Headline
कोरोनाले लथालिङ्ग पारेको इटालियन फुटबल
Published
4 years agoon
By
wesportzअनुहारमा मास्क, हातमा पञ्जा र उच्च सतर्कताको साथ समर्थकहरुबीच बर्सिलोनाले इटालियन शहर नेपल्समा च्यम्पियनस लिगको अन्तिम १६ को खेल खेल्यो । खाली कुर्सी, सुनशान रंगशाला र हुटिङ्ग गरिएको आवाजको प्रतिध्वनि समेत सुनिने मैदानमा भएको खेललाई धेरैले नियाले तर के इटालीमा फुटबल यसरी नै चल्ने खेल हो ? कोरोनाको त्रासले धेरै क्लबहरु खेल पनि सार्न बाध्य भएका छन् ।
लियोनल मेस्सी पहिलो पटक मंगलबार नेपल्समा देखा परेका थिए । बार्सिलोनालले च्याम्पियन्स लिगमा नापोलीसँग १–१ को बराबरी गरेको खेलमा मेस्सी जम्न नसके पनि उनको उपस्थितीले नेपल्समा खुशीयालीको माहौल थियो । तर दुखको कुरा उनकै देशका क्लब लिजेण्ड बनेको डिएगो माराडोना स्टेडियममा कोरोना भाइरस बिरूद्ध सावधानी अपनाउँदै मास्क लगाएर खेल हेरिरहेका थिए ।
कारण थियो कोभिड – १९, पुरै संसारमा सन्त्रास फैलाइरहेको कोरोना भाइरस । इटालीमा कोरोना संक्रमित ३ सय मध्ये १२ जनाको ज्यान गइसकेको छ । यही त्रासका कारण भेनिस कार्निवाल पनि रद्द गरिएको छ भने ला स्काला थिएटर बन्द गरिएको छ । मिलानको स्टक एक्सचेन्ज ओरालो लाग्न थालिसकेको छ । यसले इटालियन फुटबल र सामान्यतया खेल क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ ।
पछिल्लो साताको अन्त्यमा, मिलान, बर्गामो, भेरोना र टुरिनमा चार सिरा आ का खेलहरू निलम्बन गरिएको थियो । शनिबार, सिरि बी टोली क्रेमोनसलाई ३०० माईलको दूरीमा रहेको एस्कोली शहरमा गाडीबाट यात्रा गर्नु परेको थियो, त्यो पनि घर पठाउन ।
यो हप्ता सुरक्षा उपायहरू अझ बढी अपनाइएको छ । इटालियन सरकारले ६ वटा क्षेत्रहरूमा लागू गरेको नयाँ आदेश अनुसार सिरी आ का सबै खेलहरूमा दर्शकलाई प्रवेश बन्द गरिएको छ । तेस्रो श्रेणीका फुटबल खेलहरु रद्द गरिएको छ भने रग्बी, भलिबल र बास्केटबल लिगहरू पनि बन्द गर्ने आदेश इटालियन सरकारले दिएको छ ।
फुटबल म्याचलाई एक महत्वपूर्ण सामाजिक गतिविधिको रूपमा हेर्ने गरेका फ्यानहरु भ्ने आपसी सहमतिमै खेलहरूमा जान जारी राख्ने बताउछन् । उनीहरूलाई यो सुरक्षाको चिन्ताले धेरैले मास्क लगाएरै खेल हेर्ने जनाउछन् ।
“हामी बिहीबार राति कोरोना भाइरसको प्रभाव फुटबलमा देख्नेछौं जब इन्टर मिलनले युरोपा लिगमा लुडोग्रेट्सलाई दर्शकका लागि बन्द सान सिरोमा खेल्नेछ,” एक इन्टर समर्थक भन्छन् । बुल्गेरियाली टोलीमा पनि कोरोनाको प्रभाव स्पष्ट देखिन्छ । लुडोग्रेट्स खेलाडीहरू यस हप्ता मिलानमा आफ्नो बसबाट मास्क र प्लास्टिकका पन्जा लगाएरा प्रशिक्षण स्थल पुगेका थिए ।
इटाली यात्राको लागि क्लबले ‘इम्युनोलोजिस्ट’ लाई पनि आफुसँगै लिएर गएको छ । उनीहरूका खेलाडीले विपक्षीसँग हात नमिलाउने पो हो की कि भनेर प्रश्न उठेको छ । यो व्यावहारिक छ की अलि टाढा नै जाँदै छ ? तर कोरोनाको त्रास भने अझै पनि कायम नै रहेको छ ।
दुबै इन्टर र एसी मिलानले आफ्नो कार्यालयहरू बन्द गरिसकेका छन् भने कर्मचारीहरू घरबाटै काम गर्दैछन् । मिलान शहरमा भुमिगत प्रणालीमा काम भइरहेको छ । चोक र गल्ली शान्त र मानविहीन बनिसकेका छन् । बन्द ढोकामा खेल्दा टिकट बिक्री नहुने भएपछि केही टोलीहरूले चिन्ता व्यक्त गरेका छन् । यसले क्लबको अर्थतन्त्रलाई निकै प्रभाव पार्ने निश्चित नै छ ।
“क्लबले खेल निलम्बन गर्न सक्थ्यो र उनीहरुलाई स्थगित पनि गर्न सक्थ्यो तर कार्यक्रमको तालिकामा समस्या आएको छ,” इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पडाफोराले भने। दुर्भाग्यवस, यो मैले मुल्यांकन गर्न वा निर्णय गर्न सक्ने केहि पनि छैन ।
टिकट खरीद नगर्ने हो भने फ्यानहरुको के हुन्छ वा क्लबहरू यसका लागि उनीहरूका आफ्नै नियम अनुसार काम गर्छन् त्यो खेल हुने दिनमै थाहा हुनेछ । इन्टरले युरोपा लिग खेलको लागि किनेको टिकट फिर्ता गर्नेछ, तर युभेन्टसले कुनै टिकट फिर्ता नगर्ने जनाएको छ । ‘सीजन टिकट होल्डर’ हरु पनि डर्र्बी डि इटालियाको लागि बियानकोनेरी बिरूद्ध आइतबार राति एउटा खाली स्टेडियममा हुने हुँदा त्यहा जान पाउने छैनन् ।
इन्टरले गत आइतबार साम्प्डोरिया बिरूद्धको खेल खेलेको थिएन । यदि एन्टोनियो कोन्टेको टोली कोपा इटालिया र यूरोपा लिग फाइनलमा जान्छ भने समर्थकको लागि क्लबले २० मे देखि मात्र प्रकृया अगाडी बढाउनेछ, अन्तिम सिरी आ खेलको चार दिन अघि ।
उनीहरूको कोपा इटालिया सेमीफाइनल दोस्रो चरणमा नापोली बिरूद्ध स्थगित गर्ने बिकल्पले पनि फाइनल पुन नयाँ मिति तय गरिनेछ । कोरोनाले गर्दा इटालियन फुटबल लथालिङ्ग भएको छ । बिस्तारै फैलिदै गरेको कोरोनाले अब विश्व फुटबललाई नै असर पार्ने त होइन ?
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
1 year agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।