Connect with us

Headline

५ सब्स्टिच्युटको नियमले प्रिमियर लिगका महराथीहरुलाई मात्र फाइदा

Published

on

इङ्गलिस प्रिमियर लिगले कोरोना भाइरसपछि सुचारु हुन गइरहेको प्रतियोगितामा पाँच जना सम्म खेलाडी सब्स्टिच्युट गर्ने अस्थायी नियमलाई बिहिबार हरियो झण्डा देखायो । यो नियमले सबै क्लबलाई उत्तिकै फाइदा गर्ता तर सबै भन्दा बढी लाभ भने शिर्ष ६ स्थानमा रहने क्लबहरुले उठाउने पक्का छ ।

प्रिमियर लिगमा ठूला क्लबहरुको टोलीमा फुटबलर संख्या धेरै नै हुन्छ र खेलाडीको शारिरिक अवस्था देखी खेलमा आउने फेरबदलका हिसाबले साना क्लबहरु सामान्य हिसाबमा नै पछि पर्ने गर्छन् । स्पोर्टस इन्टिग्रिटी नाममा भएको यो निर्णयले साना क्लबलाई बाकी रहेको लिग खेल्नु झारो टार्ने किसमिको बाहेक अरु केही हुने छैन ।

उदाहरणका रुपमा प्रिमियर लिग क्लब उल्भरह्याम्प्टनको टोलीमा यो सिजनको लिगका लागि २० जाना खेलाडीको नाम मात्र दर्ता गराइएको छ । प्रिमियर लिगमा खेलाडीको संख्यामा सबैभन्दा सानो टोली यही नै हो । व्यवस्थापक नुनो इस्प्रिटो सान्टोले यसअघि नै यो टोली सामान्य सिजनमा बिश्राम गर्दै खेल्नका लागि बनाइउको बताएका छन् । अब सुचारु हुने लिगका खेलहरुले यो नयाँ नियमले उनको टोलीले बेञ्च निकै बलियो भएका टोलीहरुको सामना गर्नुपर्ने देखिन्छ ।

लेस्टेर सीटी र बर्नलीसँग उल्भ्सभन्दा मात्र एक खेलाडी बढी रहेको छ । एउटै समुहको खेलाडीहरुमा भर पर्दै खेल्ने लेस्टर र बर्नलीले अबथ थप कठिन खेलहरुको सामना गर्नु पर्नेछ ।

जर्मनीमा भने पाँच सब्स्टिच्युट गर्ने प्रावधानलाई ठूलो मुद्दा बनाइएको छैन । बायर लेभरकुसनका खेल निर्देशक सिमोन रोल्फेसका अनुसार पाँच खेलाडी बैकल्पिकका रुपमा प्रयोग गर्दा खेलमा चोटपटकका कारण खेलाडी गुमाउने डर न्युन भएको बताउछन् । “यो नियम आउनु भन्दा अगाडी ६०–७० मिनेटमै खेलाडीहरु थाकेको देखिन्थिए । तर अहिले त्यो स्थिति छैन,” उनले भने ।

प्रिमियर लिगका ठूला टिमहरु म्यानचेस्टर युनाइटेड वा चेल्सी पूर्ण फिट टोलीका साथ मैदान उत्रन तयार छन् । चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डले चोट बोकेका खेलाडीहरुलाई राम्रो अवस्थामा ल्याइसकेका छन् । चेल्सीले प्रिमियर लिग भरी ७५ बैकल्पिक खेलाडी मैदान प्रवेश गराइसकेको छ, यो म्यानचेस्टर सिटीको भन्दा थोरै मात्र काम हो ।

युइनाइटेड व्यवस्थापक ओले गुनर सोल्सायर पनि आफ्ना २८ खेलाडीका साथ प्रिमियर लिग शुरु हुने समय कुर्दै छन् । अर्को शिर्ष क्लब टोटन्ह्याम भने धेरै खेलाडी चोटग्रस्त रहदा तनावमा छ । माइकल आर्टेटाको आर्सनल पनि २९ खेलाडीको साथ सिटीसँग खेल्दै सिजन सुचारु गर्दैछ ।

सिटी पनि पेप ग्वार्डियोलाको स्क्वाड रोटेसन रणनीतिको भरपुर फाईदा उठाउने तर्खतरमा हुनेछ । लिभरपुल युवा खेलाडीलाई मौका दिदै ३० बर्षमा पहिलो उपाधिका साथ खुशीयाली मनाउन आतुर देखिन्छ । तर सना क्लबहरु भने खेलाडी कम भएका कारण ।

रेलिगेसनमा रहेका क्लबहरु अझ यस्को मुख्य सिकार बन्ने तय छ । वेष्ट ह्याम, वाट्फर्ड, बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटीले खेलाडीको संख्या काम भएकै कारण सबैभन्दा बढी दवाब झेल्नेछन् । साना क्लबहरुको लागि एक मात्र फाइदा के हो भने उनीहरुको लागि पनि चोटका कारण खेलाडी गुमाउनु पर्ने खतरा कम भएको छ । र यसले नयाँ सिजनका लागि सबैलाई तयार राख्नेछ ।

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

Continue Reading

Headline

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Published

on

आगामी भदौ २१ देखि असोज ३ गते सम्म घरेलु मैदानमा नै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले सार्वजनिक गरेको ड्र अनुसार नेपालसँगै श्रीलंका र भुटान समूह बी मा रहेका छ । यस्तै साविक विजेता भारत सहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।

नेपालमा लगातार दोस्रो पटक साफ महिला फुटबल हुन लागेको हो र समग्रमा यो छैटौँ संस्करण हो । नेपालले अहिले सम्म उपाधि जित्न भने सकेको छैन । यस अघि भएका सबै पाँच संस्करणको उपाधि भारतले जितेको छ ।

पछिल्लो पटक विराटनगरमा भएको साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

Continue Reading
लेख18 hours ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख2 days ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख2 weeks ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख2 weeks ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline2 weeks ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline2 weeks ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline2 weeks ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline2 weeks ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline3 weeks ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline3 weeks ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Headline3 weeks ago

क्यान अध्यक्ष चन्दलाई आईसीसीको सम्मान 

Headline3 weeks ago

आयोजक बाना र फार वेस्टर्न टेक्ससलाई बाना कपको  उपाधि 

Headline3 weeks ago

साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे शानदार जित

Headline3 weeks ago

बाना कपको क्वाटरफाइनल समिकरण पुरा 

राष्ट्रिय3 weeks ago

साथी कपका लागि मेरिल्याण्ड क्रयाबको जर्सी सार्वजनिक 

राष्ट्रिय3 weeks ago

फार वेस्टर्नलाई घिमिरे होम्सको साथ 

Headline3 weeks ago

पुबुदुले दिए राजिनामा 

Headline4 weeks ago

एक वर्ष पछि सर्‍यो एसियाड

Headline4 weeks ago

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने, के के छन् एजेन्डा ?

Headline4 weeks ago

साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

Trending

error: Content is protected !!