Headline
३० बर्ष, २ सय ३९ खेलाडी, डेढ अर्ब पाउण्ड, एक उपाधि

Published
5 years agoon
By
wesportz
१ मे, १९९० मा खुशीको उन्मादले खचाखच भरिएको एन्फिल्डबाट लिभरपुलका खेलाडीहरुले इङ्गलिस प्रिमियर लिगको ट्रफिका साथ परेड शुरु गरेका थिए । त्यसपछि लिभरपुलले अर्को ३० बर्ष उपाधि जितेन र यसका लागि प्रयास नै नगरेको भने होइन ।
ठूला ट्रान्सफरहरु भए, गोल पनि गरिए, म्याच पनि जितिए तर यो उत्कृष्ट र किर्तिमानी सिजन अघि ति प्रयासहरु पर्याप्त भने भएनन् । लिभरपुलले १९ औं प्रिमियर लिगको उपाधिका लागि खेलाडी, व्यवस्थापक, खेल र पैसा लगायतका के–के काम गरे त ? हेरौं एक पटकः
१ लाख ३ हजार ४ सय १० मिनेट
१९९०–९१ को सिजन शुरु भएयता लिभरपुलले ११ सय ४९ खेल खेलेको छ । इन्जुरी समयलाई नगन्ने हो भने मैदानमा १ लाख ३ हजार ४ सय १० मिनेट बिताएपछि उनिहरुले पहिलो उपाधि जितेका हुन् । ५२ प्रतिशतको जित औषतमा लिभरपुलले यस क्रममा ५ सय ९५ खेल जितेको हो भने १९६८ गोल (८ सय २२ गोल अन्तर) गर्दै २ हजार ७५ अंक लिएको छ ।
ती मध्ये २८ जित, ७० गोल र ८६ अंक उपाधि जित्ने व्यर्थ प्रयासमा भएको थियो । पछिल्लो ३० बर्षमा लिभरपुलले एकै बिपक्षीबाट सबैभन्दा बढी १ सय ८ अंक खोसेका छन् । टोटेन्ह्याम हटस्परबिरुद्धको ६० खेलमा त्यति अंक आएको थियो । मर्सिसाइड प्रतिद्वन्दी एभर्टनबिरुद्ध लिभरपुलले १ सय ५ अंक बटुलेको थियो भने वेष्ट ह्यामबिरुद्ध १ सय १ अंक ।
ब्राइटन, कार्डिफ, हडर्सफिल्ड र नट्स काउन्टिबिरुद्ध लिभरपुलले शत प्रतिशत जित निकालेको थियो । तर १९९०–९१ मा लिभरपुलको उपाधि जित्ने आशामाथि तुषारापात गर्ने टोलीहरु म्याचेस्टर युनाइटेड, चेल्सी र आर्सनल रहे । लिभरपुल उपाधि बिहिन रहदा युनाइटेड १४, चेल्सी ५ र आर्सनल चार पटक इङ्गल्याण्डको च्याम्पियन बनेको थियो । कट्टर प्रतिद्वन्दी युनाइटेडबिरुद्ध त लिभरपुलको जित औषत जम्मा २९ दशमलव ३ रहेको छ ।
यस दौरान युनाइटेडले लिभरपुललाई ५८ मध्ये २८ खेलमा हराएको छ र गोल अन्तर पनि ८ को रहेको छ । जित प्रतिशतको आधारमा बर्मिंघम (२१ दशमलव ४) र विम्बल्डन (२६ दशभलव ३) पनि लिभरपुलको लागि काडा रहिसकेका छन् ।
२०१०–११ सिजनमा प्रिमियर लिगमा उक्लिएको टोली ब्ल्याकपुलसँग लिभरपुलले अंक लिन सकेको थिएन । ब्ल्याकपुलले लिभरपुललाई होम र अवे दुई वटै लेगमा हराएको थियो । दक्षताको हिसाबले पछिल्लो ३० बर्षमा यो नै लिभरपुलको सबैभन्दा उत्कृष्ट सिजन हो । जित औषत, गोल गरेको, गोल खाएको, अंक बटुलेको सबैमा लिभरपुल यो सिजन अब्बल रहन पुग्यो ।
बार्नेस देखि बबी
१९९०–९१ सिजनदेखि लिभरपुललाई २ सय ३९ खेलाडीले टप फ्लाइटमा प्रतिनिधित्व गरेका छन् । जोन बार्नेस, रे हउटन र इयन रसले गोल गर्दै सेफिल्ड युनाइटेडबिरुद्ध ३–१ को जित दर्ता गरेपछि उनीहरुको ३० बर्षअघि १९ औं उपाधिको खोज शुरु भएको थियो । यो सिजनको शुरुवातमा १४ खेलसम्म अपराजित रहेको लिभरपुलले पहिलो ८ खेलमा लगातार जित हात पारेको थियो ।
झण्डै ३० बर्षपछि उपाधिको खोज मैदानमा नउत्रदै पुरा भएको छ । म्यानचेस्टर सिटीलाई चेल्सीले हराएसँगै महिनौं अघि नै समाप्त भइसकेको उपाधिको होडबाजीमा अब भने औपचारिक रुपमै पूर्णबिराम लागेको छ । ती २ सय ३९ खेलाडीमध्ये एकेडेमी उत्पादन जेमि क्यार्यागरले लिभरपुलका लागि यस दौरान क्लबका लागि ५ सय ८ खेल खेलेका छन् । सबैभन्दा बढी खेल खेल्ने १० नाममा हालको टिममा रहेका जोर्डन हेन्डरसन रहेका छन् । उनले २ सय ६६ खेल खेलेका छन् ।
ड्यानियल पडेली, डेभिड र्याभेन, जोन न्युबी, प्याट्रिस लुजी, इस्तभान कोज्मा र राफेल कामाचोले भने एक खेलमात्र खेलेका थिए । ३० बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पनि घरेलु उत्पदान रोबि फाउलर नै रहेका छन्, उनले दुई पटकको बसाइमा १ सय २८ गोल गरेका थिए । आधुनिक समयमा अहिलेका पहिलो रोजाइका शिर्ष तीन खेलाडी रोबर्टो फर्मिनो, सादियो माने र मोहम्मद सलाह पनि बढी गोल गर्ने खेलाडीहरुको शिर्ष १० मै रहेका छन् ।
बिशेष उल्लेख हुनु पर्ने नाम भने पुुर्व कप्तान स्टेभन जेरार्ड हुन् जो सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट लिभरपुलको १९ औं उपाधिको अभियानमा जोडिएका छन् । बढी गोल गर्ने र खेल खेल्नेको शिर्ष १० मा रहेका लिभरपुल लिजेण्ड जेरार्ड ३० बर्षमा क्लबका लागि सबैभन्दा बढी असिस्ट (७०) दिने खेलाडी पनि हुन् ।
सन् १९९० पछि लिभरपुलले जितेका दुई प्रमुख उपाधि – च्याम्पियन्स लिग (२००४–०५) र एफए कप (२००५–०६) – मा जेरार्डले प्रमुख भुमिका निभाएका थिए । दुवैमा ३–३ गोलको बराबरीपछि पेनाल्टी शुट आउटमा लिभरपुलले उपाधि जित्दा जेरार्डको प्रदर्शन मुख्य रहेको थियो ।
जेरार्ड र लिभरपुलको ३० बर्षे याधाको बयान गर्दा उनी रहेको दुई तस्विर बिना अपुरो हुनेछः एउटा खेलाडीहरुसँगको हडलमा उनले यो मौकालाई खेर जान दिनु हुदैन भनि हौस्याउदै गरेको र अर्को उनी आफू चिप्लन पुगेपछि डेम्बा बाले निर्णयक खेलमा गोल गर्दै २०१३–१४ को उपाधि चेल्सीलाई थमाएपछि बिक्षिप्त बनेको । जेरार्डले अञ्जानमै भएको गल्तिका कारण लिभरपुलले उपाधि गुमाउनु परेको कहिल्यै बिर्सने छैनन तर त्यो दुखलाई बिर्साउन क्लबले अहिले भने सकारात्मक पल दिएको छ ।
एक पछि अर्को व्यवस्थापक
१६ औं, १७ औं र १८ औं प्रिमियर लिग उपाधि दिलाएपछि स्कटिस केनी डाल्गलिसले व्यवस्थापकको रुपमा १९ औं उपाधिको शुरुवात गरेका थिए । तर निकै नै अचम्मको निर्णय गर्दै उनले लिभरपुल अंक तालिकामा तीन अंकले अग्रस्थानमा रहेको स्थितिमै जागिर छोडिदिए ।
कार्यबाहक व्यवस्थापक रोनि मोर्गन र डाल्गलिसको कुर्सि थाइ रुपले पछि ओगटेका ग्रेम सुनेस उपाधि रक्षा गर्न असफल रहे । १९९०–९१ को उपाधि आर्सनलको पोल्टामा जान पुग्यो । त्यो सिजनको शुरुवातदेखि यता लिभरपुलमा ९ व्यवस्थापक परिवर्तन भइसकेका थिए । रोय इभान्स, जेरार्ड हाउलियर, रफाएल बेनिटेज, रोय हड्सन, बे्रण्डन रोजर्सपछि योर्गन क्लोप लिभरपुलका अन्य व्यवस्थापकहरु हुन् ।
एक सिजन पनि पुरा नसम्हालेका हड्सन र अलिकतिले प्रिमियर लिग जित्नबाट चुकेका रोजर्सले क्लबका लागि १–१ उपाधि जितेका छन् । लिभरपुलले क्लोपमा भने डाल्गलिसको उत्तराधिकारी भेटेको छ । जित औषत ६० रहेका डाल्गलिसपछि क्लोपमात्र अर्का व्यवस्थापक हुन् ।
रोजेन्थलदेखि मिनामिनो– कसरी लिभरपुलले झण्डै डेढ अर्ब पाउण्ड खर्च गर्यो
स्ट्याण्डर्ड लिगबाट लोनमा आएका रोनी रोजेन्थललाई लगभग एक मिलियन पाउण्डमा थाइ गर्दै लिभरपुलले १९९० को उपाधिपछि ट्रान्सफर व्यापारमा पहिलो कदम चालेको थियो । १८ औं देखि १९ औं उपाधि यात्राका दौरान पहिलो सम्झौता रहेका इजरायली स्ट्राइकर रोजेन्थलपछि लिभरपुलले २ सय १८ औं सम्झौताको रुपमा गत जनवरी ट्रान्सफर विन्डोमा ७ दशमलव २५ मिलियन पाउण्डमा ताकुमी मिनामिनोलाई लिएको हो ।
यो यात्रामा राम्रो, नराम्रो र घिनलाग्दो सबै सम्झौता भएका छन् । हरेक लुइस सुवारेज र भर्जिल भान डाइकका लागि तोर्बन पिच्निक, ब्रुनो चेरु र सन डन्डी रहेका थिए । र यो सँगै एण्डी क्यारोल (३५ मिलियन पाउण्ड, ४४ खेलमा ६ गोल), त्रिष्चियन बेन्टेके (३२.५ मिलियन पाउण्ड, २९ खेलमा ९ गोल) र मारियो बालोटेलि (१६ मिलियन पाउण्ड, १६ खेलमा एक गोल) जस्ता व्यापक घाटाको व्यापार पनि भएका थिए ।
बेनिटेजले सम्हालेको २००५ देखि २००८ सम्मका तीन सिजनका दौरान लिभरपुलले सबैभन्दा बढी ४० खेलाडी किनेको थियो । यो समय खरिद गरिएका पेपे रेना, डर्क काउट, लुकास लिभा र फर्नान्डो टोरेसले राम्रो प्रदर्शन गरेका थिए भने मार्क गोञ्जालेज र जर्माइन पेनान्टले भने राम्रो गर्न सकेका थिएनन् । ग्याब्रियल पलेट्टा र सेबाष्चियन लेटोको त नाम शायद कसैले सम्झिदैनन् पनि होला ।
फुटबलको बिश्व बजार महँगिदै गर्दा लिभरपुलले १८ देखि १९ औं उपाधि जित्ने क्रममा १ दशमलव ४७ अर्ब पाउण्ड खर्च गरेको तथ्यांकले देखाएको छ । तर लिभरपुलले खर्च मात्र नभई खेलाडी बेचेर पनि ३० बर्षमा ९ सय ३६ दशमलव ६ मिलियन पाउण्ड आम्दानी गरेको थियो । १९९० देखि २०२० सम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गरेका फाउलर, जेरार्ड, क्यर्यागर, माइकल ओवेन र ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्ड एकेडेमी उत्पादन भएको कारण नै धेरै पैसा बगाउन परेन ।
यस दौरान क्लबले सबैभन्दा बढी पैसा खर्च गरेका भान डाइक, एलिसन र नाबी किटाले भने लिभरपुलको १९ औं उपाधि यात्रामा प्रमुख भुमिका नै निर्वाह गरेका छन् । आधुनिक फुटबलमा धेरै जसो जति खर्च गरिन्छ त्यही नै फिर्ता पाइन्छ ।
यु विल नेभर वाक अलोन (तिमी एक्लो हुने छैनौं)
खेलाडी आउछन् र जान्छन् तर क्लबको सधै रहिरहने भनेको समर्थकहरु नै हुन् । समय समयमा सानो मार्जिनले चुक्न पुगेका लिभरपुलका समर्थकहरुले १९ औं उपाधिका लागि सोचे भन्दा निकै लामो समय कुरेका छन् । विडम्बना त के छ भने यति लामो पर्खाइको अन्त्य हुदा पनि लिभरपुल समर्थकहरु टिमसँग साचे जसरी खुशीयाली मनाउन पाउने छैनन् ।
कोरोना भाइरसको महामारिका कारण लिभरपुलसँगै प्रिमियर लिगका सबै क्लबहरुले खाली रँगशालामा सिजनको अन्त्य गर्दैछन् । तर यसका बावजुद पनि लिभरपुलका समर्थकहरु हजारौंको संख्यामा हरेक सिजन एन्फिल्डमा उपस्थित हुदै आएका छन् । सिजन टिकट होल्डरहरुको संख्या थाहा पाउन गाह्रो हुदा १९८९–९० सिजन यता कति समर्थक एन्फिल्ड पुगे पत्ता लगाउन असम्भव नै छ ।
तर ट्रान्सफरमार्केटले दिएको तथ्यांक अनुसार पछिल्लो उपाधि जिते यता एन्फिल्डमा २ करोड ४६ लाख ९८ हजार ९ सय ४२ समर्थक पुगेका छन् । यही संख्याले उपाधि जित्न लामो कुर्नुपरेपनि समर्थकहरुले क्लब एन्थम ‘यु विल नेभर वाक अलोन’ लाई हरेक हिसाबमा जिवित नै राखेका छन् ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

Published
2 years agoon
October 23, 2022By
wesportz
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

Published
3 years agoon
August 1, 2022By
wesportz
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
