Connect with us

Headline

च्याम्पियन्स लिग अन्तिम १६ः कसले मार्ला त बाजी ?

Published

on

मन्च जमिसकेको छ, खेलाडीहरु तमतयार भईसकेका छन् र समर्थकबीच घम्सा–घम्सी पनि शुरु भईसकेको छ । मात्र सुरु हुन बाँकी छ त च्यम्पियन्स लिग प्रि–क्वार्टरफाइनलका खेलहरु ।

युएफाले सोमबार निकलेको अन्तिम १६ को ड्र ले निकै रोमञ्चक खेलहरु पस्कने पक्का भएको छ । संसारकै उत्कृष्ट क्लबहरु बिच हुने यो प्रतियोगितामा पगलपन को कुनै सिमा हुँदैन । ड्र भए लगतै सबै भन्दा चर्चा पएको खेल थियो १३ औ पटकको चम्पियन्स लिग बिजेता रियाल म्यड्रिड र इङ्ल्यान्डको महरथी म्यन्चेस्टर सिटीबीच हुने महायुद्धले ।

बायर्न म्युनिखविरुद्ध चेल्सी, डर्टमन्डविरुद्ध पिएसजी र एट्लेटिकोविरुद्ध लिभरपुल पनि उत्तिकै रोमाञ्चक हुने आकलन गरिएको छ । यिनै खेलहरु कस्तो हुने छन भनेर हामीले भविष्यवाणी समेत गरेका छौ ।

बोरुसिया डर्टमन्ड–पेरिस सेन्ट जर्माइन

चम्पियन्स लिग अन्तिम १६ को पहिलो टाइ मनिएको यो खेल निकै रोमन्चक हुने देखिन्छ । आफ्नो पूर्व ब्यस्थापक थोमस टुचेलसँग परेको खेललाई डर्टमन्डले अवश्य पनि सजिलो ठन्ने भने छैन । धेरै जसो खेलाडी टुचेलकै प्रशिक्षण कालका छन् र यसले उनलाई पनि भरपुर फाइदा पुग्ने छ ।

धेरै जसो एउटै लयमा देखिने पिएसजीलाई भने कम नै दवाब हुने छ । डर्टमन्ड भन्दा लिगमा निकै राम्रो प्रदर्शन गरिरहेको पिएसजीलाई यो खेलको मुख्य दबेदार मान्न सकिने छ । तर पनि च्यम्पियन्स लिगमा के हुन्छ भन्न सकिदैन । पहिलेको सिजनको दोस्रो लेगमा म्यनचेस्टर युनाइटेडको हात बाट नमिठो हार बेहोरेको पिएसजीले अहिले नै खुशी मनाई हाल्नुपर्ने स्थिति भने छैन ।

हाम्रो अनुमानः डर्टमन्ड १–३ पिएसजी

रियल म्यड्रिड–म्यान्चेस्टर सिटी

सिजनकै ठूलो खेल मानिएको यो भिडन्तमा ठ्याक्कै कसले बाजी मार्ला भन्न गाह्रो छ । १३ पटकको बिजेता रियलविरुद्ध उत्रन लागेको प्रिमियर लिग सहित तीन ट्रफीको बिजेता म्यान्चेस्टर सिटीलाई रियल सँगको खेल कठिन त हुने नै छ ।

यो खेललाई पेप ग्वार्डियोला भर्सेज जिनेदिन जिदान भन्दा फरक नपर्ला । ग्वार्डियोलाको खेल शैली मात्र बुझ्न सके रियलले सिटीसँग फाईदा उठाउने निश्चित देखिन्छ । यता एडेन हजार्ड र सिटीका डि ब्रुनबीचको भिडन्तमा खेल कता जला भन्न सकिन्न । तर पनि म्यान्चेस्टर सिटी भन्दा रियलको क्षमता बलियो देखिन्छ ।

हाम्रो अनुमानः रियल म्यड्रिड ३–२ म्यान्चेस्टर सिटी

भ्यालेन्सिया–एटलान्टा

तेस्रो ड्र को रुपमा रहेको यो खेललाई कम फुटबल प्रेमीले नै रुचाउलान । यो खेल च्यम्पियन्स लिगकै सबै भन्दा उत्तम ड्र भन्दा फरक नपर्ला । भ्यालेन्सियाले समुह चरणमा उतार–चढावपूर्ण यात्रा तय गर्दै अघि बढेको थियो । आयाक्सलाई हराउदै समुह चरण पार गरेको भ्यालेन्सियालाई सामान्य प्रतिद्वन्दी भने परेको छैन ।

अन्तिमको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको एटलान्टाले सिटीलाई बराबरीमा रोक्न सफल भएको थियो । एसी मिलनले च्यम्पियन्स लिग गुमाउने भएपछि मिलानको स्थानमा आएको एटलान्टामा आत्मबिश्वासको कमि भने छैन ।

हाम्रो अनुमानः भ्यालेन्सिया १–२ एटलान्टा

एट्लेटिको म्यड्रिड–लिभरपुल
यस सिजनको अर्को ठूलो खेल मानिएको यो खेलमा लिभरपुल हावी हुने देखिन्छ । उत्कृष्ट फर्ममा रहेको लिभरपुलले प्रिमियर लिगमा एउटा पनि खेल हारेको छैन । च्यम्पियन्स लिगमा भने एक खेलमा पराजय भोगेको लिभरपुलले एट्लेटिकोबिरुद्ध पनि त्यो लयलाई निरन्तरता दिन सक्छ । उता एट्लेटिको भने आफ्नो स्टार खेलडी जाओ फेलिक्स चम्कियोस भन्ने चाहन्छ । दुवै तर्फ युवा खेलडीले भरिएको टोलीमा बाजी भने लिभरपुलकै पक्षमा जाला या नजाला यसैमा सबैको ध्यान केन्द्रित रहनेछ ।

हाम्रो अनुमानः एट्लेटिको म्यड्रिड १–४ लिभरपुल

चेल्सी–बायर्न म्युनिख
सन् २०१२ को च्याम्पियन्स लिग फाईनलमा बायर्नलाई चेल्सीले नमिठो पराजयको स्वाद चखाएको थियो । त्यही हार बिर्साउन भए पनि बायर्नले यो खेलमा आफ्नो सम्पूर्ण बल लगाउनेछ । बुन्डेसलिगामा केही खस्किएको प्रदर्शन गरेको बायर्नले चेल्सीलाई कस्तो टक्कर देला यो त खेलको नतिजाले नै बताउने छ ।

प्रिमियर लिग सिजनमा खासै प्रभावशाली प्रदर्शन गर्न नसके पनि व्यवस्थापका फ्रांक लाम्पार्डले भने यो खेललाई शत प्रतिशत नतिजा ल्याउन भरपुर कसरत गर्नेछन् । युवा खेलाडीले भारिएको चेल्सीलाई बायर्नले पनि कडा टक्कर दिने देखिन्छ ।

हाम्रो अनुमानः चेल्सी ३–२ बायर्न म्युनिख

लियोन–युभेन्टस
इटालियन महारथी र क्रिश्चियनो रोनाल्डोको युभेन्टसलाई भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी परेको छ । समुह चरणमा खासै प्रदर्शन नगरे पनि लियोनले अन्तिम १६ मा भने स्थान बनाउन सफल भएको थियो । फ्रेञ्च लिग वान र चोटका करण आफ्नो मुख्य खेलाडी मेमपिस डेमपेलाई गुमाएको लियोनलाई युभेन्टसबिरुद्ध गाह्रो हुने देखिन्छ । युभेन्टसलाई भने आफ्नो साख जोगाउन भए पनि यो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टर फाइनल प्रवेश गर्नुपर्ने दवाब रहेको देखिन्छ ।

हाम्रो अनुमानः लियोन १–४ युभेन्टस

टोटनह्याम हट्स्पर–आरबि लाइपजिग

नयाँ ब्यबस्थापक होजे मौरिन्होको आगमनसँगै छुट्टै उर्जाका साथ खेलिरहेको टोटन्ह्यमले आफु सरहको प्रतिद्वन्दी पाएको हो भन्दा फरक नपर्ला । स्टार खेलाडी कम नै भए पनि यो खेल धेरै रोमन्चक हुनेमा बिश्वस्त रहदा हुन्छ । आक्रमक फुटबल अपेक्षा गर्न सकिने यो खेल कमै मात्र फुटबलप्रेमीहरुले छुट्टाउलान । झन बुन्डेसलिगा हेर्ने समर्थकले यो खेललाई अझै नजिक बाट बुझ्ने छन । यो खेलमा बाजी कस्ले मर्ला भनेर ठम्याउन नै नसके पनि आरबि लाइपजिग सबै को नजरमा हुने छ ।

हाम्रो अनुमानः टोटन्ह्याम हट्स्पर ३–४ आर बि लाइपजिग

नापोली–बार्सिलोना
जब हरेक बर्ष अन्तिम १६ को ड्र निस्क्ने गर्छ सबै को आँखा बर्सिलोनाको भिडन्त को सँग हुनेमै धेरैको ध्यान हुने गर्छ । लगातार चार च्यम्पियनस लिग सिजनमा जितिसकेको स्थितिबाट हार्न पुगेको यो टिम यस पटक पनि त्यही भय मा रहने छ । २०१७–१८ को च्यम्पियन्स लिग सिजनमा रोमासँग दोस्रो लेगमा परजय भोग्दा अन्तिम समयमा गोल गर्ने खेलाडी काटोस मोनोलास यस सिजन नापोली पुगेका छन । एकातर्फ नापोलीको भय त छदै छ फेरी मोनोलसले बार्सालाई तर्साउन बेर छैन ।

भर्खर आफ्नो ब्यबस्थपकलाई बर्खास्त गरेको नापोलीले त्यही पुराना भालभर्डेको बर्सिलोनासँग खेल्ने छ । नापोलीलाई अरु भन्दापनी मेस्सीकै भय हुनेछ । त्यसका लागि नापोली अवश्य सचेत हुने छ ।

हाम्रो अनुमानः नापोली ३–२ बर्सिलोना

(प्रस्तुतीः गौरव फुयाल)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Headline

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

Published

on

विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तान माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

कोहलीले अविजित रहँदै ८२ रन जोड्दा पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर लक्ष्य पार गर्यो ।

ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्मा समान ४-४ रन जोड्दै पेभेलियन फर्किए पनि कोहलीले अर्को छोडबाट रन जोड्दै गत विश्वकपमा पाकिस्तानसँगको हारको बदला लिन सफल रहे । ५३ बलको सामना गरेका कोहलीले छ चौका र चार छक्काको मद्धतमा अविजित रहँदै सर्वाधिक ८२ रन जोडेका हुन् ।

सातौँ ओभरमा ३१ रनमा चार विकेट गुमाएर खराब सुरुवात गरेको भारतको जितमा कोहलीले पाँचौं विकेटका लागि ३७ बलमा ४० रन बनाएका हार्दिक पाण्ड्यासँग मिलेर  

७८ बलमा ११३ रनको साझेदारी गरे । भारतका अन्य ब्याटरहरुमा सुर्य कुमार यादव १५, अक्सर पटेल दुई, दिनेश कार्तिक एक तथा रविचन्द्रन आश्विन एक रनमा अविजित रहे । 

पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाज महँगो सावित रहे पनि समान २-२ विकेट तथा नसिम शाहले चार ओभरमा २३ रन दिएर एक बिकेट हात पारे भने शाहिन शाह अफ्रिदीले चार ओभरमा ३४ रन खर्चंदा विकेट बिहिन रहन पुगे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १५९ रन मात्र जोड्न सक्यो ।

कप्तान बाबर आजम गोल्डेन डकआउट तथा मोहम्मद रिजवान चार रनमा आउट भए पनि तेश्रो र चौथों नम्बरमा ब्याटिङ गर्न आएका शान मसूद र इफ्तिखर अहमदले अर्धशतकीय पारी खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफल सम्म डोर्याए । अविजित रहेका मसूदले ४२ बलमा सर्वाधिक ५२ तथा अहमदले ३४ बलमा ५१ रन बनाए ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा अर्शदिप सिंह र हार्दिक पान्ड्याले समान ३-३ विकेट लिए भने मोहम्मद शामी र भुवनेश्वर कुमारले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Continue Reading

Headline

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Published

on

आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक महिला युरो कपको उपाधि चुमेको छ । वेम्ब्लीमा भएको फाइनल खेलमा जर्मनी माथि २-१ गोल अन्तरको जित निकाल्दै इंग्ल्यान्डले पहिलो पटक ठुलो प्रतियोगिताको उपाधि हात पार्न सफल भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको २० मिनेटमा  सब्सटिच्युटमा आएकी क्लोई  केलीले गोल गर्दै ८७ हजार एक सय ९२ दर्शक सामु इङ्ल्यान्डलाई उपाधि दिलाएकी हुन् ।

दोश्रो हाफको ६२ औँ मिनेटमा एला टोनीले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएकी थिइन् भने ७९ औँ मिनेटमा लिना मागलले बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काउन सफल भइन् ।

इंग्लिस फुटबल पुरुष र महिला कुनै पनि टोलीले जितेको यो पहिलो ठुलो ट्रफी हो । यस अघि ५६ वर्ष अघि इङ्ल्यान्डले वेस्ट जर्मनीलाई पराजित गर्दै सन् १९६६ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो ।  

Continue Reading

Headline

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Published

on

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । फाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंकजोडेर शीर्ष स्थानमा छ ।

नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

नेपालले भारतको भुवनेश्वरमा जारी दक्षिण एसियाली फुटबल (साफ) यू-२० च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा लज्जास्पद हारको सामना गरेको छ । यस अघिका दुई खेलमा सानदार जित हात पारेको नेपाल आयोजक भारतसँग भने ८-० गोल अन्तरले पराजित हुन पुग्यो ।

कालिंगा स्टेडियममा भएको खेलको पहिलो हाफमा १-० ले मात्र पछि परेको नेपाल विरुद्ध भारतले दोश्रो हाफमा आधा दर्जन भन्दा बढी गोल हान्यो । सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । 

नेपालका गोल किपर ईश्वर गुरुङको खराब प्रदर्शनको फाइदा उठाउँदै टाइसन सिंहको गोलमा भारतले ३२ औँ मिनेटमा पहिलो गोल गर्यो । त्यस पछि दुबै टोलीले गोलका प्रयास गरे पनि गोल हुन नसक्दा भारत पहिलो हाफमा १-० ले अघि रह्यो ।

पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोश्रो हाफमा नेपाली टोली भारत विरुद्ध निरिह बन्न पुग्यो । एक पछि अर्को गोल खाएको नेपालले दोश्रो हाफमा मात्रै ७  गोल खाएको हो । 

दोस्रो हाफमा भारतले निरन्तर गोल गर्दा नेपाल निरिह बन्यो । दोश्रो हाफ सुरु भएको पाँचौँ मिनेटमा भारतका पार्थिव सुन्दर गोगोइले भारतका लागि दोश्रो गोल गरे । त्यसको एक मिनेट पनि बित्न नपाउँदै पार्थिवले आफ्नो व्यक्तिगत दोश्रो र भारतको लागि तेश्रो गोल गरे ।

यस्तै पथुम गिमहानाले ६४औं,  हिमांशु जाँग्राले ७१औं, मोहमेद रिकाज ७८औं, गुरकिरत सिंहले ९०औंशुभो पउलले इन्जुरी टाइममा गोल गर्दा भारत ८-० ले जित निकाल्न सफल रह्यो ।       

आफ्नो पहिलो खेलमा माल्दिभ्स माथि ४-० को फराकिलो जित निकालेको नेपालले आफ्नो दोश्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । 

भारतविरुद्ध फराकिलो हारपछि नेपाललाई फाइनल यात्रामा धक्का लागेको छ । तीन खेलबाट दुई जित र एक हारपछि नेपालको ६ अंक छ । नेपाललाई हराउँदै दोस्रो जित निकालेको भारत ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । लगातार तीन खेल जित्दै अपराजित रहेको बंगलादेश ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले फाइनल पुग्न अब अन्तिम लिग खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत र माल्दिभ्स बीचको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

 

Continue Reading
Headline11 months ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय11 months ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख1 year ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख1 year ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख1 year ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख1 year ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख1 year ago

नेपालले हरायो केन्यालाई 

लेख1 year ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख1 year ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख1 year ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख1 year ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख1 year ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख1 year ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख1 year ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline1 year ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline1 year ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline1 year ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline1 year ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline1 year ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline1 year ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Headline11 months ago

कोहलीको उत्कृष्ट पारीमा पाकिस्तान माथि भारतको सनसनीपूर्ण जित 

अन्तर्राष्ट्रिय11 months ago

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

लेख1 year ago

केन्या माथि नेपालको कीर्तिमानी जित

लेख1 year ago

साफ च्याम्पियनसिपका लागि तीन नयाँ खेलाडी समेट्दै टोली घोषणा

लेख1 year ago

नेपाल टी२० लिग : खेलाडी दर्ता सुरु, चार मापदण्ड तय

लेख1 year ago

खराब ब्याटिङका कारण दोश्रो ट्वान्टी ट्वान्टी खेलमा नेपाल पराजित 

लेख1 year ago

नेपालले हरायो केन्यालाई 

लेख1 year ago

नेपालका लागि केन्या टुर महत्वपूर्ण

लेख1 year ago

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० जना बोलाइयो

लेख1 year ago

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

लेख1 year ago

बाना कपका लागि सुदुरपश्चिमको जर्सी सार्वजनिक  

लेख1 year ago

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरू

लेख1 year ago

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल भुटानसँग भिड्ने

लेख1 year ago

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Headline1 year ago

आठ पटकको च्याम्पियन जर्मनलाई हराउँदा इंग्ल्यान्डलाई पहिलो युरो कपको उपाधि 

Headline1 year ago

 नेपालको पोस्टमा भारतको गोलको वर्षा 

Headline1 year ago

साफ महिला च्याम्पियनसिप :  नेपाललाई सजिलो समूह

Headline1 year ago

लगातार दोस्रो जित निकाल्दा नेपाल फाइनल नजिक 

Headline1 year ago

साम्बालाई समेट्दै साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

Headline1 year ago

उर्जन श्रेष्ठ यू १७ टिमको प्रशिक्षक नियुक्त, खेलाडी छनोट प्रक्रिया सुरु

Trending

error: Content is protected !!