Headline
रोनाल्डोले गरेका १८ यस्ता काम जसले उनलाई हेर्ने दृष्टिकोण सधैका लागि बदलिदिन्छ

Published
5 years agoon
By
wesportz
क्रिष्चियानो रोनाल्डो बिश्व फुटबलको बर्तमानमा सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । अर्जेन्टिनी स्टार लियोनल मेस्सी र रोनाल्डोबीच को महान भनेर सधै चर्चा चल्ने गर्दछ, शायद बिवाद पनि । रोनाल्डोलाई घमण्डी भएको र मेस्सी निकै सालिन रहेको भनेर उनै महान खेलाडी भएको भन्नेहरु पनि प्रशस्तै भेटिने गर्छन् ।
तर रोनाल्डोले यस्ता कामहरु पनि गरेका छन् जसले गर्दा कसैको पनि उनलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्छ । एकपटक हेरौं न त रोनाल्डोले गरेका कामहरुः
उनको युरोपियन गोल्डेन बुट
सन् २०११ मा रियल म्याड्रिडको प्रशिक्षक होजे माउरिन्हो भएको समयमा रोनाल्डोले ४० गोल गरेपछि रोनाल्डोले युरोपियन गोल्डेन बुट पाएका थिए । यद्दपि त्या सिजन रियल म्याड्रिड स्पेनिस ला लिगमा दोश्रो र च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो । रोनोल्डो त्यो ट्रफि आफूसँग राख्नुको सट्टा च्यारिटीमा बेच्नु उचित सम्झिए । च्यारिटीका लागि भएको बोल कबोलमा उक्त गोल्डेन बुट १२ लाख पाउण्डमा बिक्यो । सबै पैसा युद्धले ग्रस्त गाजापट्टीमा बिद्यालय निर्माणका लागि गयो ।
बालोन डि ओर
रोनाल्डोले अहिले सम्म पाँच पटक फुटबलको सबैभन्दा ठूलो ब्यक्तिगत पुरस्कार बालो डि ओर जितिसकेका छन् । सन् २०१३ को बालोन डि ओर जित्दा उनले फेरि उक्त ट्रफि च्यारिटीका लागि राख्ने निर्णय गरे । लण्डनमा भएको बोल कबोलमा उनको ट्रफिले ५ लाख ३० हजार पाउण्ड बटुल्यो । सबै पैसा मेक अ विस फाण्डेसनमा गयो । उक्त संस्थाले दिर्घ रोग लागेका बच्चाहरुले चाहेका कुरा गरिदिने गर्दछ ।
एक दुत
रोनाल्डोले आफ्नो बिश्वब्यापी पहिचानलाई राम्रै कामको लागि प्रयोग गर्दै आएका छन् । उनी अहिले बिश्वका तीन मुख्य परोपकारी संस्थाहरु सेभ दि चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनको दुत त छन् नै र यो सँगै उनले अन्य कैयौं यस्तै संस्थाहरुको बिषयमा बोलिरहेका हुन्छन् । सन् २०१४ को बालोन डि ओर पुरस्कार थाप्न जादा उनले ब्लड क्यान्सरले संघर्ष गरिरहेका बालबालिकाहरुको बारेमा पनि बोलेका थिए । यस्ता बिषयलाई लिएर उनले सधै जसो बोलिरहेका हुन्छन् ।
अघिल्लो बर्ष उनले युद्दग्रस्त सिरियाका बच्चाहरु वास्तवमा नायक भएको भन्दै म तिमीहरु सँग छु भन्दै एउटा भिडियो सन्देश पनि रेकर्ड गरेका थिए । उनले गुप्त रुपमा अनुदान दिदै सेभ द चिल्ड्रेनलाई उक्त रकम नखुलाउन आग्रह पनि गरेका थिए । रोनाल्डोको सन् २०१४ मा बिश्वब्यापी रुपमा अरबौं रुपैया उठाउदै भाइरल बनेको आइस बकेट च्यालेञ्ज उनको सामाजिक सञ्जालमा करोडौं मानिसहरुले हेरेका थिए ।
उत्कृष्ट भएर पाएको बोनस नै च्यारिटीलाई
मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डोले पाएका पैसा उनले दिल खोलेर अरुहरुको लागि दिदै आएका छन् । २०१३ मा उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो युइएफए बर्ष टोलीमा परेपछि उनले अतिरिक्त ८९ हजार पाउण्ड बोनसमा पाएका थिए । तर उनले त्यो पैसा आफू राख्नुको साटो रेड क्रसलाई दिएका थिए ।
एक बर्षपछि रोनाल्डाकै उत्कृष्ट प्रदर्शनमा रियल म्याड्रिडले १० औं पटक च्याम्पियन्स लिगको उपाधि जित्यो । जितको बोनस स्वरुप उनले क्लबबाट ४ लाख ५० हजार पाउण्ड बोनस पाए । उनले फेरि एकपटक सबै बोनस आफू दुत रहेको तीन परोपकारी संस्थाहरुलाई दिए ।
रक्तदानका लागि ट्याटु खोपेका छैनन्
आफ्ना खेलाडी साथीहरुको तुलनामा रोनाल्डोको शरिरमा कतै पनि ट्याटु छैन । यसको कारण हो उनी लगातार रक्तदान गर्छन भने अरुहरुलाई पनि त्यो कार्यको लागि प्रेरण दिन्छन् । ट्याटु खोपेका ब्यक्तिहरुले रक्तदान गर्न सक्छन् तर भर्खरै नयाँ ट्याटु बनाएकाहरुमा रक्तदान गर्दा इन्फेक्सन हुने डर बढी हुन्छ । उनले २०१५ मा भनेका थिएः रक्तदान गरेर हामी परिवर्तन ल्याउन सक्छौं ।
रोनाल्डोले रक्तदान मात्र नभएर बोन म्यारो पनि दान गर्ने गरेका छन् । उनको पहिलेका टिममेट क्रिस मार्टिन्सलाई बोन म्यारो चाहिएदेखि उनले लगातार दान गर्दै आइरहेका छन् ।
नेपाललाई पनि करोडौं सहयोग
रोनाल्डोको परोपकारी कार्य नेपालमा पनि कायम नै रह्यो । सन् २०१५ मा नेपालमा गएको बिनाशकारी भुकम्पपछि रोनाल्डोले सेभ दि चिल्ड्रेनको राहत कोषमार्फत ५ मिलियन पाउण्ड अनुदान दिएका थिए । रोनाल्डोले गरेको अनुदानको समाचार पुष्टि भएको थिएन भने सेभ दि चिल्ड्रेनले पनि पुष्टि गरेको थिएन । रोनाल्डोले अनुदान त गरेका थिए शायद उनले नै रकम खुलाउन चाहेनन् की ?
जेठा दाजुको रेखदेख
रोनाल्डोका बुवा डेनिस जड्याहा थिए । उक्त समस्यसँग बर्षौ संघर्ष गरेका डेनिसको सन् २००५ मा मृत्यु भएको थियो । उनका जेठा दाजु ह्युगो अभिरो पनि त्यही पथमा दिए । उनी मदिरा र लागु पदार्थको कुलतमा फसे । रोनाल्डोले ख्याति पाउदै गएपछि उनले केही गर्नै पर्ने सोचे र ह्युगोले आफ्नो कुलत त्यागेमा च्याम्पियन्स लिग उनलाई नै समर्पित गर्ने बाचा गरे । ह्युगोले कुलत त्यागे र च्याम्पियन्स लिग जिते लगत्तै मैदान प्रवेश गर्दै लामो समय रोनाल्डोलाई अंकमाल गरेका थिए ।
त्यसयता रोनाल्डो भन्दा १० बर्ष जेठा ह्युगो कैयौं कार्यक्रमहरुमा रोनाल्डोसँगै देखिने गरेका छन् । रोनाल्डोले २०१६ को बालोन डि ओर जित्दा पनि उनी रोनाल्डो सँगै थिए । रोनाल्डो ह्यगोका छोरालाई धर्मपुत्र मान्छन् । अहिले रोनाल्डो म्युजियमको रेखदेख ह्यगोले नै गर्ने गर्छन् ।
क्यान्सर सेन्टरलाई सहयोग
रोनाल्डोकी आमा डोलोरेस अभिरोले सन् २००७ मा स्तन क्यान्सरसँगको युद्ध जितेकी थिइन् । पोर्चुगलमा रहेको उक्त क्यान्सर सेन्टरले आफ्नी आमालाई उपचार गरेको कारण उनले सहयोग स्वरुप एक लाख २० हजार पाउण्ड दिएका थिए ।
अनाथ बालकलाई निमन्त्रणा
लेबनानको राजधानी बेरुटमा भएको आत्मघाती बम आक्रमणमा रियल म्याड्रिडका समर्थक हैदरले आफ्ना आमा र बुवा गुमाएपछि अनाथ भएका थिए । स्थानीय एक रिपोर्टरले हैदर बारे रियललाई भनेपछि रोनाल्डोले क्लबमै बोलाएका थिए । आफ्नो हिरालाई भेटेपछि आसु चुहाएका हैदर र रोनाल्डोको त्यो भिडियो निकै नै भावनात्मक रहेको थियो ।
साना फ्यानलाई सहयोग
रोनाल्डोले सन् २००९ मा क्यान्सर पिडित ९ बर्षिय नुहुजेत गुलेनको बारेमा थाहा पाए । गुलेन रोनाल्डोका फ्यान रहेका थिए । रोनाल्डोले गुलेन परिवारलाई नै रियल म्याड्रिड बसेको होटलमा बोलाउनका लागि भनेर गाडी पठाए । गुलेन होटलको लिफ्टबाट देखा पर्दा रोनाल्डोले उनीसँग मलाई केही भन्दैनौं भन्दै ठट्टा पनि गरेका थिए ।
सान्टियागो बर्नाबाउमा भएको खेलमा उनले गुलेनलाई आफ्नो निजी बक्समै स्थान दिएका थिए भने आफूले गरेको गोल उनीलाई समर्पित गर्दै म्याच जर्सी पनि दिएका थिए । गुलेनका बुवासँग कुरा गरेपछि रोनाल्डोले उनको क्यान्सरबिरुद्ध खासै केही गर्न नसकिने पत्ता लगाए । तर पनि रोनाल्डोले अमेरिकाको एक अस्पतालमा उनको उपचारको खर्च बेहोरेका थिए ।
गुलेनको स्थिति खराब हुदै गएपछि रोनाल्डोले उनको उपचार एउटा निजी मेडिकल सेन्टरमा गर्दै लाखौं खर्च गरेका थिए । रोनाल्डोले उनको लागि एक बर्षभन्दा बढी खर्च गरे तर गुलेनको २०१३ मा मृत्यु हुन पुग्यो ।
आफ्नो समयलाई लिएर उदार
रोनाल्डोसँग खेलकै दौरान मैदानभित्र प्रवेश गर्दै सेल्फि लिने र फोटो खिच्न चाहने धेरै छन् । अन्य खेलाडीहरु यस्ता समर्थकहरुसँग टाढै बस्न चाहन्छन् । तर रोनाल्डो उनीहरुसँग फोटो खिच्नका लागि समय निकाल्छन् । उनले कैयौ पटक समर्थकहरुलाई सुरक्ष अधिकारीहरुबाट बचाएका पनि छन् । उनी स्टेडियमभित्र फ्यानहरुसँग अन्तरकृया गर्दै जर्सी दिने, अटोग्राफ दिने र फोटो खिच्ने पनि गर्छन् ।
फर्नाण्डोलाई निमन्त्रणा
स्कटिस लिग टिम रेञ्जर्सका लिजेण्ड फर्नाण्डो रिक्सेनलाई सन् २०१३ मा मोटर न्युरोन रोग लागेपछि उनी ह्विलच्यरमा सिमित हुन पुगेका थिए । गत सेप्टेम्बरमा उनको मृत्यु हुनुअघि हिड–डुल गर्न नसक्ने डच खेलाडी रिक्सेनलाई उनकी पत्नी र नर्सहरुले देखभाल गर्ने गर्थे । रिक्सेनको स्थितिको बारे थाहा पाएपछि रोनाल्डोले उनको परिवार सहित बर्नाबाउमा रियलको म्याच हेर्न निमन्त्रणा दिए । पोलिस टिम लिजिय वार्सबिरुद्धको त्यो च्याम्पियन्स लिग म्याचमा जित हात पारेपछि रोनाल्डोले रिक्सेनलाई आफ्नो जर्सी पनि दिएका थिए ।
अर्का फ्यानलाई सहयोग
२०१४ मा छारे रोग लागेका १० बर्षिय एरिक ओर्टिच क्रुजकी आमाले रोनाल्डोलाई उनको जर्सी दिन आग्रह गरेकी थिइन् । क्रुजलाई लागेको रोगमा रोगिलाई दिनमा ३० पटकसम्म डिस्टेरिया हुनेगर्छ । क्रुजको स्थिति थाहा पाएपछि रोनाल्डोले शुरुवाती दिमागको अपरेशनका लागि रोनाल्डोले ५५ हजार पाउण्ड दिएका थिए र थप उपचारका लागि पनि आफू आर्थिक रुपमा सहयोग गर्ने बताएका थिए । तर त्यसपछि क्रुजको उपचारको लागि थप रकम आवश्यक परेन । उनले क्रुजका लागि सहयोग संकलन गर्न आफूले हस्ताक्षर गरेको फुटबल किट पनि अक्सनमा राखिदिएका थिए ।
भाच्चिएको हात
एकपटक बर्नमाउथमा चलिरहेको प्रि सिजन मैत्रीपूर्ण खेलका दौरान रोनाल्डोले प्रहार गरेको फ्रि किकले खेल हेर्न आएका ११ बर्षिय चार्ली सिल्भरउडको हात भाच्चिएको थियो । खेलपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले चार्लीलाई बोलाएपछि रोनाल्डोले उनलाई आफ्नो जर्सी दिएका थिए । च्याम्पियन्स लिगको खेलमा एक पटक उनले प्रहार गरेको बलले एउटा बच्चालाई लागेपछि उनी रुन पुगे । रोनाल्डो उनी बसेको ठाँउमै पुगरे उनलाई आफ्नो प्रशिक्षणमा लाउने जर्सी दिएका थिए ।
सधैको लागि राम्रो साथी
रोनाल्डोका एजेन्ट होर्गे मेन्डेसले आफ्नो बिहेमा रोनाल्डोलाई बेस्ट म्यान बनाएका थिए । रोनाल्डोले आफ्नो पोर्चुगिज साथीलाई यसको लागि राम्ररी नै पुरस्कृत गर्ने सोच्दै बिहेको गिफ्टको रुपमा ग्रिसमा एउटा आइल्याण्ड नै किनिदिए । उक्त आइल्याण्डको मुल्य चार करोड पाउण्ड रहेको बुझिन्छ ।
टिमका लागि पनि उदार
च्याम्पियन्स लिगको उपाधि जितेपछि रियलका खेलाडीहरुले क्लबबाट जितको बोनसमात्र नभएर रोनाल्डोबाट पनि बिशेष उपहार पाए । उत्कृष्ट खेलाडी चुनिएका रोनाल्डोले आफ्ना रियलका साथीहरुलाई बल्गारी ब्राण्डको निकै महँगो घडी उपहार दिएका थिए । प्रत्येक घडीको मुल्य ५ हजार पाउण्ड रहेको थियो ।
होटलका कर्मचारीलाई दुई पटक ठूलो बक्सिस
रोनाल्डो दक्षिण ग्रिसमा रहेको कोस्टा नाभारिनो नाम गरेको रिसोर्टको ठूलै फ्यान हुन् । उनी पछिल्लो दुई गर्मि त्यही गएर बसेका थिए । निकै ठूलो क्षेत्रफल ओगटेको रिसोर्टमा दुई फाइभ स्टार होटल, स्पा, गल्फ कोर्स लगायतका अन्य धेरै हेर्न लायक ठाउँहरु रहेका छन् । होटलका मालिकहरुले रोनोल्डो र उनको परिवारलाई गोपनियता दिने हिसाबले मिडिया ब्ल्याक आउट गरेपछि उनी कहा बसे कसैले थाहा पाएका थिएनन् ।
सन् २०१८ र १९ को गर्मिमा त्यहा बसेपछि रोनाल्डोले उठेको बिल बाहेक थप २० हजार पाउण्ड उनलाई हेर्ने कर्मचारीहरुलाई दिएका थिए । त्यो पैसा १० जना होटलका कर्मचारीहरुले बाडेका थिए ।
आफूलाई हेरेकाहरुलाई सहयोग
केही समयअघि एक अन्तर्वार्ता आफू सानो बेलामा बाटोमा अरुसँग मागेर खाने गरेको समयमा उनलाई तीन महिलाले निशल्क बर्गर ख्वाउने गरेको खुलासा गरेका थिए । निकै लामो खोजपछि पाउला लेका नाम गरेकी महिलाले आफू तीन मध्ये एक भएको बताइन् । रोनाल्डोले पाउलालाई इटालीको टुरिन अथवा पार्चुगलको राजधानी लिस्बनमा डिनरको लागि जाने प्रस्ताव राखेका छन् ।
You may like
Headline
कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

Published
2 years agoon
October 23, 2022By
wesportz
विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।
कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।
ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।
सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर
७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे ।
पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।
कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।
पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।
Headline
आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

Published
3 years agoon
August 1, 2022By
wesportz
आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा सब्सटिच्युटमा आएकी क्लोई केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।
Absolute scenes! ? pic.twitter.com/EV5Wzvf4U3
— Lionesses (@Lionesses) July 31, 2022
दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।
इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।
नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।
नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।
कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो ।
नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।
पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७ गोल खाएको हो ।
दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।
यस्तै पथुम गिमहानाले ६४औं, हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औं र शुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।
आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित

ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

केन्या माथि नेपालको कीर्तिमानी जित

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित

नेपालले हरायो केन्यालाई

नेपालका लागि केन्या टुर महत्वपूर्ण

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि

नेपालको पोस्टमा भारतको गोलको वर्षा

साफ महिला च्याम्पियनसिप : नेपाललाई सजिलो समूह

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु
