२९ बर्षिय एडेन हजार्डले गएको समर ट्रन्स्फर विन्डोमा १५० मिलियन युरोको सनसनीपूर्ण ट्रान्सफर पूरा गर्न चेल्सी छाडे । ट्रान्स्फर हुने बितिकै उनले रियल म्यड्रिडका ग्यारेथ बेललाई खेलमा मत्र हैन कमाइमा पनि प्रति हप्ता चार लाख पाउण्ड कमाउदै उछिने ।
म्याड्रिडका कप्तान सर्जियो रामोस, जेम्स रोड्रिगेज र टोनी क्रुस पनि मोटो रकम कमाउने मध्ये एक हुन् । उनीहरुले प्रति हप्ता दुई लाख पाउण्ड कमाउने गरेका छन् ।
यता बर्सिलोनाको कुरा गर्ने हो भने स्टार लियोनल मेस्सीले सबै भन्दा बढी रकम तलबको रुपमा प्राप्त गर्ने गरेका छन । रिपोर्टका अनुसार ३२ बर्षे अर्जेन्टिनी फर्वार्डले बार्सिलोनामा हप्ताको एक देखि दुई लाख पाउण्ड कमाउने गर्छन् । यस्तै लुइस सुआरेज बार्सिलोनामा दोस्रो सर्वाधिक कमाई गर्ने स्टार हुन्, पूर्व लिभरपूलका स्ट्राइकरले हप्तामा चार लाख पाउण्ड भन्दा बढी कमाउने गर्छन् ।
रियल र बार्सिलोना संसारमै सबैभन्दा बढी रकम खर्च गर्ने क्लबहरु मध्ये पर्ने गर्दछन् । ट्रान्सफर विन्डोको समयमा कुनै ठूला खेलाडी यो दुई मध्ये एक क्लब जान्छन् भने त्यसले फुटबल बजारमा पनि ठूलै हल्ला पिट्ने गर्दछ । भर्खरै निकालिएको रिपोर्ट अनुसार प्रति हप्ता कति कमाउछन् त यी दुई क्लबका खेलाडीहरुले ?
रियल म्याड्रिडका खेलाडीहरुको कमाइ (पाउण्डमा)
बोर्ज मेयोरलः १०,००० (२०२१)
ड्यानी काबालोः २०,००० (२०२३)
आन्द्रेय लुनिन्ः २५,००० (२०२४)
भिनिसियस जुनियरः ४०,००० (२०२५)
अल्भारो ओद्रिओजोलाः ४५,००० (२०२४)
ब्रहिम डियाजः ६०,००० (२०२६)
लुकास भास्क्वेजः ६०,००० (२०२१)
रोद्रिगोः ६६,००० (२०२२)
नाचो फेर्नान्डेजः ७०,००० (२०२०)
मार्को असेन्सियोः ९०,००० (२०२३)
कासिमिरोः ९०,००० (२०२१)
ड्यानी कार्भाहालः१००,००० (२०२२)
इस्कोः १२०,००० (२०२२)
रफाएल भारानेः१४०,००० (२०२२)
मार्सेलो: १५०,००० (२०२२)
लुका जेभिकः १७०,००० (२०२५)
लुका मोद्रिचः १८०,००० (२०२०)
टोनी क्रुसः २००,००० (२०२३)
सर्जियो रामोसः २००,००० (२०२०)
ग्यारेथ बेलः ३५०,००० (२०२२)
एडिन हजार्डः ४००,००० (२०२४)
बार्सिलोना
मार्क आन्द्रे टर स्टेगेनः ९०,०००
नेलसन सेमेडोः ६०,०००
जेरार्ड पिकेः २२०,०००
क्लेमेन्ट लङ्गलेटः ४५,०००
जोर्डी अल्बाः १५०,०००
स्यामुएल उमटिटीः २१०,०००
इभान राकिटिचः २३०,०००
सर्जियो बुस्केः २६०,०००
आर्थर मेलोः ८५,०००
सर्जियो रोबेर्टोः १७०,०००
फ्रेन्कि डि जोङः ३६०,०००
आर्टुरो भिडालः १५५,०००
लुइस सुआरेजः ४०५,०००
लिओनेल मेस्सीः १,२२४,०००
औस्माने डेम्बेलेः २१०,०००
एन्टोनियो ग्रिजमनः ३४६,०००
अन्सु फाती: १७,१३८