसो ब्याट्सम्यानले उनको सामना गर्न सकिरहेका थिएनन् । तर उनको बल फ्याल्ने तरिका आफ्नै टिमको लागी पनि समस्या बन्दै थियो ।
वार्नले क्लबको विकेटकीपरसँगको आफ्नो बलिङ्गका बारे सिग्नल दिदै अभ्यास गर्ने गरेका थिए । फ्लिपरका लागि दाँया खुट्टा चिलाउने र गुग्लीको लागि ढाँड चिलाउने संकेत थियो । तर म्याचहरुको दौरान भने किपरले उनको गोप्य संकेत ठम्याउन सक्थेनन् ।
“तपाईं अहिले पनि वार्नको गूग्ली समाउन सक्नु हुन्न,” बार्कर भन्छन् । “एउटा खेलमा त हामीले तीन पटक किपर परिवर्तन गर्नु परेको थियो । ती मध्ये एकले आफ्नो पञ्जा तल फ्याक्दै भने म यसकोमा किपिङ्ग गर्न सक्दिन ।”
वार्न एक्रिङ्गटनको जीवनमा रमाउदै थिए। उनी शहरमा परिचित हुँदै गए । बिदेशी खेलाडीलाई चिन्न गार्हो पर्ने शहरमा वार्न निकै प्रभावशाली क्रिकेटरको रुपमा स्थापित भईसकेका थिए । “म त्यसबेला पनि बियर पिइरहेको थिए,” वार्न आफ्नो पुस्तकमा लेख्छन् । “श्रीलंकामा १९९२ मा भएको विश्वकपदेखि भने मैले बियर छोडे किन कि त्यहा ब्याट्स्म्यानले अर्धशतक वा शतक र बलरले पाँच विकेट लिएको खण्डमा ह्विस्की दिइने गरिन्थ्यो ।”
वार्नसँग त्यो सिजन खेलेका पउल बराटका अनुसार उनी त्यहाको पबका दैनिक ग्राहक थिए । “वार्न त्यहाको पबमा पुगेको खण्डमा प्रायः वरिपरि राम्रो मानिस हुने गर्थे । उनी त्यहाको प्रमुख आकर्षण थिए । उनी निकै मजाकी स्वभावका थिए । त्यस समय सलाद धेरै नहुने भएकाले वार्न बियर, पिज्जा र सिमी मन पराउथे ।”
वार्नले बलिङ्गमा आफूलाई प्रमाणित गरिरहदा उनी ब्याटिङमा पनि राम्रो हुँदै गए । उनले आफूलाई एक तल्लोक्रममा प्रभाव पार्न सक्ने ब्याट्स्मयानको रुपमा स्थापित गरिसकेका थिए । तर लंकाशायरमा उनले निकै छोटो समय क्रिजमा बिताए ।
“उनको ब्याटिङ्ग खत्तम नै थियो,” बार्कर हास्दै भन्छन् । “कहिलेकाही उनी आफुलाई भिभियन रिचर्ड्स सोच्थे । तर उनी थिएनन् । डिफेन्सिभ सट के हो उनलाई थाहा थिएन ।”
आफ्नो किताबमा पछि गएर ७०८ टेस्ट विकेट लिने युवा खेलाडीको अध्यय रहे पनि, एक्रिङ्गटनको छनोट समितिले वार्नलाई दोस्रो सिजन राख्न चाहेन । उनीहरूलाई ब्याट र बल दुबैमा पोख्त खेलाडी चाहिएको थियो ।
उनले १९९१ को सिजन ७३ विकेट हात पारे । उनी लिग भरी छैँटौ उत्कृष्ट बलर भए । तर उनले ब्याटिङबाट १५ को औषतमा ३२९ रन मात्र बनाए । “मैले वार्न अष्ट्रेलियाबाट खेल्ने छन् भन्दा सबैले खिल्ली उडाएका थिए । मैले भने: ‘हामीसँग १९ बर्षिय यस्तो कच्चा बालक छ जो राम्रो खेलाडी बन्न सक्छ । मेरो बिचार सुन्ने हो भने एक पटक उसलाई अर्को मौका दिनुपर्छ ।'”
बार्कर सही थिए ।
वार्नलाई १९९१ कै सेप्टेम्बरमा जिम्बाब्वे भ्रमणमा गएको अष्ट्रेलिया बी टिमको लागि बोलाइयो । उनले आफैँलाई अष्ट्रेलिया ’ए’ टोलीका लागि तयार पारे । मात्र सात प्रथम श्रेणीको क्रिकेट खेलेका उनले एक बर्षपछि नै टेस्टमा डेब्यु गरे । भारत र श्रीलंकाबिरुद्ध संघर्ष गरेपनि वार्नले १९९२ को एसेज टोलीका लागि स्थान बनाएका थिए ।
वार्नले इङ्ल्यान्ड विरुद्ध माइक ग्याटिङलाई गरेको पहिलो बल नै बल अफ द सेन्चुरी हुन पुग्यो । वार्नको बल अफ द सेन्चुरी क्रिकेट समर्थकहरुको दिमागमा निकै लामो समयसम्म रहन पुग्यो । सामान्य बलरदेखि वार्नले त्यही दिन लेग स्पिन लिजेण्डको रुपमा पहिलो पाइला चालेका थिए । वार्न उक्त खेलमा दुवै इनिङ्गसमा ४–४ विकेट लिदै म्यान अफ द म्याच पनि घोषित भए ।
“मैले उनलाई त्यो रात फोन गरेको थिए । वार्नले मलाई फोनमै भने, ‘तिमीले देख्यौ नि ?’ बार्कर सम्झन्छन् । “उनले ‘अह् त्यो अविश्वसनीय थियो । सबैकुरा एकदम राम्रो लाग्यो बाक्स ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।