Headline
सबैले प्रतिक्षा गरिरहेका सुभाष
Published
5 years agoon
By
wesportzआदर्श ढकाल, काठमाडौं
शरद भेषावकरलाई चोटका कारण गुमाएको नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गतको आफ्नो दोश्रो खेलमा शनिबार अमेरिकाको सामना गर्दा समर्थकहरु सुभाष खकुरलेको ओपनिङ्गको प्रतिक्षामा रहनेछन् ।
ओमानबिरुद्ध १८ रनले पराजित हुदा शरदले जुझारु इनिङ्गस खेल्दै ५५ रन बनाएका थिए । कम्मर भन्दा माथि चोट बोकेका शरदलाई उनको इनिङ्गसको बीचमा फिजियोले उपाचार नै गर्नु परेको थियो । बिहिबार शरदलाई थप निगरानीमा राख्दा उनलाई १० दिन बिश्राम गर्ने सुझाव दिइएको थियो ।
उनको स्थानमा पालो आयो बैकल्पिकमा रहेका सुभाषको । हुन त नेपाल क्रिकेट संघले आधिकारिक रुपमा यसको पुष्टि नगरेपनि सुभाष टोलीमै आइसकेका छन् । क्यानले शरदको स्थानमा सुभाषको नाम पठाइसकेपनि आईसिसि मुख्यालय दुबईमा कार्यालय बिदा रहेको हुदा युएईबाट साझसम्म पनि कुनै पत्र आइसकेको भने छैन ।
क्रिकेट संघका सचिव अशोक नाथ प्याकु¥यालले शरदको स्थानमा सुभाष आउने पक्का पक्की भैसकेको र आफूहरु आधिकारिक जवाफमात्र कुरिरहेको जानकारी दिए । सुभाषको आगमनले शुक्रबार दिउसो देखि नै नेपाली समर्थकहरु भने शनिबारको लागि ब्यग्रताका साथ कुरेर बसिरहेका छन् । कारण हो शनिबारको प्रतिद्वन्दी अमेरिका र सुभाषको बिगत ।
सन् २०१० मा पारस खड्काले कप्तानी सम्हालेको पहिलो आईसिसि प्रतियोगिता (डिभिजन फाइभ) मा शरद भेषावकरले फिजी बिरुद्ध शतक प्रहार गरेका थिए । त्यसपछि भने नेपाली क्रिकेटमा शतकको खडेरी लाग्यो । रोय डायसले नेपाली टोली छोडे र उनको स्थानमा आए अर्का श्रीलंकन पुबुदु दासानायके ।
दासानायकेको आगमनपछि ब्याटिङ्ग सुध्रिएको शंका चलिरहदा नेपाल डिभिजन फोर खेल्न २०१२ को सेप्टेम्बरमा नेपाली टोली मलेसिया पुग्यो । एकै स्तरको प्रतिद्वन्दी अमेरिकाबिरुद्ध नेपालले २ सय ५८ रन प्रहार ग¥यो र शतकको खडेरी तोडे सुभाषले । त्यही प्रतियोगितामा अनिल मण्डलले पनि डेनमार्क बिरुद्ध शतक ठोके ।
सुभाषले शतकको सिलसिला मात्र तोडेका थिएनन् । उनले नेपाली टोलीलाई ओपनिङ्गको समस्याबाट मुक्त गराए । उनी दासानायकेको योजनाको महत्वपूर्ण हिस्सा बने र नेपालले बिश्व क्रिकेटको खुड्किलो चढ्दै गर्दा धेरै महत्वपूर्ण प्रदर्शन पनि दिए ।
सुभाष र अनिलले शतक प्रहार गरेको एक महिना नबित्दै नेपाल एसिसि ट्रफि एलिटका लागि युएई गयो । उक्त प्रतियोगितामा कप्तान पारस खड्काले कुवेतबिरुद्ध आक्रमक शतक प्रहार गरे । खेलमा नेपाल पराजित भएपनि एक महिनाको अन्तरालमा तीन वटा शतकले नेपाली ब्याटिङ्गलाई हेर्ने दृष्टिकोणमा परिणत भयो । यसको श्रेय सुभाषलाई पनि जान्छ ।
अक्टुबरमा भएको एसिसि ट्रफि एलिटको फाइनलमा नेपाललाई उपाधि जित्न युएईले २ सय ४२ रनको लक्ष्य दियो । सुभाषले अनिलसँग मिलेर पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट शुरुवता दिलाए । उतार चढाव पूर्ण रहेको फाइनलमा सुभाषले ७४ बलमा ५५ रन बनाए, नेपालले पनि २ सय ४१ रन बनायो ।
खेल बराबर भएपछि दुवै टोलीले ट्रफि बाढे, नेपाल पहिलो पटक एसिसि ट्रफिको च्याम्पियन भयो । यसअघि नै समुह चरणमा युएईलाई आफ्नो एकदिवसीय क्रिकेट इतिहासमै पहिलो पटक पराजित गरेको नेपाल एक महिनाको अन्तरमा पूर्णरुपले फरक टोलीको रुपमा अघि आयो । सुभाष त्यसको केन्द्रमा रहे ।
सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रि सम्म पनि सुभाषले टोलीका लागि उल्लेखनीय योगदान दिए त्यसपछि आयो न्युजिल्याण्डको बिर्सन लायक २०१४ को एकदिवसीय बिश्वकप क्वालिफायर । पछिल्लो दुई बर्ष नेपाली ब्याटिङ्गको मेरुदण्ड बनेका सुभाष र पारस दुवै पूर्ण रुपमा फिट रहेनन् ।
एकदिवसीय बिश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने १०–टिम सम्मिलित क्वालिफायरमा नेपाल नवौं भयो । तीन बर्षदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि गर्दै आएको मिहिनेत पानीमा बह्यो । हुन त सुभाषले त्यसपछि बङ्गलादेशमा भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपमा पनि अफगानिस्ताबिरुद्ध अद्र्धशतक ठोकेका थिए तर उक्त उपलब्धिले उनलाई क्षणिक खुशी मात्र दियो ।
बिश्वकपपछि पाएको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता र डिभिजन थ्रिमा रहको नेपालले पहिलेको तुलनामा एशोसिएट क्रिकेटका राम्रा प्रतिद्वन्दी खेल्न थालेको थियो । र सुभाषको प्रदर्शन एक समान हुन छोड्न थाल्यो । टिममै रहेपनि उनले २०१४ मै मलेसियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन थ्रिमा आफ्नो स्थान गुमाए ।
युगाण्डाबिरुद्धको फाइनलमा दासानायकेले सागर पुन र नरेश बुढाएरको जोडीलाई ओपनिङ्ग पठाए । उनीहरुले शतकीय साझेदारी गरेपछि नेपालले ६२ रनले खेल जित्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो । नेपाली एकदिवसीय क्रिकेटमा पछिल्लो पाँच बर्षमा सबैभन्दा ठूलो साझेदारी पनि त्यही नै हो । सुभाषको अनुपस्थिती सागर र नरेश फेरि पनि ओपनिङ्गका लागि प्रयास गरिएका थिए तर चाहे अनुरुपको शुरुवात नपाएको लामो समय भैसकेको छ ।
अनिल मण्डल टिमबाट भित्र बाहिर र सुभाष आफै कहिले लय गुमाउने त कहिले अस्वस्थ हुन थालेपछि नेपाली टोली लामो समयदेखि राम्रो ओपनिङ्ग जोडीको लागि संघर्ष गर्दै नै आइरहेको छ । चोटको समस्याबाट मुक्त हुन नसक्दा सुभाषले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा १४ मध्ये दुई खेलमात्र खेले । नोभम्बर, २०१५ मा पपुव न्युगिनी बिरुद्ध युएईमा भएको एक खेलमा उनले ६३ रन बनाएका थिए । चोटकै कारण उनी लगभग तीन बर्ष बाहिर बसे र अगष्ट २०१८ मा नेदरल्याण्ड्सबिरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाका लागि टोलीमा फर्किए ।
दुई मध्ये दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा मौका पाएका सुभाषले १९ रन बनाए । अगष्टमै एसिया कप क्वालिफायरमा सुभाषले युएईबिरुद्ध ५० रन जोडे । यो उनको पहिलो एकदिवसीय अद्र्धशतक थियो तर उक्त प्रतियोगिता भर नेपालले निराशाजनक प्रदर्शन गर्न पुग्यो । सुभाष टोलीबाट फेरि पनि बाहिरिए ।
नेपाली टोलीले ओमानबिरुद्ध लिग टुको आफ्नो पहिलो खेलमा पारस र कप्तान ज्ञानेन्द्र मल्लको रुपमा नयाँ ओपनिङ्ग जोडी पठायो । दुवै जना चार रनको अन्तरमा पेभिलियन फर्केपछि समर्थकहरु यो प्रयासलाई राम्ररी लिइरहेका छैनन् ।
नेपालले शनिबार १५ हजार दर्शक आउने अपेक्षा गरिएको खेलमा अमेरिकाको सामना गरिरहेको छ । सुभाषले मुलपानीमा भएको अभ्यास खेलमा नटआउट ५२ रन बनाएका थिए । कप्तान ज्ञानेन्द्रका अनुसार सुभाषको स्थानलाई लिएर आधिकारिक निर्णय भएमा शनिबार नयाँ जोडीले ओपनिङ्ग गर्ने लगभग तय छ । त्यसैले सबैको आखा सुभाष मै छ ।
You may like
-
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
-
ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै
-
केन्या माथि नेपालको कीर्तिमानी जित
-
साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा
-
नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय
-
खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित
Published
2 years agoon
October 23, 2022By
wesportzविराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि
Published
2 years agoon
August 1, 2022By
wesportzआठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।